Friday, May 1सत्यम खबर
Shadow

चिनियाँ उइगर मुस्लिममाथि दमन बन्द गर

मितिः २०७८ पौष १२ गते
सकिल अहमद राई
चिनियाँ नागरिक उइगर मुस्लिममाथि छिमेकी देश चीनले दमन कार्य तिव्र पारेकोले यसको अब विश्वभरी नै विरोध हुन शुरु भएको छ । चीनको जिजियांग सिक्यांग लगायत प्रान्तमा उइगर मुस्लिमको बसोबास रहेको छ ।
विगतमा यी उइगर मुस्लिमले स्वतन्त्रताको लागि आवाज उठाएका थिए जसको कारण यो उइगर मुस्लिम चीनको लागि आँखाको कसिंगर झैं बनेका छन् । अहिले चीन सरकारले यिनीहरुमाथि दमनको नीति अख्तियार गरेको छ सबै भन्दा पहिले त्यसले प्रमुख इस्लामी ग्रन्थ पढ्नमा प्रतिबन्ध लगाउँदै घर घरबाट सो ग्रन्थ जफत गरेर टूकमा हाली जलायो सो पछि उइगरले गर्ने नमाज, रोजा लगायत धार्मिक कार्य रोक्यो । अब त्यहाँ कोही उइगर मुस्लिमले मोहम्मद, सद्दाम जस्तो नाम राख्न मनाही गरिएको छ । अहिले त हदैको दमन बढेको छ । उइगर मुसलमानको सुधार गर्ने आडमा उनीसँग कडा परिश्रम गराउने गरिएको छ । जुन खाना इस्लाममा हराम भनिएको छ सोलाई जबरजस्ती खान दिइएको छ । यस्तो दमन यहिंसम्म छैन अब त महिला युवतीहरुसँग चिनियाँ सैनिक यौन उत्पीडन गर्न थालेका छन् उनीको जबरजस्ती धर्मान्तरण गराउने कार्य शुरु भएको छ । उइगर मुस्लिममाथि दमन कार्य बढ्दा चीनको विरुद्धमा अमेरिका सोझै उत्रेको छ ।


चीनले आफ्नो यस्तो कार्यलाई आन्तरिक रहेको भन्दै यसमा अनावश्यक हस्तक्षेप नगर्न अमेरिकालाई भनेको छ तर उइगर मुस्लिममाथि दमन रोकाउन अमेरिका कडा मुद्रामा विश्व समुदायबीच उभेको छ यस कारण आगामी समय उइगरको विषय लिएर यी दुवै देशबीच संघर्ष चर्कने सम्भावना बढेको छ । अहिलेको समयमा विश्व एक परिवार जस्तो छ यस कारण कुनै देशले पनि आफ्नो नागरिक माथि दमन गर्न पाउँदैन यो मानव अधिकारको विषय हो यस कारण उइगरप्रतिको चिनियाँ दमन रोक्न सबै तर्फबाट सामुहिक आवाज उठ्नु पर्ने जरुरी भइ सकेको छ । यो विरोधको स्वर पाकिस्तान, तुर्की, मलेशिया, साउदी अरब लगायत देशबाट पनि उठ्नु पथ्र्याे किनकी यी देश मुस्लिम समुदायको अगुवाई दशकौंदेखि गर्दै आएका छन् ।
यस कारण अमेरिका भन्दा पहिले यी इस्लामी देशबाट उइगर मुस्लिमको पक्षमा आवाज उठ्नु पथ्र्याे तर यस्तो भएको छैन । उइगर मुस्लिममाथि दमन कार्य अझ बड्दै गएको छ तर पाकिस्तन लगायत इस्लामी देश यसमा आँखा चिम्लेर बसेका छन् जुन कार्य अत्यन्त विडम्बनापूर्ण छ ।
पाकिस्तान, तुर्की, मलेशिया जस्तो देश विश्वमा आतंकवाद बढाउन अगुवाई गर्ने तर सोझासाझा उइगर मुसलमानको पक्षमा नबोल्ने कार्य कायरताको नमूना हो । उइगर मुस्लिम पनि आखिर मानव नै हुन् अनि एक मानवले अर्काे मानवमाथि अत्याचार र दमन गर्नु कत्तिको जायज हो त ? सबैले जाने बुझेको कुरा हो छिमेकी देश भारतमा गैर हिन्दु समुदायमाथि सानो तिनो घटना हुँदा पाकिस्तान, तुर्की र मलेशिया जस्तो देशले विरोध गर्छन् तर उइगरमाथि दमन हुँदा नबोल्ने कुरा अत्यन्त विडम्बनापूर्ण छ । चीनमा उइगर मुसलमानमाथि दमन कार्य बढ्दा मानवता नै खतरामा परेको छ । यस कारण अब यस दमनको विरुद्धमा सबै तर्फबाट आवाज उठ्नुपर्ने जरुरी भई सकेको छ । चीनले उइगर मुसलमानमाथि दमन नरोके भारत, नेपाल, बाँग्लादेश, भुटान, म्यान्मार, पाकिस्तान, इरान, तुर्की, मलेशिया, अमेरिका लगायत देशले चीनलाई घुडा टेकाउन त्यसबाट उत्पादित वस्तुको बहिष्कार गर्नु जरुरी छ आर्थिक नाकाबन्दी लगाए चीन अवश्य नै झुक्नेछ किनकी चीन व्यापारिक सोच राख्ने विस्तारवादी नीति राखेको देश हो त्यसलाई कारोबारमा घाटा पुग्छ भने यो दमन कार्य रोक्न अवश्य नै बाध्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *