Thursday, June 12सत्यम खबर
Shadow

खजुराका आठ वटै वडालाई नमुना बनाउँछौं– अध्यक्षका उम्मेदवार मल्ल

खजुरा, १९ बैशाख – बाँकेको खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले ८ वटा वडालाई नमुना बनाउने उद्घोष गरेका छन् ।
मतदाताको घरदैलोमा पुग्नेक्रममा आज खजुरा ४ ईगाउँमा आयोजित टोल भेलामा मल्लले सम्पूर्ण वडालाई प्राथमिकता दिएर काम गर्ने बताए । अध्यक्षका उम्मेदवार मल्लले ११२ बुँदे प्रतिवद्धतापत्र सहित आफु जनताको घरदैलोमा पुगिरहेको भन्दै विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।


एमाले खजुराले सुमन मल्ललाई अध्यक्ष पदका उम्मेदवार बनाएपछि खजुराका जनतामाझ एक किसिमको आशा पलाएको छ । मल्लले घरदैलो अभियानमै रहँदा खजुराका बाँकी ७ वडालाई पनि नमुना बनाउने उदघोष गरेका हुन । वडा नम्बर १ का वडा अध्यक्ष भएर वडालाई जिल्ला कै नमुना बनाएका मल्लले खजुराका अन्य वडालाई थप व्यवस्थित गराएर विकास गरिने योजना रहेको सुनाए ।
अध्यक्ष सुमन मल्ल, उपाध्यक्ष ताजरुन निशा सहितको टोलीले खजुराका वडा नम्बर १, २, ३, ४ मा टोल भेला गरि जनतासँग अन्तक्रिया गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *