Thursday, April 23सत्यम खबर
Shadow

कास्की सेवा समाजले रक्तदान कार्यक्रम गर्ने

नेपालगन्ज, ३ पाैष – पुष २४ गते कास्की सेवा समाज बाँकेले क्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ । पुष ३ गते बसेको कास्की सेवा समाजको बैठकले पुष २४ गते समाजको साधारणसभा पनि गर्ने रक्तदान कार्यक्रम पनि सँगै गर्ने निर्णय गरेको हो ।

कास्की सेवा समाज बाँकेका अध्यक्ष डम्मर सुवेदीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसका कारण मानिसहरुलाइ बढि रगतको आवश्यक पर्ने, अन्य रोगका कारण पनि मानिसलाइ रगत चढाउनु पर्ने यस्तो समयमा ब्लड बैंकमा रगतको कमि नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम राखीएको समाजका सचिव होमनाथ गिरीले जानकारी गराउनु भयो ।

बैठकमा चौथो बार्षीक साधारण सभा सम्बन्धमा, रक्तदान सम्बधमा, अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन सम्बन्धमा, व्यवस्थापक र आर्थिक सम्बन्धमा जस्ता एजेण्डामा छलफल गरीएको थियो ।

नेपालगन्जको धम्बोझी मा.वि.मा आयोजना हुने रक्तदान कार्यक्रममा कास्की सेवा समाजका सदस्य, आजिवन सदस्य र विद्यालयका शिक्षक विद्यार्थी, अन्य समाजसेवी लगायत सम्र्पुण मानबसेवीहरु उक्तदिन उपस्थित भइ रक्तदान गरी सहयोग गरी दिनु हुन पनि कास्की सेवा समाजले अपिल गरेको छ ।

साधारण सभामा आर्थिक व्यवस्थापन अध्यक्ष डम्मर सुवेदी, सचिव होमनाथ गीरी, कोषाध्यक्ष तोजेन्द्र वि.क., प्रचार प्रसार कार्यसमिति सदस्य अछरी पोखरेल, खाजा नास्ताको जिम्म समाजका आजिवन सदस्य एवं धम्बोझी माविका प्र.अ.बामदेव सुवेदीलाइ जिम्मा दिने निर्णय गरीएको समाजका सचिव गीरीले जानकारी गराउनु भयो । कास्की सेवा समाजमा कास्की जिल्लामा जन्मेर बाँकेमा आइ बसोबास गरेका व्यक्ति मात्र सदस्य र आजिवन सदस्य बन्न पाउने प्रावधान छ ।

यो समाजले विगतमा कास्की जिल्लाको चिनारी झल्काउने विषय बस्तु समेटेर पुस्तक पनि प्रकाशन गरेको छ । कास्की सेवा समाजमा १००भन्दा बढि आजिबन सदस्य रहेका छन् । यो समाजका लागि जग्गा खोजेर आफ्नै भवन बनाउने धोको रहेको समाजका अध्यक्ष डम्मर सुवेदीले बैठकमा बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *