Thursday, June 12सत्यम खबर
Shadow

वडा नं. ६ का अध्यक्ष पदका उम्मेदवार समिरप्रताप सिंहद्वारा ५ वर्षे कार्यकालमा गरेका कार्य बारे जानकारी गराउँदै घरदैलोमा ब्यस्त

नेपालगन्ज, १८ बैशाख – बैशाख ३० गते हुने गईरहेको स्थानीय निर्वाचनलाई ध्यानमा राखी विभिन्न पार्टीका उम्मेदवारहरुले आ–आफ्नो दलबल सहित घरदैलोमा तिब्रता दिएका छन् ।
यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष पदका उम्मेदवार समिरप्रताप सिंहले समेत दैनिक सा“झ बिहान दलबल र समर्थकहरुसहित घरदैलोलाई तिब्रता दिएका छन् ।
शनिबार आफ्नो ५ वर्षे कार्यकालको संक्षिप्त उपलब्धहरु प्रस्तुत गर्दै आउने दिनमा पुनः के–के गर्ने भनी आफ्नो प्रतिबद्धता पत्र वडाअध्यक्ष पदका उम्मेदवार सिंहले सार्वजनिक गर्नु भएको छ ।
यसैगरी आज आईतबार समेत समर्थकहरुसहित फुल्टेक्रा, रामनगरलगायतका टोल–टोलमा आम सर्वसाधारण वडाबासीहरुसित आफूलाई मतदान गरी पुनः छुटेको कार्य सम्पन्न गर्ने अवसर प्रदान गरिदिनु हुन अनुरोध गरिएको सिंहले बताउनुभयो ।


वडाअध्यक्ष पदका उम्मेदवार समिरप्रताप सिंहद्वारा सार्वजनिक गरिएको प्रतिबद्धता पत्र निम्नुसार रहेको छ ः
हामीले हाम्रो कार्यकालसम्म आइपुग्दा भौतिक संरचना निर्माण लगायततर्फ गरेका कार्यहरुको संक्षिप्त विवरण ः
१) महिलाहरुलाई आर्जआर्जन मूलक, सीप मूलक तालिमका साथै एकल महिलाको लागि भवन निर्माणको लागि सहयोग ।
२) वडामा रहेका अपा·हरुको लागि व्हील चेयरको व्यवस्था, लागू औषध दुव्र्यशनीमा विरुद्ध तालिम, सडक नाटक आदि ।
३) फुल्टेक्रा मा.वि.का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, बालबालिका नेतृत्व विकास अभियान, फुल्टेक्रा स्कूल मर्मत तथा बाटो विस्तार आदि ।


४) केशव बढंइको घरदेखि हडिया बाबाको मुल, सडकसम्म नालासहित पि.सि.सि गर्ने कार्य ।
५) हिरा बुढाको घरको मोडदेखी मनिस रेग्मीको घरसम्मको नाला भित्रको सडकमा माटो पटान सहित ग्राबेल गर्ने कार्य ।
६) हिरा बुढाको घरको मोडदेखि मनिस रेग्मिको घरसम्म नाला सहित पिसिसि गर्ने कार्य ।
७) रामनगर मस्जिद नालासहित ढक्कन ५० मिटर निर्माण कार्य ।
८) सोहन यादवको घरदेखि नया“ बस्ति रोडसम्म नाला माथि ढक्कन ।
९) दोन्द्रा नालामा नया“ बनेको पक्की पुल देखी १०० मि. ओमप्रकाश तिवारीको घरसम्म बाटो स्तर उन्नति गरी पि.सि.सि. कार्य ।
१०) दलित महिलाका लागी सिप विकास तथा नेतृत्व विकास कार्यक्रम
११) कोरोना भाइरसको रोकथाम नियन्त्रण र व्यवस्थापन (राहत वितरण)
१२) हडियाबाबा मन्दिर जाने बाटो छेउमा रहेको पर्खाल मर्मत कार्य
१३) सडक बत्ति जडान तथा सौन्दर्यकरण
१४) वडाको विभिन्न स्थानहरुमा सि.सि. क्यामरा जडान कार्य
१५) हुलाकी सडकदेखि अमिर केसीको घरहु“दै सुचिता केसीको घरसम्म माटो पटान तथा ग्राभेल गर्ने कार्य
१६) कधईको घरदेखी लक्ष्मी बस्नेतको घरसम्म नाली निकास कार्य
१७) निल सागर वृद्ध आश्रम भवन निर्माण
१८) रोहित चन्दको घरको पछाडी श्रेष्ठको घर हु“दै सुनिल जंग श्रेष्ठको घरसम्म पि.सि.सि. बाटो निर्माण कार्य
१९) लक्ष्मी बस्नेतको घरदेखि रोहित चन्दको घरसम्मको नाला निकास कार्य
२०) हडियाबाबा शौचालय व्यवस्थापन
२१) क्रिकेट प्रतियोगिता, चेस प्रतियोगिता


