Saturday, June 27सत्यम खबर
Shadow

आस्था

स्व.राम निवासको रुपमा हिमान्शुलाई पाएको भन्दै खुसी ब्यक्त गरे जानकीबासीले

स्व.राम निवासको रुपमा हिमान्शुलाई पाएको भन्दै खुसी ब्यक्त गरे जानकीबासीले

आस्था, प्रदेश ५, राजनीति, समाचार
जानकी, १५ बैशाख - जानकी गाउँपालिकाका सायदै कोहि होलान्, जसले स्व. राम निवास यादवलाई नचिनेको होस् र उनी संग उठबस नगरेको होस् । स्व. राम निवास यादवलाई चिन्ने र उनी संग उठबस गर्नेहरु अहिले पनि असल र सहयोगी जनप्रतिनिधि गुमाएकोमा नियतिलाई गाली गर्दै छन् । त्यस्तैमा भेटिए खजुरा गाउँपालिका वडा नम्बर २ का रामलाल कुर्मी, जानकी गाउँपालिकाका एमालेका उम्मेदवार हिमान्शु यादव घरदैलोमा भोट माग्दै गर्दा उनले जानकी गाउँपालिकाका अध्यक्ष स्व. रामनिवास यादवलाई सम्झिए । उनले स्व.राम निवासको रुपमा हिमान्शुलाई पाएको भन्दै खुसी ब्यक्त गरे । जहिल्यै हामी आफ्नो जस्तै दुख लगेर पालिका जाँदा कहिल्यै खाली हात नपठाउने स्व.यादवको छोरालाई सोही स्थानमा देख्न चाहेको इच्छा पूरा हुन लागेकोमा खुसी समेत ब्यक्त गरे । हामी गाउँले सबै मिलेर जिताउँछौ भन्दै आशिर्वादसम्म दिन भ्याए कुर्मी । स्व.राम निवास यादव जस्तै सहयोगी र न...
भ्रष्टाचारबिरुद्ध गठबन्धनका उम्मेदवारद्धारा प्रतिवद्धता ब्यक्त

भ्रष्टाचारबिरुद्ध गठबन्धनका उम्मेदवारद्धारा प्रतिवद्धता ब्यक्त

आस्था, प्रदेश ५, राजनीति, समाचार
कोहलपुर, १५ बैशाख – कोहलपुर नगरपालिकाको गठबन्धनका उम्मेदवारहरुले भ्रष्टाचार बिरुद्ध प्रतिवद्धता जाहेर गर्नुभएको छ । बास नेपालद्धारा कोहलपुर चौराहमा आयोजित कार्यक्रमा कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपाने र उपमेयर पदका उम्मेदवार नारायणी वलीले संयुक्त रुपमा भ्रष्टाचार बिरुद्ध प्रतिवद्धता जाहेर गर्नुभएको हो । कोहलपुर नगरपालिकालाई भ्रष्टाचारमुक्त नगर बनाउने प्रतिवद्धता जनाउँदै मेयर पदका उम्मेदवार न्यौपानेले नेतृत्वलाई जनताले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) ले कोहलपुरमा चुनावी गठबन्धन गरेको छ । गठबन्धनबाट कोहलपुरको मेयर र उपमेयरमा संयुक्त उम्मेदवार बन्नुभएका न्यौपाने र वलीले भ्रष्टाचार बिरोधी अभियानमा सहभागीता जनाउँदै १४ बुँदे प्रतिवद्धता ब्यक्त गर्नुभएको हो ।...
घरदैलोमा व्यस्त नेकपा एमाले उम्मेदवार

घरदैलोमा व्यस्त नेकपा एमाले उम्मेदवार

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १५ बैशाख – आसन्न बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागी राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु भएका छन् । स्थानिय तहको निर्वाचन नजिकिंदै गर्दा यसका लागि चहलपहल समेत तिब्र रुपमा बढेको देखिन्छ । हरेक दलका प्रतिनिधी आ–आफ्नो पक्षमा माहोल बनाउन झन्डा र व्यानरसहित घरदैलोमा जुटिसकेका छन् ।स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिकाले पनि घरदैलोमा सक्रियता देखाएको छ । उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्र नेपालगन्ज उपमेयर पदका उम्मेदवार शान्ति ढकाल घरदैलोमा व्यस्त देखिएका छन् । जनताको अपेक्षा र समस्या पहिल्याउन आफुहरु जनताको घरदैलोसम्म आईपुगेको मेयरका प्रत्यासी मिश्रले बताए । बिहीवार नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ र ६ मा आफुहरुले नेकपा एमालेको प्रचारप्रसार सहितको घरदैलो कार्यक्रम गरेको बताउँदै मिश्रले नेपालगन्जलाई समृद्ध...
९० प्रतिशत जीत सुनिश्चित छ : वैश्य

९० प्रतिशत जीत सुनिश्चित छ : वैश्य

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १५ बैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपालगन्जको मेयरमा उम्मेदवारी दिएका नन्दलाल बैश्यले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन् । पूर्व अध्यक्ष वैश्य यस अघि माओवादी केन्द्रले बहुसंख्यक नेता कार्यकर्ताको भावना र मर्म विपरित काम गरेका कारण आफूले राप्रपा रोजेको भन्दै चुनावमा आफूलाई दुवै पक्षको साथ रहेको जानकारी गराएका छन् ।मेयरका उम्मेदवार वैश्यले नेपालगन्जमा ५ दलिय गठबन्धन हुने चर्चा चलेको अवस्थामा माओवादी केन्द्रले मेयर नपाएपछि मेयरको टिकट सुनिश्चित गरेर राप्रपामा प्रवेश गरेका थिए । यही ११ गते हुने राप्रपाको तर्फबाट नेपालगन्जको मेयरमा उम्मेदवारी दर्ता गराइसकेका छन् । उनी सहित राप्रपाबाट उपमेयरमा विन्दु चर्तीमगरले उम्मेदवारी दर्ता गरेकी छन् । मेयरमा उम्मेदवारी दिएका बैश्य लामो समयदेखि माओबादी केन्द्रमा सक्रिय रहेका थिए । व्यवसायिक पृष्ठभूमिका उनी स्थानीय स्तरमा कार्य...
न्यायका बारेमा सचेतना अभिबृद्धि गर्न कन्सर्टको गरिदै

न्यायका बारेमा सचेतना अभिबृद्धि गर्न कन्सर्टको गरिदै

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज १५ बैशाख – न्याय र शािन्तका बारेमा सचेतना अभिबृद्धि गर्न नेपालगन्जमा जस्टिस कन्सर्ट हुँदैछ । ब्याप्त घृणा, द्वेष र कलह मेटाई मानवजाति बीच समानता, मर्यादा र न्यायपूर्ण ब्यवस्था कायम गर्नका लागि र न्याय, शान्ति र राज्यका संस्थाहरु मजबुत भएको सुन्दर समाज निर्माण गर्न लागि संगीतको माध्यमले सचेतनामुलक कन्सर्ट गर्न लागिएको हो ।देशको न्याय, कानून, लोक प्रशासन, स्थानीय सरकार र सामाजिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिम्मेवारीमा रहेका व्यक्तीहरुको सहभागितामा कन्सर्टको आयोजना गरिएको हो । “न्याय विकासको जग हो” भन्ने मान्यता लिएर दिगो विकास लक्ष्यको गोल १६ अर्थात् “शान्ति, न्याय र मजबुत संस्थाहरु” निर्माणका लागि जनस्तरबाट योगदान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । सूचनाको हकका लागि राष्टिूय महासंघद्वारा बैशाख १६ गते शुक्रवार साँझ ७ बजे नेपालगन्जको मेरो प्ल...
संघियताको मर्म अनुसारको स्थानिय सरकार हेर्न आतुर कोहलपुर नगरवासी

संघियताको मर्म अनुसारको स्थानिय सरकार हेर्न आतुर कोहलपुर नगरवासी

आस्था, प्रदेश ५, राजनीति, समाचार
कोहलपुर, १५ बैशाख – बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा आउन १५ दिन बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै कोहलपुरमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु यतिबेला घर दैलोमा पुगेर मत माग्न ब्यस्त छन ।माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धनका साझा उम्मेदवार नरेन्द्र न्यौपाने पनि यति बेला घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । घरदैलोका क्रममा जनताहरुले यस पटक गोलाकार भित्रको हँसिया हथौडा र कलम चिन्हमा मतदान गरि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउने प्रतिबद्धता जनाएको प्रमुख पदका उम्मेदवार न्यौपानेले बताए ।परिर्वतनका लागी लडेको र संघियता आफुहरुको एजेण्डा भएको भन्दै न्यौपानेले यस पटक माओवादीको स्थानिय सरकार हेर्न आफुहरु आतुर रहेको जनताहरुले बताई रहेको उनको भनाई छ । कोहलपुर ३ का धौबहादुर महतराले माओवादीले लडेर ल्याएको संघियताको मर्म अनुसारको स्थानिय सरकार हेर्न आफुहरु आतुर रहेको बताए ।...
जानकीबासीकाे ढुकढुकीमा बस्न सफल हिमान्सु यादव

जानकीबासीकाे ढुकढुकीमा बस्न सफल हिमान्सु यादव

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १४ बैशाख - आउँदै गरेको स्थानिय तहको निर्वाचनमा जानकी गाउँपालिकाका हिमान्सु यादबको चर्चा सर्वसाधारण मतदाताहरू बीच तिब्र रूपमा चलिरहेकाे पाईन्छ । जानकी गाउँपालिकामा बुवाको बिरासत जोगाउन मैदानमा उत्रिएका हिमान्सु पछिल्लो समयमा जनताको ढुकढुकीमा बस्न सफल रहनुभएको उनकाे सामाजिक गतिविधिले प्रष्ट देखाईरहेकाे छ । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि नेकपा एमालेबाट जानकी गाउँपालिकाको अध्यक्षमा हिमान्सु यादवले उम्मेद्वारी मनोनयन दर्ता गर्नुभएको छ । जानकीमा अध्यक्ष पदका लागि सिफारिस भएसंगै उहाँको चर्चा सुरु भएको हो । पञ्चायतकाल देखी राजनीतिमा क्षेत्रमा अब्बल रहनुभएको स्वर्गीय रामनिवास यादब २०७४ सालको स्थानिय निर्वाचन एमालेबाट जानकी गाउपालिकाको पालिका अध्यक्ष समेत रहनुभएको थियो । जानकी गाउँपालिकाकोे बिभिन्न क्षेत्रमा अध्यक्ष यादबका अतुलनिय भुमिका समेत रहेको छ । उहाँले जानकी गाउ...
एमालेकाे वडा नं. ३ मा सम्पर्क कार्यालय उद्घाटन

एमालेकाे वडा नं. ३ मा सम्पर्क कार्यालय उद्घाटन

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १४ बैशाख - नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ मा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ स्थित बुधवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । सो कार्यालयको नेकपा एमालेका केन्द्रिय सदस्य हारुन हल्वाईले रिबन काटेर उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै केन्द्रिय नेता हल्वाईले एमालेले बनाउने हरेक योजना जनताको हितमा रहेको बताए साथै उनले अरु दलले गठबन्धनको नाममा महिला अधिकारको हनन् गरेको दावि गर्दै नेकपा एमाले मात्र निवार्चनमा महिला पुरुष समाबेश गरेर उम्मेद्वार चयन गरेको उल्लेख गरे । नगरमा एमालेको सरकार बनाउन सके नेपालगन्ज उप–महानगरपालिकालाई समृद्ध बनाउन सकिने नगरका लागि मेयरका उम्मेद्वार पशुपतिदयाल मिश्रले बताए । नगरका २३ वटै वडाले मेयर उपमेयर सहित सात का सात छाप सूर्यमा मतदान गरि बिजय बनाएमा एमालेले ज...
एमालेको निर्वाचन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रम

एमालेको निर्वाचन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रम

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १४ बैशाख - नेपाल कम्युनिष्ट पार्टी एमालेबाट नेपालगन्ज नगरका मेयर र उपमेयरका प्रत्यासी तथा वडा नं. १७ का एमालेबाट वडाअध्यक्ष तथा वडा सदस्यहरुका प्रत्यासीले स्थानिय तह निर्वाचन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रम गरेका छन् । बुधबार वडा नं १७ मा सम्पर्क कार्यालय उद्घाटन सँगै उनीहरुले कार्यकर्ता भेटघाट समेत गरेका हुन् ।सो भेटघाटका क्रममा बोल्दै एमालेका नेपालगन्ज नगरका मेयरका प्रत्यासी तथा एमालेका केन्द्रिय सदस्य पशुपतिदयाल मिश्रले यहाँको शिक्षा, स्वास्थ्य र पुर्वाधारको विकासका निमित्त आफुलाई भोट दिएर जिताउन आग्रह गरे । उनले आफुले जितेको खण्डमा नगरको समग्र विकासका साथ-साथै संघ र प्रदेशको लगानीमा सुरु भएका तर रोकिएका ठुला योजना पुरा गर्न दवाव दिने प्रतिबद्धता समेत जाहेर गरे । यस्तै नगरका उपमेयरका प्रत्यासी शान्ति ढकालले विकास निर्माण सँग स्थानियलाई जोड्नका लागि एमालेको स्थानिय...
समृद्वीका लागि शान्ति रोजौ

समृद्वीका लागि शान्ति रोजौ

आस्था, प्रदेश ५, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
नेपालगन्ज, १४ बैशाख, बुधबारचितवनको माडि स्थित अयोध्यापुरीमा विक्रम संम्वत् २०२६ सालमा सिंह बहादुर कार्की र हरिकला कार्कीकी छोरी शान्ति देवि ढकालको जन्म भयो । तत्कालीन समयमा छोरीहरुलाई विद्यालय पठाउने घटना नगन्य रुपमा थियो । तर शान्ति देविका बुबा बन विभागमा भएकै कारण उनको परिवारमा पढ्नुपर्छ भन्ने वातावरण थियो र उनले एसएलसी सम्म मात्रै भएपनि पढ्न पाईन् ।उनी बाल्यावस्थामै भएका बेला परिवर्तनका निमित्त देशमा विभिन्न खालका आन्दोलनहरु भैरहेका थिए । यसले शान्ति देविलाई नछुने कुरै भएन । उनी ६ कक्षामा पढ्दा देखिनै उनमा राजनितिको चस्को पसिसकेको थियो । यद्यपी उनले साँस्कृतिक कार्यक्रमहरु मार्फत आफ्नो सांगठनिक जिवनको सुरुवात गरेकी थिईन् । उनी राष्ट्रिय पञ्चायतको निर्वाचमा जनपक्षिय उमेदवार जिताउन सांस्कृतिक टिममा रहेर प्रचार प्रसारमा खटेकी थिईन । उनले २०३६ सालको विद्यार्थी आन्दोलनबाट आफ्नो राजनितिक जिवन...