Thursday, June 12सत्यम खबर
Shadow

डुडुवा काँग्रेसको घरदैलो अभियानमा तिब्रता

डुडुवा, १७ बैशाख – बाँकेको डुडुवा गाउँपालिकामा काँग्रेसले घरदैलो अभियानलाई तीब्र बनाएको छ ।
काँग्रेसबाट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार बनेका नरेन्द्र चौधरी पप्पु र उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानुले डुडुवा गाउँपालिका २ बाबागाउँ, कैरेटीपुरुवा र कोलहीमा घरदैलो गरेका हुन् ।


घरदैलोका क्रममा उम्मेदवार पप्पु र बानुले सम्बृद्ध र विकसित पालिका निर्माणका लागि काँग्रेसको पक्षमा मतदान गर्न मतदाताहरुसँग आग्रह गरेका थिए ।


उनीहरु अघिल्लो निर्वाचनमा आफुहरुले पालिकाको विकास निर्माणमा उल्लेखिय कार्य गरेको भन्दै अधुरा विकास निर्माणका कामलाई पूर्णता दिन आफुहरुको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।
त्यसक्रममा मतदाताहरुले विकासप्रेमी उम्मेदवारलाई मतदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *