Saturday, June 27सत्यम खबर
Shadow

आस्था

मेयरका उम्मेदवार विष्टद्धारा रक्तदान

मेयरका उम्मेदवार विष्टद्धारा रक्तदान

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १७ वैशाख – नेपालगन्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार प्रसान्त विष्टले शनिवार रक्तदान गर्नुभएको छ ।नेपालगन्ज उपमहानरपालिका वडा नम्बर १८ को आयोजनामा गरिएको खुला रत्तदान कार्यक्रममा उहाँले रक्तदान गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दे मेयरका उम्मेदवार विष्टले रक्तदान गर्नु मानविय कार्य रहेको बताउनुभयो । यस क्रममा उहाँले नेपालगन्जको विकास लागि आफ्नो उम्मेदवारी भएकाले जनतामाझ तत्परताका साथ लागि पर्ने बताउनुभयो । कार्यक्रममा बिष्ट सहित स्थानिय समाजसेवी, बुद्धिजिवी तथा स्थानियहरुले रक्तदान गरेका थिए ।...
काँग्रेस कोहलपुरको घरदैलो अभियान आजबाट शुरु

काँग्रेस कोहलपुरको घरदैलो अभियान आजबाट शुरु

आस्था, प्रदेश ५, राजनीति, समाचार
कोहलपुर, १७ वैशाख – नेपाली काँग्रेस कोहलपुरले आज शुक्रबारदेखि चुनावी घरदैलो शुरु गरेको छ । कोहलपुर नगरपालिका—१२ चप्परगौडी स्थित शहिद परिवारको घरबाट घरदैलो अभियान शुरु गरिएको हो ।शहिद परिवारका अभिभावक कुलबहादुर खत्रीले मेयर पदका उम्मेदवार पूर्णप्रसाद आचार्य, उपमेयर पदका उम्मेदवार संगीता सुवेदी, वडाअध्यक्ष पदका उम्मेदवार वीरेन्द्रबहादुर शाह लगायतलाई खादा लगाएर खत्रीले विजयीको शुभकामना दिनु भएको थियो । सशस्त्र द्वन्द्वकालमा आफन्त गुमाएका र विस्थापित भएका परिवारका तर्फबाट खत्रीले शुभकामना दिनु भएको थियो । खत्रीको शुभेच्छा र शुभकामनासहित घरघरमा पुगेका उम्मेदवारहरुले कोहलपुरको समग्र विकास लागि आफुहरु योजनाबद्ध तरिकाबाट अघि बढ्ने भन्दै नमुना कोहलपुर बनाउन काँग्रेसलाई एकपटक जिताउन अपिल गर्नुभएको थियो ।स्थानीय मतदाताहरुले पनि नमुना कोहलपुर बनाउन युवाहरुको विकल्प नभएको भन्दै यसपाली व्यक्ति हे...
राप्तीसोनारीमा अध्यक्ष पदका उम्मेदवार पौडेलद्धारा घरदैलो अभियान तिव्र

राप्तीसोनारीमा अध्यक्ष पदका उम्मेदवार पौडेलद्धारा घरदैलो अभियान तिव्र

आस्था, प्रदेश ५, राजनीति, समाचार
राप्नीसोनारी, १७ बैशाख – नेपाली कांग्रेसका तर्फबाट बाँकेको राप्तीसोनारीमा अध्यक्षका उम्मेदवार तप्त पौडेलले घरदैलो अभियान तिब्र पार्नुभएको छ । उहाँले आज राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ को राजपुर, शम्सेरगंज र टिकुलिपुरमा मतादाताहरु संग भेटघाट कार्यक्रम गर्नुभएको छ । कार्यक्रममा स्थानिय बासीहरुको मागलाई सम्बोधन गर्दे अध्यक्ष पदका उम्मेदवार पौडेलले अति आवश्यक शिक्षा, स्वास्थ्य, बाटोघाटो र बिजुली जस्ता पुर्वाधारको विकास गर्ने बताउनुभायो ।उहाँले ईन्टरनेटको सुविधा नपुगेको स्थानमा फ्रि वाईफाई जोनको व्यवस्था गर्ने बताउनुभयो । यस्तै राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार मनिसा सिंह थारुले स्थानियका समस्या समाधानका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।स्थानियहरु संगको भेटघाट कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष पदमा उम्मेदवार तुलाराम खत्रीले स्थानियको समस्...
डुडुवा काँग्रेसको घरदैलो अभियानमा तिब्रता

डुडुवा काँग्रेसको घरदैलो अभियानमा तिब्रता

अवधी, आस्था, प्रदेश ५, राजनीति, समाचार
डुडुवा, १७ बैशाख – बाँकेको डुडुवा गाउँपालिकामा काँग्रेसले घरदैलो अभियानलाई तीब्र बनाएको छ ।काँग्रेसबाट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार बनेका नरेन्द्र चौधरी पप्पु र उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानुले डुडुवा गाउँपालिका २ बाबागाउँ, कैरेटीपुरुवा र कोलहीमा घरदैलो गरेका हुन् । घरदैलोका क्रममा उम्मेदवार पप्पु र बानुले सम्बृद्ध र विकसित पालिका निर्माणका लागि काँग्रेसको पक्षमा मतदान गर्न मतदाताहरुसँग आग्रह गरेका थिए । उनीहरु अघिल्लो निर्वाचनमा आफुहरुले पालिकाको विकास निर्माणमा उल्लेखिय कार्य गरेको भन्दै अधुरा विकास निर्माणका कामलाई पूर्णता दिन आफुहरुको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।त्यसक्रममा मतदाताहरुले विकासप्रेमी उम्मेदवारलाई मतदान गर्ने प्रतिबद्धता जनाएका थिए ।...
मतदाता भेटघाटमा व्यस्त नगरप्रमुखका उम्मेदवार प्रशान्त

मतदाता भेटघाटमा व्यस्त नगरप्रमुखका उम्मेदवार प्रशान्त

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज १७ वैशाख – नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट शनिबार (आज) विहानै देखि मतदाता भेटघाटमा व्यस्त हुनु भएकोछ ।उहाँ विहान नेपालगन्ज स्थित नीलसागर असहाय तथा सेवा केन्द्र, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, वडा नम्बर २१ लगायत विभिन्न वडाका टोलमा पुग्नु भएको हो । नीलसागरमा नगर प्रमुखका उम्मेदवार विष्टलाई त्यहाँ रहनु भएका बृद्धबृद्धा तथा बालबालिकाले स्वागत गर्नु भएको थियो । भेटघाटका क्रममा उहाँले आफू नगर प्रमुखको जिम्मेवारीमा पुगिसकेपछि असहाय, बृद्धबृद्धा तथा बालबालिकाको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।नेपाली काँग्रेसले नेतृत्व गरेका स्थानीय सरकारले विगतमा असहाय, बृद्धबृद्धा तथा बालबालिकाको लागि उच्च प्राथमिकता राखेको स्मरण गराउनुभयो । यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र २१ मा मतदा...
हिमान्सु यादवकाे ५ वर्षे प्रतिबद्वता सार्वजनिक, गरिब तथा किसानहरूकाे लागि विशेष याेजना

हिमान्सु यादवकाे ५ वर्षे प्रतिबद्वता सार्वजनिक, गरिब तथा किसानहरूकाे लागि विशेष याेजना

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १६ बैशाख - बाँकेकाे जानकी गाउँपालिकामा एमाले, काँग्रेस र माओवादी लगायत विभिन्न दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । जसले गर्दा जानकीमा महाेल नै तातिईएकाे पाईन्छ । यसैबीच आज नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेद्वार हिमान्सु यादवले आफ्नाे ५ वर्षे प्रतिबद्वता सार्वजनिक गरेका छन् । जानकी गाउँपालिकामा अबको पाँच बर्ष यादवले कमाण्ड गर्ने लगभग निश्चित भैसकेको छ । जानकीमा यादव र एमालेप्रति देखिएको जनताको लहरले काँग्रेस, माओवादी जसपा लगायतका दलहरूको समेत खुलदली बढ्न थालेकाे छ । नेकपा एमाले जानकीका अध्यक्षका उम्मेदवार यादवले जानकी गाउँपालिकालाई फुसको छानो रहित बनाउने यश अघि बताए अनुसार नै आफ्नाे प्रतिबद्वतामा समेत स्थान दिएका छन् । निर्वाचनमा आफुले जितेसंगै आफुले पाउने सम्पुर्ण सेवासुबिधा र पालिकाको विशेष योजना अन्तर्गत पालिकालाई फुसको छानो रहित बनाउने आज प्रेस भेटघाटमा यादव...
शाहकाे साथमा वडा नं.४ का मतदाता

शाहकाे साथमा वडा नं.४ का मतदाता

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १६ बैशाख - नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ ले घरदैलो कार्यक्रमलाई तिव्र दिएको छ । नेपाली काँग्रेसले वडा नं.४ का वडाअध्यक्ष पदका उम्मेदवार प्रदिप शाहलाई अगाडि बढाएको छ ।यसैगरी सदस्यहरुमा महिलातर्फ अस्मिता शाह महतरा, पुरुष तर्फ उत्तम सिंह सिजापती, मुस्लिम तर्फ मो.सलिम हलुवाइ दलित महिला तर्फ सुशीला कोरीलगायतकाे संयुक्त टीम घरदैलाे गरिरहेका छन् ।घरदैलो अन्तर्गत नेपालगन्ज वडा नं.४ स्थित तन्नु पान पसल देखि नेपाली काँग्रेस वडा नं.४ सम्पर्क कार्यालय र गणेशपुर मनिष श्रेष्ठको घर लगायत सम्पर्क कार्यालयको उत्तर दायाँबायाँ घरदैलो गरीएको अध्यक्ष पदका उम्मेद्वार शाहले जानकारी गराउनुभयाे ।घरदैलोका क्रममा स्थानिय वडा बासीहरुले अध्यक्ष शाह लगायतको टिमलाई स्वागत समेत गरिरहेकाे सदस्य पदका उम्मेदवार उत्तमसिंह सिजापतिले जानकारी गराउनुभयाे ।घरदैलोमा स्थानिय वडा बासीहरुको आफुप्रतिको व...
घरदैलोमा व्यस्त वडा नं. ४ का उम्मेदवार शाह

घरदैलोमा व्यस्त वडा नं. ४ का उम्मेदवार शाह

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १६ बैशाख – आसन्न बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागी राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु गरेका छन् । स्थानिय तहको निर्वाचन नजिकिंदै गर्दा यसका लागि चहलपहल समेत तिब्र रुपमा बढेको देखिन्छ । हरेक दलका प्रतिनिधी आ–आफ्नो पक्षमा माहोल बनाउन झन्डा र व्यानरसहित घरदैलोमा जुटिसकेका छन् । स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ ले पनि घरदैलोमा सक्रियता देखाएको छ । उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार प्रशान्त बिष्ट नेपालगन्ज उपमेयर पदका उम्मेदवार कमरुद्दीन राई घरदैलोमा व्यस्त देखिएका छन् । उपमहानगर भित्र बसोबास गर्ने आम सर्वसाधारण जनताको समस्या पहिचान गर्न घरदैलो कार्यक्रम शुरु गरिएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडाअध्यक्ष उम्मेदवार प्रदीप शाहले बताउनुभयो ।वडाअध्यक्ष उम्मेदवार शाहका अनुसार विहिबार र आज...
घसियारनकाे नाममा नेताले कराेडाै खाए : हारून

घसियारनकाे नाममा नेताले कराेडाै खाए : हारून

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १५ बैशाख - नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य मोहम्मद हारुन हल्वाईले घसिंयारन समुदायको नाममा अरु दलका नेताले करोडौं रुपैंया खाएको आरोप लगाएका छन् । विहिवार नेकपा एमालेको चुनाव लक्षित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै केन्द्रिय नेता हल्वाईले घँसियारन समुदायको नाममा आएके लाखौं कराडौं पैसाले आफ्ना कार्यकर्ता पोषेको तर सो समुदायको उथ्थान र विकासका लागि केहिपनि नगरेको आरोप लगाएका हुन् । यसै वडामा रहेको महेन्द्र पार्क पनि कसैको पेवा नभई यहाँका जनताको भएको कुरामा जोड दिंदै नेता हल्वाईले यसबाट भएको आम्दानीको निश्चित हिस्सा यस समुदाय र टोलको विकासका निमित्त खर्चिनु पर्ने बताए । उनले भने–‘केपि ओलिको सरकार हुँदा १ सय २२ रुपैयाँमा पाईने तेल अहिले १ सय ६० रुपैंया पुगेको छ । यतिले भएन भनेर यो नालायक सरकारले जनतालाई सास्ती दिनका लागि हप्तामा २ दिन छुट्टी दिने जस्तो बचपना हर्कत गरे...
जानकीलाई समृद्ध बनाउन जनताको ढोका ढोकामा हिमान्सु

जानकीलाई समृद्ध बनाउन जनताको ढोका ढोकामा हिमान्सु

आस्था, प्रदेश ५, राजनीति, समाचार
जानकी, १५ बैशाख - आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिएसँगै बिभिन्न दलका उम्मेद्वारहरु घरदैलोमा व्यस्त हुन थालेका छन् । हरेक दलका प्रतिनिधी आ–आफ्नो पक्षमा माहोल बनाउन झन्डा, व्यानरसहित घरदैलोमा जुटेका हुन् । आफ्नो पक्षमा मत ल्याउनका लागि मत माग्ने फरक फरक पद्धति अपनाएका छन् सबै नगरपालिकाका तथा गाउँपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्य आ–आफ्नै ऐजेण्डा लिएर घरदैलोमा व्यस्त हुन थालेका हुन् । जानकी गाउँपालिकामा बुवाको बिरासत जोगाउन मैदानमा उत्रिएका अध्यक्ष पदका उम्मेद्वार हिमान्सु यादब घरदैलोमा व्यस्त देखिनुभएको छ । निस्वार्थ भावनाले जनताको सेवामा निरन्तर उभिने नेकपा एमाले जानकी गाउँपालिकाको पालिका अध्यक्ष पदका उम्मेद्वार हिमान्सुले स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर घरदैलोमा सक्रियता देखाउनु भएको हो । जानकीका अध्यक्ष पदका उम्मेद्वार हिमान्सु प्रत्यक्ष जनताको ढोका ढो...