Saturday, June 27सत्यम खबर
Shadow

आस्था

जानकीमा अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ घरदैलोमा ब्यस्त

जानकीमा अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ घरदैलोमा ब्यस्त

आस्था, प्रदेश ५, राजनीति, समाचार
जानकी, १९ वैशाख – नेपाली कांग्रेसका तर्फबाट बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष पदका उमेदवार छब्बन खाँ र उपाध्यक्ष पदका उमेदवार रामप्यारी यादव यतिबेला जानकी गाउँपालिकावासीको घरदैलोमा ब्यस्त हुनुहुन्छ । आगामी वैशाख ३० गते हुने स्थानीय चुनाव नजिकिँदै गर्दा जानकी गाउँपालिकामा कांग्रेसका उमेदवारले आचारसंहिताको पालना गर्दै जनतासँगको भेटघाटलाई तीव्रता दिइरहनु भएको हो । चुनाव हुन ११ दिन बाँकी रहँदा छब्बन खाँ, रामप्यारी यादव लगायतको टोलीले जनताका समस्यालाई आत्मसाथ गर्दै जनताको नेतृत्व नै कांग्रेसको नेतृत्व हो भन्ने विश्वास दिलाउन लागि परेको बताउनुभएको छ ।आज सोमबार जानकी गाउँपालिकाको वडा नम्बर ३ मा जनतासँगको भेटघाटका क्रममा अध्यक्षका उम्मेदवार खाँले यसपटक नयाँ नेतृत्वलाई हेर्न चाहेको प्रतिक्रिया आएकाले जनताको पुर्ण साथ र समर्थन पाएको बताउनुभयो ।नेपालगन्ज उप–महानगरपालिकासँग जोडिएको पालिका भएता...
काँग्रेस उम्मेदवार मौर्यद्वारा नरैनापुरमा फुसको छाना हटाउने प्रतिबद्धता

काँग्रेस उम्मेदवार मौर्यद्वारा नरैनापुरमा फुसको छाना हटाउने प्रतिबद्धता

आस्था, प्रदेश ५, राजनीति, समाचार
नरैनापुर, १९ बैशाख – फुसको छाना हटाउने प्रतिवद्धता लिएर बाँकेको नरैनापुर गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु घरदैलोमा पुगेका छन् । नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्य र उपाध्यक्ष पदका उम्मेदवार अतिकुन निशाले मतदाता भेटघाटका क्रममा फुसको छाना हटाउने योजना प्राथमिकतामा रहेको बताउनुभयो ।बाँके जिल्लामा नरैनापुर गाँउपालिका सबैभन्दा बढी आगलागी हुने क्षेत्र हो । केहि दिन अघि मात्रै १५ घरगोठ जलेर नष्ट भएको थियो । वर्षेनी आगलागीका घटना हुने र उठिबास नै हुने अवस्था देखीने गरेकाले आफूहरु निर्वाचित भएपछि फुसको छाना हटाउने योजना पहिलो प्राथमिकतामा रहेको अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्यले बताउनुभयो । यसका लागि एक घर सुरक्षित आवास कार्यक्रम सन्चालन गर्ने उहाँको भनाई छ । यसका साथै गाँउपालिकामा कृषि क्षेत्रको विकासका लागि किसानलाई, मल, विउ, किटनाशक औष...
खजुराका आठ वटै वडालाई नमुना बनाउँछौं– अध्यक्षका उम्मेदवार मल्ल

खजुराका आठ वटै वडालाई नमुना बनाउँछौं– अध्यक्षका उम्मेदवार मल्ल

आस्था, प्रदेश ५, राजनीति, समाचार
खजुरा, १९ बैशाख – बाँकेको खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले ८ वटा वडालाई नमुना बनाउने उद्घोष गरेका छन् ।मतदाताको घरदैलोमा पुग्नेक्रममा आज खजुरा ४ ईगाउँमा आयोजित टोल भेलामा मल्लले सम्पूर्ण वडालाई प्राथमिकता दिएर काम गर्ने बताए । अध्यक्षका उम्मेदवार मल्लले ११२ बुँदे प्रतिवद्धतापत्र सहित आफु जनताको घरदैलोमा पुगिरहेको भन्दै विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताए । एमाले खजुराले सुमन मल्ललाई अध्यक्ष पदका उम्मेदवार बनाएपछि खजुराका जनतामाझ एक किसिमको आशा पलाएको छ । मल्लले घरदैलो अभियानमै रहँदा खजुराका बाँकी ७ वडालाई पनि नमुना बनाउने उदघोष गरेका हुन । वडा नम्बर १ का वडा अध्यक्ष भएर वडालाई जिल्ला कै नमुना बनाएका मल्लले खजुराका अन्य वडालाई थप व्यवस्थित गराएर विकास गरिने योजना रहेको सुनाए ।अध्यक्ष सुमन मल्ल, उपाध्यक्ष ताजरुन निशा सहितको टोलीले खजुराका वडा नम्बर ...
पौडेलद्वारा काँग्रेस उम्मेदवारहरुलाई जिताउन आग्रह

पौडेलद्वारा काँग्रेस उम्मेदवारहरुलाई जिताउन आग्रह

आस्था, प्रदेश ५, राजनीति, समाचार
राप्तीसोनारी, १९ बैशाख – राप्तीसोनारीका काँग्रेस उम्मेदवारहरुले पाँच बर्षमा काँग्रेसले गरेका कामहरुको उचित मूल्यांकन गरेर आफूहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।अध्यक्षका उम्मेदवार तप्त बहादुर पौडेल र उपाध्यक्षका उम्मेदवार मनिषासिंह थारुले यसअघि पनि काँग्रेसले नै जितेर जनताका पक्षमा गरेका कामहरुको उचित मूल्यांकन गर्दै फेरि पनि काँग्रेसकै उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो । राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ८ मा आज (सोमबार) गरिएको घरदैलोका क्रममा पौडेल र थारुले अपूरा कामहरुको निरन्तरता लागि आफूहरुलाई पुनः अनुमोदन गर्न आग्रह गर्नुभएको छ । घरदैलोमा राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले राप्तीसोनारीको बृहत्तर हितका लागि पुनः काँग्रेसलाई नै रोज्न आग्रह गर्नुभयो ।स्थानीयहरुले कांग्रेसका जनप्रतिनिधिले गरेका कामहरुबाट आफूहरु लाभान्वित भएको भन्दै फेरि पनि काँग्रेसलाई नै ...
क्यानका २६ जनाले गरे रक्तदान

क्यानका २६ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १८ बैशाख –राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस –२०७९ को अवसरमा बाँकेको नेपालगन्जमा कम्प्यूटर एशोसिएसन नेपाल महासंघ बाँके (क्यान) शाखाले मई १ तारीखका दिन गरिएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । “गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्त राष्ट्र निर्माणको आधार” मूलनाराका साथ कम्प्यूटर एशोसिएसन नेपाल महासंघ बाँके (क्यान) द्वारा आयोजित रक्तदान कार्यक्रममा शरदप्रसाद रिजाल, पूर्णबाबु नकर्मी, शिशिर राय, सागर देवकोटा, निमराज पङ्गेनी, प्रकाश धामी, जनक बोहरा, समीर बिसी, अमरबहादुर महतरा, रेमन्तबहादुर खत्री, मोहन चौधरी, अमृतसिंह सरदार, हीरालाल चौधरी, रामबहादुर थारु, काशीराम गौतम, विवेक गुरुङ्ग, रत्नकाजी शाक्य, एन्थस केसी, किस्मत चौधरी, राजेश महत, उर्मिला विश्वकर्मा, नवीन चौधरी, नेत्रबहादुर भट्ट, सञ्जु चौधरी, गौतम आचार्य, पुष्प कडेल लगायत २६ जनाले रक्तद...
कांग्रेस नेपालगन्ज उपमहानगर स्तरीय निर्वाचन परिचालन समितिको संयोजकमा डा. कनोडिया

कांग्रेस नेपालगन्ज उपमहानगर स्तरीय निर्वाचन परिचालन समितिको संयोजकमा डा. कनोडिया

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १८ बैशाख – स्थानियतहको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र पारदर्शि रुपमा सम्पन गर्नका लागि डा. सुरेशकुमार कनोडियाको संयोजकत्वमा नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका स्तरिय निर्वाचन परिचलान समिति गठन गरिएको छ । कनोडियाको संयोजकमा ११ सदस्सिय समिति गठन गरिएको नेपालीकांग्रेस बाँकेले जनाएको छ । समितिको सदस्यहरुमा सुरेन्द्रवहादुर हमाल, निरञ्जन सिंह सिजापति, रमेशकुमार गुप्ता, सुनिल नरसिंह राणा, मो.याकुब अंसारी, निजामुद्धिन अंसारी, उमा थापा, राजकुमार बर्मा, बादशाहकुर्मी र रविन्द्रमान श्रेष्ठ रहनु भएको छ ।...
मजदुरहरुलाई रोजगारको व्यवस्थापन गर्न लागि पर्ने प्रमुखपदका उम्मेदवार बिष्टको भनाई

मजदुरहरुलाई रोजगारको व्यवस्थापन गर्न लागि पर्ने प्रमुखपदका उम्मेदवार बिष्टको भनाई

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज १८ बैशाख – नेपाली का“ग्रेसकातर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवार प्रसान्त बिष्टले मजदुरहरुको समस्या समाधान गर्न लागि पर्ने बताउनु भएको छ । उहाँले मजदुरहरुलाई रोजगारको व्यवस्थापन गरी तथा उचित ज्याला कार्यान्वनय गरी कामको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । “दिगो विकासका लागि मर्यादित रोजगारी, सुदृढ लोकतन्त्र र समृद्धि हाम्रो जिम्मेवारी” भन्ने नाराका साथ १३३ ओ अन्तराष्टिूय श्रमिकदिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले आयोजना गरेको कार्यक्रममा प्रमुख पदका उम्मेदवार विष्टले यस्तो बताउनु भएको हो । उहाँले नेपालगन्जमा विहानै काम खोज्न आउने मजदुरहरुलाई आफूले उचित सम्बोधन गर्ने र अन्य श्रमिकहरुको हकमा नीति बनाएर काम गर्ने उदघोष गर्नुभयो ।कार्यक्रमम सुरु हुनु अगागि ¥याली निकालिएको थियो । ¥याली गणेशमान चोकबाट सुरु भएर जिल्ला समन्वय समि...
वडा नं. ६ का अध्यक्ष पदका उम्मेदवार समिरप्रताप सिंहद्वारा ५ वर्षे कार्यकालमा गरेका कार्य बारे जानकारी गराउँदै घरदैलोमा ब्यस्त

वडा नं. ६ का अध्यक्ष पदका उम्मेदवार समिरप्रताप सिंहद्वारा ५ वर्षे कार्यकालमा गरेका कार्य बारे जानकारी गराउँदै घरदैलोमा ब्यस्त

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १८ बैशाख – बैशाख ३० गते हुने गईरहेको स्थानीय निर्वाचनलाई ध्यानमा राखी विभिन्न पार्टीका उम्मेदवारहरुले आ–आफ्नो दलबल सहित घरदैलोमा तिब्रता दिएका छन् ।यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष पदका उम्मेदवार समिरप्रताप सिंहले समेत दैनिक सा“झ बिहान दलबल र समर्थकहरुसहित घरदैलोलाई तिब्रता दिएका छन् ।शनिबार आफ्नो ५ वर्षे कार्यकालको संक्षिप्त उपलब्धहरु प्रस्तुत गर्दै आउने दिनमा पुनः के–के गर्ने भनी आफ्नो प्रतिबद्धता पत्र वडाअध्यक्ष पदका उम्मेदवार सिंहले सार्वजनिक गर्नु भएको छ ।यसैगरी आज आईतबार समेत समर्थकहरुसहित फुल्टेक्रा, रामनगरलगायतका टोल–टोलमा आम सर्वसाधारण वडाबासीहरुसित आफूलाई मतदान गरी पुनः छुटेको कार्य सम्पन्न गर्ने अवसर प्रदान गरिदिनु हुन अनुरोध गरिएको सिंहले बताउनुभयो । वडाअध्यक्ष पदका उम्मेदवार समिरप्रताप सिंहद्वारा सार्वजनिक गरिएको प्रतिबद्धता पत्र निम...
काँग्रेस वडा नं. ६ को घरदैलोमा तिब्रता

काँग्रेस वडा नं. ६ को घरदैलोमा तिब्रता

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १७ बैशाख – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा काँग्रेस उम्मेदवारले घरदैलो अभियानलाई तीब्र पारेका छन् ।वडाअध्यक्ष पदका उम्मेदवार रितेश शर्मा, वडा सदस्य पदका उम्मेदवार जमालुद्दिन वागवान, भूमि दमिनी, आशिष वली र संगीता रेग्मीले चुनावी अभियान तीब्र पारेका हुन् । घरदैलो अभियानमा मतदाताहरु उत्साहित देखिएको प्रचारप्रसार समितिका संयोजक प्रेम विसीले जानकारी दिए ।...
नेकपा एमालेकाे घरदैलाेमा तिब्रता

नेकपा एमालेकाे घरदैलाेमा तिब्रता

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १७ बैशाख - स्थानिय तहको निर्वाचन नजिकिदै गरेको छ । निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका मेयर पदका उम्मेद्वार पशुपति दयाल मिश्र र उपमेयर पदका उम्मेद्वार शान्ति ढकालको दैनिकी जिवन अचेल जनताको घरदैलोमा बितिरहेको छ । आसन्न बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लक्षित गरेर उहाँहरु यतिबेला जनता संगको प्रत्यक्ष भेटगाटमा व्यस्त देखिनुभएको छ । शुक्रवार स्थानिय तहको निर्वाचन तिब्रले नजिकीदै गर्दा स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिकाले घरदैलोमा सक्रियता देखाएउदै नेपालगन्ज ९,१०,११,१२ को घर,घर र टोल, टोलमा नेकपा एमालेको प्रचार प्रसार सहितको घरदैलो तथा भेटगाट कार्यक्रम गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकालाई सदभावको सहर , समृद्ध बनाउन र नेपालगन्जवासीलाइ जागरुक गराउन निर्वाचन लक्षित नेकपा एमालेको प्रचार प्रसार सहितको घरदैलो तथ...