
नेपालगन्ज, ३ पाैष – रेडियो बागेश्वरी एफएमद्वारा प्रशारित अवधि कार्यक्रम दुवारेक जमघट १७ वर्ष पुरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । २०६१ साल पुष ३ गते शनिवारदेखि सञ्चालित कार्यक्रम आज १८औं वर्षमा प्रवेश गरेको हो ।
सो अवसरमा रेडियो बागेश्वरी एफएम सञ्चालक समितिका सदस्य, समाजसेवी एवं राजनीतिककर्मी पशुपति दयाल मिश्र, स्टेशन म्यानेज शुक्रऋषि चौलागाई, श्रोता मिथिलेश कुमार जयसवाल, पत्रकारद्वय अजय गुप्ता, चन्द्रेश्वरराज त्रिपाठीलगायत श्रोता तथा शुभेच्छुकले शुभकामना दिएका थिए ।
सो अवसरमा दुवारेक जमघट कार्यक्रमका विशिष्ट श्रोता लक्ष्मण प्रेमीलाई रेडियो सञ्चालक समितिका सदस्य मिश्रले १ हजार नगदसहित पुरस्कृत गरे ।
कार्यक्रममा रेडियोका सहकर्मी, शुभेच्छुक, श्रोतालगायत १६ जनालाई प्रमाणपत्रसहित सम्मानित गरिएको कार्यक्रम सञ्चालक बिष्णुलाल कुमालले जानकारी दिए ।
