Thursday, June 12सत्यम खबर
Shadow

मतदाता भेटघाटमा व्यस्त नगरप्रमुखका उम्मेदवार प्रशान्त

नेपालगन्ज १७ वैशाख – नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट शनिबार (आज) विहानै देखि मतदाता भेटघाटमा व्यस्त हुनु भएकोछ ।
उहाँ विहान नेपालगन्ज स्थित नीलसागर असहाय तथा सेवा केन्द्र, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, वडा नम्बर २१ लगायत विभिन्न वडाका टोलमा पुग्नु भएको हो ।


नीलसागरमा नगर प्रमुखका उम्मेदवार विष्टलाई त्यहाँ रहनु भएका बृद्धबृद्धा तथा बालबालिकाले स्वागत गर्नु भएको थियो । भेटघाटका क्रममा उहाँले आफू नगर प्रमुखको जिम्मेवारीमा पुगिसकेपछि असहाय, बृद्धबृद्धा तथा बालबालिकाको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
नेपाली काँग्रेसले नेतृत्व गरेका स्थानीय सरकारले विगतमा असहाय, बृद्धबृद्धा तथा बालबालिकाको लागि उच्च प्राथमिकता राखेको स्मरण गराउनुभयो ।


यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र २१ मा मतदाताहरुलाई भेट्दै उहाँले आफू नगरप्रमुखमा निर्वाचित भएपछि जनताका पीरमर्कालाई बुझेर सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो ।
यसअघि विष्ट मातातिर्थ औंशीको अवसरमा विहानै आमासंग आर्शिबाद लिएर घरदैलोमा निस्किनु भएको थियो । उहाँले घरदैलोका क्रममा भेट भएका आमाहरुस“ग आर्शिवाद लिइरहनु भएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *