Sunday, April 19सत्यम खबर
Shadow

नेपालसँगको सम्बन्ध टुट्न दिदैनौं : भारतीय रक्षामन्त्री सिंह

काठमाडौँ, १ पौष – भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको सम्बन्ध बिर्गान चाहने शक्तिहरु रहेको बताएका छन् ।
नेपाल–भारत बीच पछिल्लो समय नयाँ नक्सा र तुइन काण्डका कारण सम्बन्ध चिसिरहेको बेलामा बुधबार उत्तराखण्डमा आयोजित कार्यक्रममा सिंहले दुई मुलुकबीचको सम्बन्धको बारेमा उल्लेख गरेका हुन् ।
भारतीय सञ्चार माध्यम एएनआईका अनुसार सिंहले दुई मुलुकको सम्बन्धलाई टुट्न नदिने बताएका हुन् ।

‘नेपालसँग भारतको सम्बन्ध बिगार्न चाहने शक्तिहरू छन् । सरकारको प्रतिनिधिको हैसियतमा म तपाईंलाई भन्न चाहन्छु कि यदि हामीले हाम्रो शिर झुकाउनु पर्यो भने झुकाउछौं,’ उनले भने,‘तर हामी हाम्रो छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिदैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *