कास्की सेवा समाजले रक्तदान कार्यक्रम गर्ने
नेपालगन्ज, ३ पाैष - पुष २४ गते कास्की सेवा समाज बाँकेले क्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ । पुष ३ गते बसेको कास्की सेवा समाजको बैठकले पुष २४ गते समाजको साधारणसभा पनि गर्ने रक्तदान कार्यक्रम पनि सँगै गर्ने निर्णय गरेको हो ।
कास्की सेवा समाज बाँकेका अध्यक्ष डम्मर सुवेदीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसका कारण मानिसहरुलाइ बढि रगतको आवश्यक पर्ने, अन्य रोगका कारण पनि मानिसलाइ रगत चढाउनु पर्ने यस्तो समयमा ब्लड बैंकमा रगतको कमि नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम राखीएको समाजका सचिव होमनाथ गिरीले जानकारी गराउनु भयो ।
बैठकमा चौथो बार्षीक साधारण सभा सम्बन्धमा, रक्तदान सम्बधमा, अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन सम्बन्धमा, व्यवस्थापक र आर्थिक सम्बन्धमा जस्ता एजेण्डामा छलफल गरीएको थियो ।
नेपालगन्जको धम्बोझी मा.वि.मा आयोजना हुने रक्तदान कार्यक्रममा कास्की सेवा समाजका सदस्य, आजिवन स...









