Thursday, April 23सत्यम खबर
Shadow

कृषिमा राज्यले तराईलाइ उपेक्षा गरेकाे छ : अध्यक्ष चाैधरी

कपिलवस्तु, १ पाैष – राज्यले तराईलाई हेर्ने दृष्टिकाेण फरक रहेकाले किसानहरु संकुचित भई अन्नमा परनिर्भरता बढ्दै गएकाे छ ।

अन्नका भण्डार तराई-मधेशका उर्बरक भुमिमा किसानले समयमा मल, खाद, सिंचाई र बिउबिजन पाए भने परनिर्भरता घट्ने किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप चाैधरीले बताउनुभयाे । बर्षाैंदेखि तराइका जनता खेतीका अतिआवश्यक सामग्रीका लागि भारतमा निर्भर छन । राज्यले कृषि उत्पादकत्व बढाउन उचित कदम नाचालेकै कारण भारत लगायतका देशबाट अन्न आयात गर्नुपरेकाे अध्यक्ष चाैधरी बताउँछन् ।

तराईमा अन्न उत्पादकत्व बढाउन उचित सिचाई साधान, बिउबिजन लगायत मलखाद समेतका समयमा उपलब्ध्ता हुन अति नै आवश्यक रहेकाे । राज्यले चासाे नलिएकाले तराईका अधिकांश जिल्लामा भारतीय बीउ खादमाथि निर्भरता पनि बढ्दै गएकाे छ ।

छिमेकी देश चीनबाट ल्याइएकाे धानका बीउमा बाला नै नालाग्ने, मलखादका लागि पनि नाकाबन्दी सरह गरेका घटना विभिन्न संचारमाध्यममा आइसकेकाले स्थानीय किसानपनि अन्याेलमा छन विदेशी हाइब्रिड बिउमाथिकाे विस्वास गुमिसकेकाे छ ।

अहिलेकाे आधुनिक युगमा पुरानै विधिमा खेतीपाती गर्दा अन्नमा निर्भरता बढ्दै जाने हाे भने गरिबी झन बढ्नेछ ।त्यसैले सरकारले नयां नया याेजना ल्याउन आवश्यक देखिन्छ जसले उत्पादन बढाउंछ र परनिर्भरता घटाउने सराेकारवालाकाे भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *