Wednesday, June 24सत्यम खबर
Shadow

आस्था

एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय

एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय

आस्था, खेल, प्रदेश ३, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, १४ पौष - सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्री परिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)को पहलमा मन्त्रीपरिषदको बैठकले उपाधि बिजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो । नेपाली टिमको जितले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रीपरिषदको बैठकमा लैजानुभएको थियो । बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टि...
फोहर ब्यवस्थापनमा नमूनायोग्य काम

फोहर ब्यवस्थापनमा नमूनायोग्य काम

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १४ पाैष - नेपालगन्ज उप–महानगरपालिकाले फोहर ब्यवस्थापनको क्षेत्रमा मुलुक मै नमूनायोग्य काम गरिरहेको सार्वजनिक गरेको छ । नगर कार्यपालिकाका प्रबक्ता प्रमोद रिजालले बुधबार विज्ञप्ती जारी गरी नेपालगन्जलाई सुन्दर, सफा र हरित शहर बनाउनका लागि सुरुवातदेखि नै पहलकदमी अघि बढाइएको उल्लेख गरिएको छ । देशमा विभिन्न शहरमा ल्याण्डफिल साईट निर्माण कार्य पुरा नभएको अवस्थामा नेपालगन्जमा भने ल्याण्डफिल साईट निर्माण भई सञ्चालनमा आईसकेको छ । विज्ञप्तीमा नेपालगन्जमा दैनिक फोहर ब्यवस्थापनका लागि स्थायी, ज्यालादारी र करारमा गरि १५५ जना कर्मचारी कार्यरत रहेको र उनीहरुको मासिक तलबमा ३४ लाख ९ हजार ४०१ रुपियाँ मात्रै खर्च हुने स्पष्ट पारिएको छ । सरसफाईको नाममा मासिक चार करोड शिर्षकमा एक सञ्चार माध्यममा प्रकाशित समाचारको भ्रममा नपर्न उपमहानगरपालिकाले सबैमा अनुरोध गरेको छ । मुख्य सडकको फोहाेर ब्यवस्थ...
चौधरी र महतराले मितको नाता गाँसे

चौधरी र महतराले मितको नाता गाँसे

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज १४ पाैष - माया प्रेम र स्नेह जोडिएपछि मन मस्तिष्क साथी त्यही हुन्छ । दुई जनाविचको सम्वन्ध सुमधुर प्रेम र मिलनसार साथीको रुपमा । मान्छेको सबैभन्दा नजिक परिवारका सदस्यहरु पर्ने गर्दछन भने अर्को नजिक भनेको अति मिलनसार साथी । दुख, कष्ट र खुसीमा संधै साथ दिने त्यही साथी नै हुन्छ । तर साथी पनि फरक फरक प्रकृतिका हुने गर्दछन । कोही आफनै गाउँ घर छिमेक समुदायमा संगै बस्ने पढ्नेदेखिको नजिकको साथी कोही भनेपछि युवा अवस्थामा साथी बनाउने गर्दछन । यस्ता थुप्रै उदाहरणहरु रहेका छन । मित नाता भनेको सबै कुरामा साथ दिने र परिवारिक जस्तै बन्न पुग्छ । यस्तै दुई जना व्यवसायिक प्रतिष्ठत व्यक्तीले मित जेडेका छन । बाँके डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी र व्यवसायी कालीकोट निवासी प्रेम बहादुुर महतराले विधिपुर्वक विशेष पुजाआजा गरि मित लगाएका छन । नेपालगन्ज बागेश्वरी मन्दिरमा उहा दुबै जनाल...
चिसोमा जिवन रक्षाको माग गर्दै प्रशासनको ध्यानाकर्षण

चिसोमा जिवन रक्षाको माग गर्दै प्रशासनको ध्यानाकर्षण

आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ पौष – चिसो तथा शितलहर शुरु भएपछि त्यसबाट बच्नका लागि पुर्व तयारीबारे बाँके र बर्दियाका प्रशासनको ध्यानाकर्षण गराइएको छ । बाँकेका नागरिक समाजका अगुवाहरुको एक समुहले आज बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारलाई चिसोको व्यवस्थापन तथा पुर्व तयारीका बारेमा ध्यानाकषर्ण गराएको हो ।अहिले बाँकेमा चिसो बढेपछि शितलहर र कुहिरोका कारण जेष्ठ नागरिक, असहाय, बालवालिका, दिर्घरोगी, मजदुर, अति विपन्न परिवारका नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर परि विरामी भई जनजिवन कष्टकर हुने गर्दछ । सो कुरालाई मध्यनजर गर्दै ५ बुदे ध्यानाकषर्ण गराइएको हो । शीतलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सो बाट बच्ने उपायका बारे प्रत्येक गाउँ, टोलमा जनचेतना फैलाउने कार्य तत्काल गर्न गराउन, चिसो तथा शीत लहरका कारण नागरिको जिवन रक्षार्थ प्रत्येक टोलटोलमा दाउराको व्यवस्था गर्न, जेष्ठ नागरिक, असहाय, बालवालिका, दिर्...
एमाले स्वास्थ्य विभागले हेल्थ डेस्क राख्ने

एमाले स्वास्थ्य विभागले हेल्थ डेस्क राख्ने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ पौष – नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग बाँकेले आज बुधबार बैठक बसी विभिन्न निर्णय गरेको छ । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग बाँकेका इन्र्चाज अछरी पोखरेलको अध्यक्षतामा बसेको बैठकले र नेकपा एमाले बाँकेको पौष २३ गते हुने स्वास्थ्य तथा जनसंख्या विभागको तर्फबाट हेल्थ डस्क स्थापना गर्ने निर्णय गरेको छ । नेपालगन्जमा रहेका स्वास्थ्य क्षेत्र नर्सिङ होम र भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई भेटेर त्यहाँका समस्या बारेमा छलफल र अन्र्तक्रिया गर्ने, केन्द्रिय नीति अनुसार नेकपा एमाले जिल्लाको निर्वाचनमा सर्वसम्मतले कार्यसमिति चयन गर्नहुन जिल्ला कमिटिलाई अनुरोध गर्ने, विभागको तर्फबाट पौष २३ मा हुने नेकपा एमाले जिल्ला कमिटिको अधिवेशन र माघ ८ मा हुने प्रदेशको अधिवेशनमा विभागको तर्फबाट आ–आफ्नो भुमिका निभाउने, पौष १७ गते हुने प्रतिनिधि छनौटमा आ–आफ्नो क्षेत्रमा सक्र...
पाँचौं राष्ट्रिय कृषियान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

पाँचौं राष्ट्रिय कृषियान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ पौष – नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषियान्त्रीकरण प्रदर्शनी–२०७८ हुने भएको छ । प्रदर्शनी यही माघको ५ गतेदेखि ८ गतेसम्म चितवनमा हुने भएको हो ।संघले मंगलबार काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदर्शनीको विस्तृत जानकारी गराएको छ । प्रदर्शनीको मूलनारा ‘कृषियान्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषि विकास र समृद्धि’ रहेको छ । प्रदर्शनी चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने संघले जनाएको छ । प्रदर्शनीको आयोजकमा संघसहित नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषियान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहने छन् ।यसैगरी प्रदर्शनीको मुख्य प्रयोजकमा शलोम एग्रिकल्चर प्रा.लि. रहेको छ । प्रयोजकमा मुक्तिनाथ कृषि कम्पनी लि. र मुक्तिनाथ विकास बैंक रहेका छन् । यता...
गौरब स्मृति अक्षय कोषमा ७ लाख

गौरब स्मृति अक्षय कोषमा ७ लाख

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ पौष – बाँकेको नेपालगन्जमा गौरव फाउन्डेशन एण्ड बी यौर सेल्फ नेपालगन्जको आयोजनमा आज मंगलबार एक कार्यक्रमका बीच गौरब स्मृति अक्षय कोष ७ लाखको घोषण गरिएको छ । गौरव फाउन्डेशन एण्ड बी यौर सेल्फ नेपालगन्जका अध्यक्ष अनुपमा चौधरीको अध्यक्षतामा नेपालगन्जका दानबीर तथा समाजसेवी माधवराम वर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको गौरब स्मृति अक्षय कोष घोषणा कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागितामा संस्थाका संरक्षक प्रदीप शाहले रु. ७ लाख रुपैया“को अक्षय कोषको घोषण गरी चेक हस्तान्तरण गर्नु भएको थियो । नेपालगन्जको स्वास्तिक कटेजमा बासका केन्द्रिय महासचिव शिवकुमार वर्माद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि समाजसेवी माधवराम वर्माले सो संस्थालाई २५ रुपैया“ आर्थिक सहयोग गर्नु भयो र हर समयमा तन, मनबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । कार्यक्रममा ...
“अल्पकालिन आदेशले खेल क्षेत्रमा दिर्घकालिन असर गर्यो”: खेलकुद मन्त्री अथक

“अल्पकालिन आदेशले खेल क्षेत्रमा दिर्घकालिन असर गर्यो”: खेलकुद मन्त्री अथक

आस्था, खेल, प्रदेश ३, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, १३ पुष – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली खेलाडीहरु सबै प्रकारको खेल खेल्न सक्षम रहेको बताउनु भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले प्राकृतिक रुप मै उच्च मनोबल भएका नेपाली खेलाडीहरुमा विश्वका सबै प्रकारका खेल खेल्न सक्ने क्षमता रहेको बताउनु भएको हो ।“हामी प्राकृतिक रुपमै उच्च मनोबलका धनि छौं” सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको आफ्नै भवनमा आयोजित १२ औं साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले भन्नुभयो, “हामीसँग संसारका सबै प्रकारका खेल खेल्न सक्ने भौगोलिक भू–वनावट छ । त्यसको अधिकतम प्रयोग गरेर खेल क्षेत्रको गुणात्मक विकास गर्न आवश्यक छ र त्यो हाम्रै पालामा सम्भव छ ।” एक फरक प्रशंगमा बोल्दै मन्त्री अथकले खेल क्षेत्रमा राजनिती गरीनु दुःखद भएको उल्लेख गर्नुभयो । बिगतदेखी नै खेलाडीहरुलाई सत्ता निकटका ब्यक्तिहरुल...
मन्त्री अथकद्वारा बिजेता टिमलाई बधाई

मन्त्री अथकद्वारा बिजेता टिमलाई बधाई

आस्था, खेल, प्रदेश २, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १३ पौष – बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि बिजेता नेपाली महिला टिमलाई युवातथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बधाई दिनु भएको छ ।साविकको विजेता नेपालले उज्वेकिस्तान माथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि मन्त्री अथकले खुसी ब्यक्त गर्दै बधाई दिनु भएको हो । नेपाली टिमको जितको खबरले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई बधाई दिनु भएको हो । उहाँले सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै खुसी ब्यक्त गर्नु भएको हो ।बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो ।...
मोरङ व्यापार संघसँग नाफिजको छलफल, सरकार र केन्द्रीय बैंकको नीतिले व्यवसायी मारमा परेको गुनासो

मोरङ व्यापार संघसँग नाफिजको छलफल, सरकार र केन्द्रीय बैंकको नीतिले व्यवसायी मारमा परेको गुनासो

आर्थिक, आस्था, प्रदेश १, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
बिराटनगर, १३ पौष – नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले प्रदेश स्तरीय अन्तरक्रिया तथा कार्यक्रम प्रदेश१ बाट सुरु गरेको छ । सो क्रममा नाफिजले प्रदेश १ का निजी क्षेत्रका संघ संगठनहरुसँग भेटघाट तथा छलफल गरेको छ ।भेटघाट तथा छलफल कार्यक्रम अन्तर्गत नाफिजले मोरङ व्यापार संघसँग छलफल कार्यक्रम सम्पन्न गरेको हो ।छलफलमा मोरङ व्यापार संघमा आवद्वव्यवसायीहरुले सरकार र राष्ट्र बैंकको नीतिले व्यापारी मारमा परेको गुनासो गरेका छन् । बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा नगद प्रवाहमा समस्या भइ व्यापार संकटमा परेको व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । बैंकले पैसा छैन भन्दै एलसी नखोल्ने, पास भइसकेको कर्जा नदिने, पुरानो कर्जाको ब्याजदर बढाएर भुक्तानीको लागि ताकेता लगाउँदा व्यापारीहरु हतोत्साहित भएको उनको भनाइ छ ।“बैंकहरु राष्ट्र बैंकको कारवाहीको ब्याकमेल गर्दै कर्जाको ब्याजदर बढाइरहेका छन् भने सावाँ ...