Thursday, June 12सत्यम खबर
Shadow

घरदैलोमा व्यस्त वडा नं. ४ का उम्मेदवार शाह

नेपालगन्ज, १६ बैशाख – आसन्न बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागी राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु गरेका छन् । स्थानिय तहको निर्वाचन नजिकिंदै गर्दा यसका लागि चहलपहल समेत तिब्र रुपमा बढेको देखिन्छ । हरेक दलका प्रतिनिधी आ–आफ्नो पक्षमा माहोल बनाउन झन्डा र व्यानरसहित घरदैलोमा जुटिसकेका छन् ।


स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ ले पनि घरदैलोमा सक्रियता देखाएको छ । उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार प्रशान्त बिष्ट नेपालगन्ज उपमेयर पदका उम्मेदवार कमरुद्दीन राई घरदैलोमा व्यस्त देखिएका छन् ।


उपमहानगर भित्र बसोबास गर्ने आम सर्वसाधारण जनताको समस्या पहिचान गर्न घरदैलो कार्यक्रम शुरु गरिएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडाअध्यक्ष उम्मेदवार प्रदीप शाहले बताउनुभयो ।
वडाअध्यक्ष उम्मेदवार शाहका अनुसार विहिबार र आज शुक्रबार हामी हाम्रो टीमसहित घरदैलोमा खटिएका छौं । हाम्रो टिमले घरदैलो गर्दा स्थानीय मतदाताहरुले हौंसला बढाउनुका साथै विजयी सुनिश्चित भएको बताउनुभयो ।


यसपटक आफू वडा प्रतिनिधिको जिम्मेदवारीमा आए जनतामुखी भएर सेवक भई वडाबासीहरुको सेवामा अहोरात्र खटिने वडाअध्यक्षका उम्मेदवार शाहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *