
– मनोज कुमार कौशल
नेपालगन्ज, १२ पौष – नेपालगन्जको बहुचर्चित निर्मला कुर्मी बेपत्ते घटना प्रकरणको छानबीन गर्न गृहमन्त्रालयका सहसचिव हिरा रेग्मीको अध्यक्षतामा बनेको छानबीन समितिले जनसाधारणको ध्यान अर्काेतर्फ आकर्षित पार्न र छानबीन कार्यलाई अन्यौलमा पार्ने प्रयासमा जुटेको देखिन्छ ।
समितिले निर्मला कुर्मीको मृत्युपछि उनीको ४ बिघा ८ का जग्गा र २ का जग्गामा बनेको पक्की घर समेत नेपाल सरकारको नाउमा आउने उल्लेख गरेको छ । यसको कारण छ कि उनीको अपुताली खाने व्यक्ति कोही पनि जिउँदो छैन । नेपाली काँग्रेसका नेता बादशाह कुर्मी लगायत मिलेर अनेकौं षडयन्त्र गरी भारतमा निर्मलाले विवाह गरेको र त्यहीं कालगतिले मरेको कागजात देखाएर केही व्यक्ति समेत खडा गरेर प्रहरी मार्फत सरकारी वकीलको कार्यायमा अन्य विभिन्न सरकारी कागजात तयार गराएर पहिले करोडौंको सम्पत्ति आफ्नो व्यक्तिको हात पारे । यो करोडौंको सम्पत्तिको लागि बादशाह कुर्मीले निर्मला कुर्मीका श्रीमान र २ जना बच्चाको रहस्यमय ढंगले हत्या गराएको कुरा सर्वत्र नै चर्चामा रहेको छ ।

निर्मला कुर्मी लगायतको रहस्यमयपूर्ण हत्या घटनाको छानबीन गर्न अधिकारकर्मी रुबी खानको नेतृत्वमा महिनौंसम्म चरणबद्ध आन्दोलन चल्यो यो आन्दोलनतर्फ कसैको ध्यान नगएपछि रुबी खानको टोलीले न्याय पाउन राजधानीतर्फ पैदल यात्रा गर्नु प¥यो यस क्रममा उनीलाई झूठो मुद्दामा फसाउने सम्म प्रयास भयो तर यो संघर्ष भने रोकिएन । निर्मला कुर्मी बेपत्ते घटना देशभरीनै चर्चा पाएपछि गृह मन्त्रलयबाट छानबीन समिति गठित भयो यो छानबीन टोलीले काम गरी रहे पनि निर्मलाको हत्यारा बादशाह कुर्मी लगायताई दण्ड सजायँ मिल्ने वातावरण रहेको देखिँदैन ।
निर्मला कुर्मीको रहेको करोडौं मूल्यको सम्पत्ति कसरी रमेश थापाको श्रीमति रत्नादेवी थापाको नाममा पुग्यो यसबारे छानबीन गर्ने सिफारिस भए त्यसतर्फ छानबीन समितिले ध्यान नपु¥याएकाले यो घटनाको ढाकछोप गर्न बादशाह कुर्मी र छानबीन समितिबीच सेटिंग भएको अनुमान गर्न थालिएको छ । निर्मलाको जग्गा रमेश थापाको बैनी राधा देवी विष्टको नाममा पहिले नामसारी गराएपछि राधा देवीबाट रमेश थापाको श्रीमति रत्ना देवी थापाको नाममा गएको देखिन्छ । जग्गा लिँदा अदालतमा समेत लेनदेनको कागजात गराएर तमाम जालझेलको कागजात बनाइएको छ ।
जसबाट पूर्व हवल्दार थापा अदालत र प्रहरीमा यस्तै प्रकारको विवादास्पद जग्गाको कारोबार गरेर करोडौं कमाएको पाइन्छ । अहिलेपनि उनले बाँकेका सिडिओ सुर्य बहादुर खत्री एसपी श्याम कृष्ण अधिकारी, डिएसपी मधु सुदन न्यौपाने, सरकारी वकीलका हाकिम वासुदेव शर्मा लगायतलाई मिलाएको पाइन्छ ।
सोही सेटिंगका कारण निर्मला बेपत्ते घटना र उनीको करोडौंको सम्पत्ति जुनकि काँग्रेस नेता बादशाह कुर्मीको नजीकको मानिसको हातमा परेको छ यस कुराको खुलासा हुन अप्ठेरो भएको छ । किनकी रेग्मीको अध्क्षतामा बनेको छानबीन समिति पनि भूमाफियाको प्रभावमा परेको छ ।