अबको हाम्रो प्रतिबद्धता ः
१) वडा भित्र आवश्यकता अनुसार वातावरण तथा हरियाली प्रवद्र्धन र संरक्षण ।
२) सरसफाई तथा फोहोर व्यवस्थापनमा विशेष योजना तर्जुमा ।
३) सार्वजनिक सम्पत्ति संरक्षण सम्बद्र्धन ।
४) असहाय तथा गरिबलाई स्वास्थ्य, शिक्षा, विपद लगायतका क्षेत्रमा सहयोग गर्न सकिने कार्य योजना निर्माण ।
५) गरिब, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृद्धि आदि योजना ।
६) योजना निर्माणका लागि सहभागितामूलक योजना तर्जुमा अनुसार समुदाय स्तरबाट प्राप्त योजनाका आधारमा नै बजेट विनियोजन गरिने छ । नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुअघि वडाका आम सर्वसाधारण वडाबासीको प्रत्यक्ष सुझाव संकलन गरिने छ । वडाको वार्षिक वडा परिषदलाई स्थानीय सञ्चारमाध्यमद्वारा प्रत्यक्ष प्रशारण गरिनेछ ।
७) लागू औषध नियन्त्रण सम्बन्धि विशेष कानुन र योजना निर्माण गरि कार्यान्वयन गरिनेछ ।
८) वडा भित्र रहेका तेस्रो लिंगहरुको लागि वडाको बजेटबाट रकम विनियोजित गरी उनलाई समाजमा सशक्त र आत्मनिर्भर बनाउने कार्य योजना ।


स्वास्थ्य ः
१) प्रत्येक ३ महिनामा वडामा रहेका सम्पूर्ण जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिने छ ।
२) अशक्त, गरिब, अपा·, अंगभंग भएका सम्पूर्ण वडाबासीहरुलाई नेपाल सरकारद्वारा तोके अनुसार सम्पूर्ण औषधि निःशुल्क उपलब्ध गराउनुका साथै स्वास्थ्य परिक्षण समेत निःशुल्क उपलब्ध गराईने छ ।
३) वडामा रहेका सम्पूर्ण महिला दिदी–बहिनीहरुको प्रत्येक ६ महिनामा निःशुल्क स्वास्थ्य परिक्षण ।
४) वडा स्वास्थ्य चौकीलाई थप सेवा सुविधाका साथ व्यवस्थित गर्न पहल गरिनेछ ।
५) नाक, कान, घांटी, आ“खा, छालालगायतका रोगहरुको शिविर सञ्चालन गरिने छ ।
६) स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा कार्यान्वयन गराईनेछ । साथै सम्पूर्ण वडाबासीको स्वास्थ्य बिमा गराईनेछ ।


७) आपतकालिन अवस्थामा फैलिन सक्ने महामारी रोगलाई मध्यनजर गर्दै त्यसको पूर्व तयारी गर्न आवश्यकता अनुसार विशेष योजना ल्याईनेछ ।
शिक्षा ः गुणस्तरीय शिक्षामा सबैको सहज पहु“च
१) सामुदायिक विद्यालयमा अध्ययन गर्ने वडा नं. ६ का गरिब तथा जेहेन्दार विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनका लागि वडाबाट आर्थिक सहयोग गरिनेछ ।
२) फुल्टेक्रा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुलाई विषयगत क्षेत्रहरुमा अध्ययन अवलोकन भ्रमणका लागि प्रोत्साहित गरिनेछ ।
३) कक्षा १० सम्म निःशुल्क तथा अनिवार्य शिक्षाको व्यवस्था गरिनेछ ।
४) विपन्न छात्रछात्राहरुलाई छात्रबृत्ति उपलब्ध गराईनेछ ।
५) १ देखि ५ कक्षा सम्मका बालबालिकाहरुको लागि दिवा खाजा व्यवस्था गरिनेछ ।
६) विद्यालय, मदरसाहरुमा स्वच्छ पिउने पानीको व्यवस्था गरिनेछ ।
७) विद्यालयमा किशोरीहरुको लागि सेनिटरी प्याडको व्यवस्थालाई थप व्यवस्थित गरिने छ ।
८) वडा नं. ६ मा रहेका सामुदायिक विद्यालय, मदरसाहरुको शैक्षिक तथा भौतिक विकासमा विशेष योजना निर्माण गरि कार्यान्वयन गरिनेछ ।
९) सामुदायिक विद्यालय र मदरसाहरुमा विद्यार्थीको अनुपातमा आवश्यकता अनुसारको शिक्षक÷शिक्षिकाहरुको व्यवस्थापन गरिनेछ ।
१०) फुल्टेक्रा मा.वि.लाई वार्ड मै नमूना बनाउने उद्देश्यका साथ बजेट विनियोजित गरिनेछ ।
सामाजिक विकास आय आर्जन रोजगारी शान्ति सुरक्षा ः
१) युवा तथा महिलाहरुलाई आत्मनिर्भर बनाउन सीपमूलक र आयआर्जन मूलक तालिम सञ्चालन तथा सामाग्री सहयोग गरिनेछ ।


२) प्रत्येक टोल–टोलमा बिद्युतलाई थप व्यवस्थित गरी पोल–पोलमा उज्यालो गरिनुका साथै पोल लगाउनु पर्ने स्थानमा थप पोलको व्यवस्था गरिनेछ ।
३) यस वार्डमा रहेका सम्पूर्ण सार्वजनिक जग्गाहरुको पहिचान र संरक्षण गरी बृहत छलफलबाट सार्वजनिक हीतको कार्यमा प्रयोग गरिनेछ ।
४) शिक्षा, स्वास्थ्य, आर्थिक र भौतिक विकासका दृष्टिकोणले पछाडि परेका वडाबासी, समुदाय र टोलको विकासका लागि विशेष योजना सहितको कार्यक्रम गरिनेछ ।
५) बेलगति जग्गाको प्रयोग गरिरहनु भएकाहरुलाई कानुन बमोजिम लालपूर्जा दिलाउन पहल गरिनेछ ।
६) वडामा रोजगारी गर्ने युवा तथा विपन्नहरुका लागि सानो व्यवसाय सञ्चालनका लागि वडाबाट बजेट विनियोजित गरिनेछ ।
७) अति विपन्न वर्गको घरमा मृत्यु संस्कारका लागि तत्काल आवश्यक आर्थिक सहयोगको व्यवस्था गरिनेछ ।


८) अपा·ता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन सशक्तीकरणको कार्यक्रम ल्याईनेछ ।
९) जेष्ठ नागरिकको भत्ता निजहरुको घरमा नै पु¥याउने व्यवस्था गरिनेछ ।
१०) वडामा आवश्यकता अनुसार सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै चोक–चोक मा सि.सि. क्यामेरा जडान गरिनेछ ।
११) वडामा घरेलु उद्योग सञ्चालनमा सहयोग गर्ने नीति निर्माण गरिनेछ ।
सुशासन पारदर्शिता, संस्थागत संरचना र जनशक्ति व्यवस्थापनः
१) सेवाग्राहीलाई २४ घण्टा भित्रमा जुनसुकै सेवा सुविधा प्राप्त गर्ने वातावरण बनाईनेछ ।
२) टेलीफोन, फेसबुक, म्यासेन्जरलगायत सामाजिक संजाल मार्फत सेवाग्राहीको गुनासा, सुझावहरुको संकलन र सुनुवाई गरिनेछ । टोलगत रुपमा गुनासो पेटिकाको व्यवस्था गरिनेछ ।
३) प्रत्येक टोलमा अर्धवार्षिक (६ महिना)े रुपमा जनतास“ग सार्वजनिक सम्वाद गरिनेछ ।
४) विद्युतीय प्राविधिको उपयोग गरी सुशासन प्रणाली प्रारम्भ गरिनेछ । वडा समितिको निर्णयहरुलाई सूचनापाटी र फेसबुक पेजमार्फत सार्वजनिक गर्ने व्यवस्था
गरिनेछ । घरमै बसेर जनताले जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता लगायतको पंजीकृत र विभिन्न प्रकारका सिफारिसहरु प्राप्त गर्न सक्ने व्यवस्था मिलाईने प्रयास गरिनेछ ।
कला साहित्य तथा खेलकुद विकास ः
१) खेलकुदको विकास संस्कृति संरक्षण र सामाजिक रुपान्तरणका लागि लामो समयदेखि वडामा क्रियाशिल रहेका युवा क्लबहरुको दिगोपनका लागि विशेष योजना सहितको कार्यक्रम ल्याईनेछ । साथै क्लबहरुको सहकार्यमा वडा विकासका अभियानहरु सञ्चालन गरिनेछ ।
२) वडामा रहेका जेहेन्दार खेलाडी, विद्यार्थी, समाजसेवीहरुको लागि विशेष सम्मान र पुरस्कारको व्यवस्था गरिनेछ ।
३) कला साहित्यको क्षेत्रमा विशेष योजना सहितको कार्यक्रम बनाईनेछ ।
४) वडामा रहेका क्रिकेट खेलाडी, व्यटमिन्टन लगायत खेलाडीहरुका लागि खेल प्रतियोगिता आयोजना गरिनेछ ।
५) वडामा रहेका अन्य जस्दै जुडो, करा“तेलगायतका आत्मरक्षा जस्तो गेमहरुमा लागेका युवाहरुलाई प्रोत्साहन गरिने उद्देश्यले अन्य वडाका खेलाडीहरु बीच प्रतिस्पर्धा गराउने कार्य गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *