
जानकी, १५ बैशाख – आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिएसँगै बिभिन्न दलका उम्मेद्वारहरु घरदैलोमा व्यस्त हुन थालेका छन् । हरेक दलका प्रतिनिधी आ–आफ्नो पक्षमा माहोल बनाउन झन्डा, व्यानरसहित घरदैलोमा जुटेका हुन् ।
आफ्नो पक्षमा मत ल्याउनका लागि मत माग्ने फरक फरक पद्धति अपनाएका छन् सबै नगरपालिकाका तथा गाउँपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्य आ–आफ्नै ऐजेण्डा लिएर घरदैलोमा व्यस्त हुन थालेका हुन् । जानकी गाउँपालिकामा बुवाको बिरासत जोगाउन मैदानमा उत्रिएका अध्यक्ष पदका उम्मेद्वार हिमान्सु यादब घरदैलोमा व्यस्त देखिनुभएको छ ।
निस्वार्थ भावनाले जनताको सेवामा निरन्तर उभिने नेकपा एमाले जानकी गाउँपालिकाको पालिका अध्यक्ष पदका उम्मेद्वार हिमान्सुले स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर घरदैलोमा सक्रियता देखाउनु भएको हो । जानकीका अध्यक्ष पदका उम्मेद्वार हिमान्सु प्रत्यक्ष जनताको ढोका ढोकामा पुगेर घरदैलो गर्दैमा व्यस्त देखिनु भएको छ ।
उहाँले जानकी गाउँपालिकाको वडाको घर घर र टोल, टोलमा नेकपा एमालेको प्रचार प्रसार सहितको घरदैलो अभियानलाई तिब्र पार्नु भएको छ । अवको निर्वाचनबाट जनताले के अपेक्षा गरेका छन् भन्नेबारे जानकारी दिन जनताको ढोका ढेकामा पुगेका बताउनुभयो । उहाँले भन्नुभयो जव हामी जनताको घर घरमा पुगेनौै भने जनताको समस्या कसरी थाहा पाउने ।
उहाँको जनभावना र सरल स्वभावले जनताप्रति गरिने व्यवहार देखेर जनता उत्साहित भएका छन् । उहाँले भन्नुभयो म नेता बन्न चुनाबी मैदानमा आएको होइन । म मेरो बुवाको सपना र उद्देश्य पुरा गरेर जनताको माया पाउन र जानकीको बिकास गर्न आएको हु । ५ बर्ष भित्रै जानकी गाउँपालिकालाई नेपाल कै नमुना पालिका बनाउन पहल गर्ने जानकीका अध्यक्ष पदका उम्मेद्वार हिमान्सुले प्रतिबद्धता जनाउनुभयो ।