Thursday, June 12सत्यम खबर
Shadow

घसियारनकाे नाममा नेताले कराेडाै खाए : हारून

नेपालगन्ज, १५ बैशाख – नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य मोहम्मद हारुन हल्वाईले घसिंयारन समुदायको नाममा अरु दलका नेताले करोडौं रुपैंया खाएको आरोप लगाएका छन् ।

विहिवार नेकपा एमालेको चुनाव लक्षित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै केन्द्रिय नेता हल्वाईले घँसियारन समुदायको नाममा आएके लाखौं कराडौं पैसाले आफ्ना कार्यकर्ता पोषेको तर सो समुदायको उथ्थान र विकासका लागि केहिपनि नगरेको आरोप लगाएका हुन् ।

यसै वडामा रहेको महेन्द्र पार्क पनि कसैको पेवा नभई यहाँका जनताको भएको कुरामा जोड दिंदै नेता हल्वाईले यसबाट भएको आम्दानीको निश्चित हिस्सा यस समुदाय र टोलको विकासका निमित्त खर्चिनु पर्ने बताए ।

उनले भने–‘केपि ओलिको सरकार हुँदा १ सय २२ रुपैयाँमा पाईने तेल अहिले १ सय ६० रुपैंया पुगेको छ । यतिले भएन भनेर यो नालायक सरकारले जनतालाई सास्ती दिनका लागि हप्तामा २ दिन छुट्टी दिने जस्तो बचपना हर्कत गरेको छ ।’ उनले थपे–‘यी सब जनताका आवश्यकताहरुको परिपुर्तिका लागि नेकपा एमालेको सरकार आउन आवश्यक छ । यसकारण नेकपा एमालेलाई भोट दिएर जिताउन आग्रह गर्दछु ।’

सो कार्यक्रममा बोल्दै मेयरका प्रत्यासी पशुपतिदयाल मिश्रले शिक्षाको चेतना विकास नभएसम्म समृद्धि हासिल नहुने कुरामा जोड दिंदै आफुले जितेको खण्डमा यस समुदायमा शिक्षाको बलियो जगको स्थापना गर्ने र त्यसकालागि आवश्यक गृहकार्य आफुहरुले गरिरहेको बताए ।

उनले शिक्षाको स्तर उठाउनका लागि मातृभाषाको पाठ्यपुस्तक देखि श्रब्यदृष्य दुवै माध्यमबाट शिक्षण सिकाईको पद्धती अपनाउने बताए । साथै उनले सो समुदायको जिवन स्तर उकास्नका लागि आर्थिक क्रियाकलापमा जोड दिने बताए ।

नगरका उपमेयरका प्रत्यासी शान्ति ढकालले विकासका लागि आफुहरुलाई एकपटक अवसर दिन आग्रह गरिन् । उनले आफुहरुले जितेर सरकारमा गईसकेपछि अन्य वडाभन्दा पछि परेको सो वडाको सर्वाङ्गिण विकास गर्ने प्रतिबद्धता जाहेर गरिन् । उनले शिक्षा, स्वास्थ्य र रोजगारिको सिर्जना गर्ने कुरामा जोड दिंदै सफा नगर बनाउने कुरामा समेत आफुहरु प्रतिबद्ध रहेको बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *