Thursday, April 23सत्यम खबर
Shadow

तीन जना महिला सहित ३५ जनाले रक्तदान गरे

नेपालगन्ज, ३ पौष – नेपालगन्जबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा अपरान्हसम्म स्वयम्सेवी रक्तदाताहरु पत्रकार, व्यवसायी, स्वास्थ्यकर्मी लगायत तीन जना महिला सहित ३५ जनाले रक्तदान गर्नु भएको छ ।


ग्रेस ग्लोबल टे«डिङ प्रा. लि., कारकाँदौ चोक नेपालगन्ज–१८ बाँकेको सहकार्यमा भएको उक्त रक्तदान कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपालगन्ज नगर समितिकी अध्यक्ष दिला शाह र जनमत सम्पादक पूर्णलाल चुकेले प्राविधिकलाई रगत संकलन गर्ने प्याकेट प्रदान गरी शुरु भएको थियो ।
जनमतले आफ्नो रजत वार्षिकोत्सव २०६३ साल वैशाख २९ गतेदेखि हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । विशेषगरी रगतको अभावमा छट्पटाइरहेका गरीब, असहाय र दूरदराजबाट आउने विरामीहरुलाई लक्षित गरेर “रक्तदान महादान”को पवित्र उद्देश्यले आयोजना गर्दै आएको रक्तदानको यो ५१ औं श्रृङ्खला हो ।


कार्यक्रम संयोजक पवन जायसवालका अनुसार रक्तदान गर्नेहरुमा अन्नपूर्णा दैनिकका प्रदेश व्यूरो प्रमुख शंकरप्रसाद खनाल, दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरै, मन मोहन वर्मा, स्वयम्सेवी रक्तदाता नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज नगर समितिकी अध्यक्ष दिला शाह, जानकी गाउँपालिका वार्ड नं.५ का वडाध्यक्ष रमेशकुमार वर्मा, सुश्री स्वेता विष्ट, सुश्री सुस्मिता परियार, लक्ष्मणप्रसाद चमार, रेडक्रसका प्राविधिक होमराज गिरी, भगवान शरण यादव, पत्रकारहरु भगतराम थारु, शम्भुप्रसाद थारु, चन्द्रेश्वरराज त्रिपाठी, भिष्म लोध, नारायण प्रसाद मौर्या, मेघराज जिएम, रोहित गुप्ता, चर्चित युवा कलाकार प्रमोद डिजी, गौतमप्रसाद पौडेल, लक्ष्मणकुमार वैश्य, धर्मेन्द्र सिंह, पवनकुमार वैश्य, विनोदकुमार वैश्य, निरन थारु, कुलेन्द्र विश्वकर्मा, गप्फार अली शेष, सागर भट्ट, रामबाबु बढही, विवेक पराजुली, दिनेशकुमार वर्मा, रामकुमार बढही, गुरुदीन यादव, रुस्तम अली दर्जी लगायत ३५ जनाले रक्तदान गरेका छन् ।


सो अवसरमा रक्तदाताहरुलाई ग्रेस ग्लोबल टे«डिङ प्रा.लि.का सञ्चालकद्वय वेदप्रकाश सिंह ठकुरी र रणबहादुर शाहीले रक्तदान कार्यक्रमको लागो अंकित ज्याकेट वितरण गर्नु भएको थियो ।


सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित लुम्विनी प्रदेशका प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा होमराज गिरी, सोमप्रकाश सापकोटा, सन्दिप आचार्य, खगेन्द्र भट्टराई, हरिबहादुर दर्लामी, बैकुण्ठ रेग्मी लगायतले प्राविधिक सहयोग गरेका थिए भने कार्यक्रममा आकाश जायसवालले सहयोग गर्नु भएको थियो ।
कतिपय हाम्रा नियमित रक्तदाताहरु विविध कारणवस उपस्थित हुन नसकेको र रक्तदान गर्ने उच्च अभिलाषा बोकेर आउने कतिपय रक्तदाता उक्त रक्तचाप, न्यून रक्त चाप र औषधि सेवनका कारण रक्तदान गर्न नपाई निरास भई फर्कनु परेको कार्यक्रम संयोजक पवन जायसवालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *