Thursday, December 11सत्यम खबर
Shadow

काँग्रेस कोहलपुरको घरदैलो अभियान आजबाट शुरु

कोहलपुर, १७ वैशाख – नेपाली काँग्रेस कोहलपुरले आज शुक्रबारदेखि चुनावी घरदैलो शुरु गरेको छ । कोहलपुर नगरपालिका—१२ चप्परगौडी स्थित शहिद परिवारको घरबाट घरदैलो अभियान शुरु गरिएको हो ।
शहिद परिवारका अभिभावक कुलबहादुर खत्रीले मेयर पदका उम्मेदवार पूर्णप्रसाद आचार्य, उपमेयर पदका उम्मेदवार संगीता सुवेदी, वडाअध्यक्ष पदका उम्मेदवार वीरेन्द्रबहादुर शाह लगायतलाई खादा लगाएर खत्रीले विजयीको शुभकामना दिनु भएको थियो ।


सशस्त्र द्वन्द्वकालमा आफन्त गुमाएका र विस्थापित भएका परिवारका तर्फबाट खत्रीले शुभकामना दिनु भएको थियो । खत्रीको शुभेच्छा र शुभकामनासहित घरघरमा पुगेका उम्मेदवारहरुले कोहलपुरको समग्र विकास लागि आफुहरु योजनाबद्ध तरिकाबाट अघि बढ्ने भन्दै नमुना कोहलपुर बनाउन काँग्रेसलाई एकपटक जिताउन अपिल गर्नुभएको थियो ।
स्थानीय मतदाताहरुले पनि नमुना कोहलपुर बनाउन युवाहरुको विकल्प नभएको भन्दै यसपाली व्यक्ति हेरेर मत दिने विश्वास दिलाएका थिए । उनीहरुले अघिल्लो निर्वाचनमा मत दिएर जिताएका जनप्रतिनिधिले आफ्नो बस्तीको विकासका लागि प्रभावकारी काम नगरेको भन्दै अव योजना सहित अगाडि बढ्ने र युवा पुस्तालाई मत दिने विश्वास दिलाउनु भयो ।
घरदैलो अभियानमा जिल्ला सभापति नारायणप्रसाद गौडेल, पार्टीका पूर्व उपसभापति तथा महासमिति सदस्य फुलाराम थारु, महासमिति सदस्य द्रोपती वलीलगायत सहभागी हुनु भएको थियो । कोहलपुर नगरपालिकाका १५ वटै वडामा आजदेखि औपचारिक रुपमा घरदैलो अभियान शुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *