
नेपालगन्ज, १६ बैशाख – बाँकेकाे जानकी गाउँपालिकामा एमाले, काँग्रेस र माओवादी लगायत विभिन्न दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । जसले गर्दा जानकीमा महाेल नै तातिईएकाे पाईन्छ । यसैबीच आज नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेद्वार हिमान्सु यादवले आफ्नाे ५ वर्षे प्रतिबद्वता सार्वजनिक गरेका छन् ।
जानकी गाउँपालिकामा अबको पाँच बर्ष यादवले कमाण्ड गर्ने लगभग निश्चित भैसकेको छ । जानकीमा यादव र एमालेप्रति देखिएको जनताको लहरले काँग्रेस, माओवादी जसपा लगायतका दलहरूको समेत खुलदली बढ्न थालेकाे छ ।
नेकपा एमाले जानकीका अध्यक्षका उम्मेदवार यादवले जानकी गाउँपालिकालाई फुसको छानो रहित बनाउने यश अघि बताए अनुसार नै आफ्नाे प्रतिबद्वतामा समेत स्थान दिएका छन् । निर्वाचनमा आफुले जितेसंगै आफुले पाउने सम्पुर्ण सेवासुबिधा र पालिकाको विशेष योजना अन्तर्गत पालिकालाई फुसको छानो रहित बनाउने आज प्रेस भेटघाटमा यादवले पुनः दाेहाेरियाए ।
युवा नेता यादवले पालिकामा रहेका गरिब, असहायहरुले आफ्नो छानो फेर्न नसकेको अवस्था रहेकाले त्यस्ता परिवारको फुसको छानो फेरेर विशेष कार्यक्रम अन्तर्गत जस्ताको छानो सहितको घर ब्यवस्थापनमा कार्य गर्ने बताएका छन् ।
बाँकेकै सबैभन्दा कान्छो प्रमुखको उम्मेदवार समेत रहेका हिमान्शु यादव नेपालगन्जका सफल ब्यवसायी समेत हुन् ।
परिवर्तन र नयाँ प्रविधि तथा बिदेशका सफल बिकास मोडेललाई आफ्नो पालिका तथा स्थानीय तहमा प्रयोग गर्ने सक्ने खुबी रहेको युवा नेताको रुपमा यादवलाई जानकीबासीले चिन्दै आएका छन् । तराईको राजनिती क्षेत्रमा युवाहरुको प्रतिनिधित्व गर्दै गाउँपालिकाका उम्मेदवारले शुक्रबार सामूहिक रूपमा प्रतिवद्धता सार्वजनिक गरेका छन ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य दीपा शर्मा, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गोपी बुढा, बाँके जिल्ला उपाध्यक्ष डिल्ली विसी, जानकी गाउँपालिका इन्चार्ज तथा बाँके जिल्ला कमिटी सदस्य पदम धिताल, किशोर थापा लगायतको सहभागिता रहेकाे थियो ।