Thursday, November 21सत्यम खबर
Shadow

श्रीराम जानकी विवाह महोत्सवले दिएको सकारात्मक सन्देश

मितिः २०७८/०८/२७ गते, सोमबार
शुभम शर्मा
बुधवार दिन नेपालगन्जको ७ नं. वडामा श्रीराम जानकी विवाह महोत्सवले केही सकारात्मक सन्देशहरु दिएको छ । कारण यो छ कि २०६२/०६३ को जनआन्दोलन भाग–२ को सफलतापछि देशलाई धर्म निरपेक्ष त घोषणा गरियो तर देशका जनता यो धर्म निरपेक्षतालाई स्विकार्न तयार रहको देखिँदैन । अहिले जहाँ जहाँ हिन्दु धार्मिक महोत्सव मनाउने हुन्छ जनता बढीचढी ढंगले भाग लिन्छन् ।


यसबाट स्पष्ट हुन्छ देशको ८५ प्रतिशत जनताको मुटुमा देशको प्राचीन धर्म संस्कृति सभ्यता वास गरेको छ । उनी विदेशी धर्म स्वीकार्न तयार रहेको देखिँदैनन् । तर देशका प्रमुख राजनीतिक दलका नेताहरु विदेशीको ईशारामा जबरजस्ती धर्म निरपेक्षता थोपर्ने कार्यमा लागी परेका छन् । भगवान राम र माता सीता सम्पूर्ण नेपाली जनताको मुटुमा वास गरेका छन् । यसकारण श्रीराम जानकी विवाह महोत्सव हरेक पंचमी तिथीमा हर्षाेल्लास मनाइँदै आएको छ । त्यो चाहे जनकपुरधाम होस् वा नेपालगञ्ज सबै स्थानमा यो मनाइँदै आएको छ । फरक यति छ कि श्रीराम जानकी महोत्सवलाई भव्यता प्रदान गर्न जनकपुरधाममा प्रशासनले सहयोग गर्ने गरेको छ तर यहाँ नेपालगञ्जमा प्रशासनले त्यस्तो सहयोग गरेको देखिँदैन ।
नेपालगन्ज नगरवासीको सत्प्रयासले यो महोत्सव १६ वर्षदेखि आयोजित गर्दै आएका छन् । यस वर्ष १७औं श्रीराम जानकी महोत्सवको आयोजना भएको छ । आयोजित यस महोत्सवको खुबी यो थियो कि ७ नं. वडाको शहीद दशरथ चन्द मार्ग गगनगञ्जमा कार्यक्रमको आयोजन हुँदा प्रहरीले सुरक्षा उपलब्ध गराउने दायित्व पूरा गरेन । नेपालगञ्ज उमनपाले पनि सहयोग गरेन । तर कार्यक्रममा सहभागी हुन पुगेका बाँके जिल्लावासी यति संयमित थिए कि उनी श्रद्धापूर्वक प्रसाद ग्रहण गर्न ठूलो लाममा संयमित भएर बसेका थिए । कार्यक्रम स्थलमा खुट्टा टेक्ने सम्म ठाउँ थिएन र बिना भागदौड शान्तिपूर्ण ढंगले भगवान राम माता सीताको विवाह कार्यक्रम अवलोकन गरे । अन्य धार्मिक चाडपर्वको आयोजन हुँदा कैयन पटक हिंसक घटना भएको कैयन उदाहरणहरु छन् ।
यस्तो हिंसक घटनामा एक आपसमा हरेक वर्ष विवाद हुने गर्छ । त्यस्तो घटनालाई नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे पर्ने गर्छ । तर राम जानकी विवाह महोत्सवमा त्यस्तो प्रकारको हिंसक घटना र विवाद कहिँ कतै पनि भएन । मर्यादा पुरुषोत्तम भगवान श्रीरामले सम्पूर्ण विश्वलाई आदर्शको मार्ग देखाउनु भएकोले केही वर्षदेखि केही राष्ट्र हिन्दुमय बनेको छ । यसको उदाहरण अहिले इण्डोनेशिया बनेको छ । रामको आदर्शको मार्गलाई मनन गरि शान्तिको कामना लिएर इण्डोनेशियाका ३ लाख भन्दा बढीले आफ्नो धर्म परित्याग गरेर हिन्दु धर्म स्वीकारेका छन् । त्यहाँ भगवाम रामको यति प्रभाव छ कि जब बडादशैं पर्व नजिकिन थाल्छ त्यस समय त्यहाँका अन्य धर्म मान्नेहरु रामलीला नाटकको मंचन गर्न शुरु गर्छन् पूर्ण इस्लामी देश रहेको इण्डोनेशिया केही दिनको लागि राममय बन्ने गर्छ । इण्डोनेशियाका जनता भन्छन् हामीले अर्कै धर्म स्वीकारेका छौं तर आफ्नो पुर्खा फेरेका छैनौं भगवान राम र कृष्ण हाम्रो पुर्खा हुन् यस कारण हामी उहाँको श्रद्धाभक्ति गरी स्मरण गर्छाैं ।
भगवान रामले हामीलाई कुन प्रकारले पितासँग व्यवहार गर्ने, कुन प्रकार आमा, भाईहरुसँग व्यवहार गर्ने, कुन प्रकारले मर्यादाको पालन गर्ने यो कुरा बोध गराएका थिए । भगवान श्रीकृष्णले हामीलाई नीति सिकाएका छन् उनीहरुले देखाएको बाटोमा हिँडेर हिन्दु समुदाय आज सम्पूर्ण विश्वमा चर्चित र लोकप्रिय बनेको छ । हिन्दुसमुदाय शान्तिप्रिय र अहिंसक रहेकोले सम्पूर्ण विश्वमा यसको मान सम्मान बढेको छ । इस्लामी राष्ट्र युएईमा अहिलेविशाल मन्दिरको निर्माण भएको छ न्यूयार्कमा पनि भर्खरै भव्य मन्दिरको निर्माण भएको छ । साउदी अरबका क्राउन प्रिन्स मो. बिन सलमानले हिन्दुको उदारतादेखी आफ्नो देशमा रामायण, महाभारत र बौद्ध ग्रन्थको पठन पाठन गर्ने अनुमति दिनु भएको छ । यसरी हिन्दु धर्म अब सम्पूर्ण विश्वमा नै फैलिन थालि सकेको छ । तर दुर्भाग्यको कुरा यो छ कि हाम्रो देश प्राचीनकालदेखि नै हिन्दु राष्टू थियो तर क्रिश्चियन डलर कमाउने उद्देश्यले देशका प्रमुख राजनीतिक दलका नेताहरुले यसलाई धर्म निरपेक्षघोषणा गरे यो कुरा देशका ८५ प्रतिशत जनताले स्वीकार्न सकिरहेका छैनन् ।
देशका जनता अहिले यस्तै प्रकारले हिन्दु धार्मिक कार्यक्रममा सहभागी भएर हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि प्रयास गर्दै आएका छन् तर अब यस्तो कार्यबाट लक्ष्यको प्राप्ति हुने देखिँदैन । अब हिन्दु राष्ट्रको पुनस्र्थापनाको लागि वारपारको लडाई छेड्नपर्ने जरी भई सकेको छ । किनकी भगवान राम मात्र शान्ति शान्तिको पाठ गर्थे भने उहाँ लंकामाथि विजय प्राप्त गर्न सक्दैनथे विजय प्राप्त गर्नुछ भने इमान्दारीले युद्ध गर्नुनै पर्छ नेपाली जनता १५ वर्षदेखि शान्तिको मार्गमा हिँड्दै आएका छन् । अब हिन्दु राष्ट्रको पुनस्र्थापनाका लागि संघर्षको बाटो रोज्नु नै पर्छ । यस्तो गरिएन भने यो देशको प्राचीन धर्म संस्कृति सभ्यता लोप हुने खतरा बढ्दै जान्छ । भगवान राम र भगवान श्रीकृष्ण हिन्दुको आराध्य हुन् भगवान राम आजदेखि १८ लाख वर्ष अघि त्रेतायुगमा अवतार लिनु भएको थियो । भगवान श्रीकृष्ण ५ हजार वर्षअघि द्वापर युगमा अवतार लिनु भएको थियो । उहाँ दुवैको उद्देश्य एउटै थियो धर्म स्थापना र अधर्मको संहार तर आज केहीहरुले भगवान रामको अनदेखा गर्ने र आफ्नो महिमा मण्डन गर्न र आफूलाई राजनीतिको क्षेत्रमा चर्चित बनाउन भगवान श्री कृष्णको आड लिएका छन् । यस्तो कार्य गर्नु अनुचित छ ।
जहाँ भगवान रामको अस्तित्व छ त्यहाँ उहाँको महिमा मण्डन गर्नु वेश छ तर जहाँ भगवान श्रीकृष्णको अस्तित्व छ त्यहाँ उहाँको महिमा मण्डन गर्नुपर्छ । ने.गं. ६ नं. वडास्थित हडियाबाबा मन्दिरमा हरेक वर्ष मंसिर महिनामा ५०औं वर्षदेखि मेलाको आयोजन गरी धनुषयज्ञको कार्यक्रम आयोजना हुँदै आएको थियो । तर केही वर्षदेखि हडिया बाबा मन्दिर समितिले भगवान रामको महिमालाई घटाउन धनुषयज्ञको कार्यक्रमको आयोजना नगरी आफूलाई राजनीतिक फाईदा पुग्ने खालको कार्यक्रमको आयोजना गर्यो । यस्ता अवसरवादीहरुलाई अब नेपालगन्ज नगरवासीले नसीहत दिनु जरुरीछ यस्तो नसीहत दिन सकिएन भने अवसरवादिता बढ्दै जान्छ । जसबाट हिन्दु धर्मलाई हानी नोक्सानी नै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *