
नेपालगन्ज, १७ वैशाख – नेपालगन्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार प्रसान्त विष्टले शनिवार रक्तदान गर्नुभएको छ ।
नेपालगन्ज उपमहानरपालिका वडा नम्बर १८ को आयोजनामा गरिएको खुला रत्तदान कार्यक्रममा उहाँले रक्तदान गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दे मेयरका उम्मेदवार विष्टले रक्तदान गर्नु मानविय कार्य रहेको बताउनुभयो ।

यस क्रममा उहाँले नेपालगन्जको विकास लागि आफ्नो उम्मेदवारी भएकाले जनतामाझ तत्परताका साथ लागि पर्ने बताउनुभयो । कार्यक्रममा बिष्ट सहित स्थानिय समाजसेवी, बुद्धिजिवी तथा स्थानियहरुले रक्तदान गरेका थिए ।