Saturday, June 27सत्यम खबर
Shadow

आस्था

नवौं राष्ट्रिय खेलकुद तयारीमा जुट्यो प्रदेश सरकार

नवौं राष्ट्रिय खेलकुद तयारीमा जुट्यो प्रदेश सरकार

आस्था, प्रदेश ५, राजनीति, समाचार
पोखरा, २० वैशाख – पोखरामा हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका सभ्य र भव्यरुपमा सञ्चालन गर्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो दिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ २२ देखि २८ गतेसम्म प्रतियोगिता हुँदैछ ।प्रतियोगिताको तयारी र यसको व्यवस्थापनका लागि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार उच्चस्तरीय बैठक बोलाए । प्रतियोगितालाई व्यवस्थापन गर्न अनि दोस्रो प्रदेशको प्रतिनिधित्व गर्दै खेलमा सहभागी हुने खेलाडीको छनोटबारे छलफल गर्न उनले बैठक डाकेका हुन् । मुख्यमन्त्री पोखरेलले संघ सरकारको कार्यक्रम भए पनि पोखरामा हुन लागेको यस प्रतियोगितालाई सफल पार्न सम्बद्ध सबै निकाय र सरोकारवाला जिम्मेवार भएर लाग्न निर्देशन दिए । प्रतियोगिताका लागि बजेट केन्द्र सरकारले नै उपलब्ध गराउने भए पनि प्रदेशका तर्फबाट खेलाडी छनोटका लागि भने प्र...
वडा नम्बर ४ को प्रतिवद्धता : वडाबाट प्राप्त हुने कुनै सेवा सुविधा नलिने, टोलहरुमा फ्रि–वाईफाई जडान

वडा नम्बर ४ को प्रतिवद्धता : वडाबाट प्राप्त हुने कुनै सेवा सुविधा नलिने, टोलहरुमा फ्रि–वाईफाई जडान

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २० बैशाख – नेपाली काँग्रेसको तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का उम्मेदवारले महत्वपुर्ण प्रतिवद्धता आफ्ना मतदाता समक्ष प्रस्तुत गरेका छन् ।उक्त वडामा कांगे्रेसका तर्फबाट वडाअध्यक्षमा प्रदिप शाह (तेली), खुल्ला सदस्यमा उत्तमसिंह सिजापति र मोहम्मद सलिम मुसलमान, महिला सदस्यमा अस्मिता शाह (महतरा) र दलित महिला सदस्यमा सुशिला कोरी उम्मेदवार हुनुहुन्छ । काँग्रेस नेपालगन्ज वडा नम्बर ४ चुनाव प्रचार प्रसार समितिले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा निर्वाचित भएपछि वडाबाट प्राप्त हुने कुनै प्रकारको सेवा सुविधा नलिने, विकासको योजना छनोट र कार्यान्वयन समुदायको सहभागिता तथा सहकार्यबाट गरिने, वडाभित्र रहेको सम्पूर्ण सडकहरुको कालोपत्रे गरिने उल्लेख गरिएको छ ।यस्तै शैक्षिक बेरोजगारीलाई न्यूनिकरण गर्नका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी ऋण उपलब्ध गराउन पहल गर्ने, वडा न...
भोलि इदुलफित्र मनाईने, सत्यमखबरकर्मीद्वारा शुभकामना

भोलि इदुलफित्र मनाईने, सत्यमखबरकर्मीद्वारा शुभकामना

आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
सकिल अहमद राईनेपालगन्ज, १९ बैशाख – इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मङ्गलबार मनाइँदैछ । इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन् ।गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्दछन् । रमजान उर्दु क्यालेण्डर अनुसार हिजरी सम्वत् १४४३ हो भने रमजान नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु, गरिब तथा दिन दुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुलले रमजान महिना मुस्लिम स...
हिमान्सु यादवको पक्षमा उर्लिन थाले जानकीका सर्वसाधारण मतदाता

हिमान्सु यादवको पक्षमा उर्लिन थाले जानकीका सर्वसाधारण मतदाता

आस्था, प्रदेश ५, राजनीति, समाचार
जानकी, १९ बैशाख – आसन्न स्थानिय तहको निर्वाचनका लागि जानकी गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार हिमान्सु यादवको पक्षमा जनता उर्लिन थालेका छन् ।निर्वाचन नजिकिदै गर्दा अध्यक्ष पदका उम्मेदवार यादवको पक्षमा स्थानिय जनता स्वफुर्त प्रचारप्रसार गर्न लागेका छन् । हरेक दिन विहान, दिउसो र साँझा सयौंको संख्यामा घरदैलो तथा प्रचारप्रसार गर्नेको लहर नै हुन्छ एक जना स्थानियले भन्नुभयो । अध्यक्ष पदका उम्मेदवार यादव एकमद दयालु र जनता प्रेमी भएको हुनाले उहाँको पक्षमा जनता सक्रिय देखिएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य सहितको टिमले हरेक दिन घरदैलो कार्यक्रममा व्यस्त हुने गरेका छन् ।यस्तै जानकी गाउँपालिका वडा नं. २ मा पनि सोमवार घरदैलो कार्यक्रम गरिएको छ । अध्यक्ष पदका उम्मेदवार किशोर थापाको नेतृत्वमा घरदैलो कार्यक्रम गरिएको हो ।युवा नेता तथा अध्यक्ष पद...
समिरप्रताप सिंहलाई विजयी गराउने अभियानमा फुल्टेक्रा एकता नगरका मतदाता

समिरप्रताप सिंहलाई विजयी गराउने अभियानमा फुल्टेक्रा एकता नगरका मतदाता

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १९ बैशाख – नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष पदका उम्मेदवार समिरप्रताप सिंहले फुल्टेक्राको विभिन्न टोल–टोलमा घरदैलो अभियानलाई जारी राखेका छन् ।मतदातालाई भेट्ने क्रममा वडाअध्यक्ष पदका उम्मेदवार सिंहलाई जसरी पनि यसपटक विजयी गराउनु बाचा दिएको बताए । मतदाताहरुलाई चर्चित अनुहारको रुपमा रहेका समिरप्रताप सिंह राजनीति भन्दा सामाजिक कार्यमा धेरै चासो दिने गरेको रामनगर बस्ने एकजना मतदाताले बताउनुभयो । फुल्टेक्राका मतदाता सुमनका अनुसार उहाँ धेरै राम्रो र सकारात्मक स्वभावका व्यक्तित्व हुनु हुन्छ । उहाँ त वडा भित्र टेबुलमा बसी आम सर्वसाधारणहरुको काम छिटोछरितो होस भनी आफै खटेर गर्ने गरेको म स्वयं प्रत्यक्ष प्रमाण रहेको बताउनुभयो ।सुमनका अनुसार मेरै आँखा अगाडी कतिपय सेवाग्राहीहरुको कागज पत्र नपुगेको अवस्थामा उहाँले सम्झाई बुझाई सम्पूर्ण कागजपत्र मिल...
राप्रपा नेपाल वडा नं. ६ का उम्मेदवार शर्मा घरदैलोमा

राप्रपा नेपाल वडा नं. ६ का उम्मेदवार शर्मा घरदैलोमा

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १९ बैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष पदका उम्मेदवार मदनराज शर्माले घरदैलो अभियानमा तिब्रता दिएका छन् । आज सोमबार फुल्टेक्राको विभिन्न टोलमा पुगि आफ्ना समर्थक र कार्यकर्ताहरुसिंह आफूलाई योग्य सम्झनी मतदान गर्न अनुरोध गरेका छन् ।यसपटक हाम्रो भन्दा राम्रोलाई वडाको बृहत विकासका लागि मतदान गर्न अनुरोध गर्दै वडाअध्यक्ष पदका उम्मेदवार शर्माले आफूले अवसर पाए फुल्टेक्राको विकासलाई ५ वर्ष कुर्नु नपुर्ने तथा उक्त कार्य आफूले अढाई वर्ष मै सम्पन्न गर्ने बताए । फुल्टेक्रामा रहेका विभिन्न धार्मिक स्थलहरुको स्तर उन्नतिदेखि लिएर टोल–टोलमा निर्माण गरिने नाला, बाटो समेतलाई पहिलो प्राथमिकतामा राखी हडियाबाबा आश्रमलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने गुरुयोजना तयारी गरी कार्यान्वयन गर्ने बताए ।...
स्वतन्त्र उम्मेदवार दिनेश थापाद्वारा प्रतिबद्धता सार्वजनिक, उपमहानगरको मुहार फेर्न कुनै कसर बाँकी नराख्ने भनाई

स्वतन्त्र उम्मेदवार दिनेश थापाद्वारा प्रतिबद्धता सार्वजनिक, उपमहानगरको मुहार फेर्न कुनै कसर बाँकी नराख्ने भनाई

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १९ बैशाख – नेपालगन्ज उपमहानगरपालिका भित्र स्वतन्त्र उम्मेदवार दिनेश थापाले आज सोमबार एक कार्यक्रमका बीच आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।मेयर पदका उम्मेदवारद्वारा जारी प्रतिबद्धतामा सामुदायिक विद्यालय तथा मरदसाको पूर्वआधार स्तर उन्नति गरि शैक्षिक गुणस्तर बृद्धिको लागि विभिन्न कार्यक्रम संचालन, संस्कृत विद्यालय स्थापनाको लागि छुट्टै पहल, मदरसा शिक्षाको गुणस्तरमा सुधार ल्याउनुका साथै अन्य सामुदायिक विद्यालय सरह सुविधा प्रदान लगायत रहेका छन् । यसैगरी स्वास्थ्यतर्फ प्रत्येक वडाको स्वास्थ्य कार्यालयमा स्वास्थ्य परिक्षणको लागि प्रयोगशालाको व्यवस्था, नेपाल सरकारद्वारा प्रदान गरिने स्वास्थ्य बिमाको कार्यक्रम प्रभावकारी ढंगले गर्नु गर्न प्रत्येक घरमा स्वयंसेवक परिचालन, अपाङ्ग, दिर्घरोगी तथा बृद्धबृद्धाको लागि प्रत्येक वडाबाट तथ्यांक संकलन गरि विशिष्ट प्रकारको स्वास्थ्य सुविध...
नगरभित्रका ग्रामीण क्षेत्रलाई प्राथमिकता : बिष्ट

नगरभित्रका ग्रामीण क्षेत्रलाई प्राथमिकता : बिष्ट

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १९ बैशाख – नेपाली कांग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले नगरभित्रका ग्रामीण क्षेत्रहरुलाई प्राथमिकता दिएर काम गर्ने बताउनु भएको छ ।मतदातालाई भेट्ने क्रममा वडा नम्बर २३ लोहारपुरवा पुग्नुभएका विष्टले उपमहानगरभित्र रहेर पनि भौतिक र सामाजिक विकासमा पछि परेका बस्तीहरुलाई माथि उठाउने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।“मलाई जिताउनुस्, म गाउँ र शहरका सबै नागरिकहरुलाई उत्तिकै महत्व दिएर काम गर्छु, ग्रामीण क्षेत्र अझ पछाडि परेकाले अवश्य पनि बढी प्राथमिकता दिएर काम गर्छु, “विष्टले भन्नुभयो, “सेवा सुविधा दिने कुरामा पनि मेरो विशेष ध्यान रहन्छ ।“ उहाँले ग्रामीण बजारलाई प्रबद्र्धन गर्ने गरी काम गर्ने पनि बताउनुभयो । नगर प्रमुखका उम्मेदवार विष्टले स्थानीय कृषि उत्पादनहरु बढाउँदै ती उत्पादनले उचित बजार पाउने गरी काम गर्ने उल्लेख ...
अवसर दिनुहोस्, विकासको वाचा पुरा गर्छु : पशुपतिदयाल मिश्र

अवसर दिनुहोस्, विकासको वाचा पुरा गर्छु : पशुपतिदयाल मिश्र

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १९ बैशाख – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिदै जाँदा नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्र र उपमेयर पदका उम्मेदवार शान्ति ढकाल सहित बिभिन्न वडाका उम्मेदवारहरु चुनावी अभियान लिएर मतदाताका घर–घरमा पुगेका छन् ।उम्मेदवार सहित चुनावी अभियान टोल, वस्ती र घर–घरमा पुगेपछि चुनावको एमालेको पक्षमा देखिएको छ ।मतदाताका घर–घरमा पुगेका उम्मेदवारहरुले आफ्नो कार्यकाल भित्र गर्न सकिने विकासका अल्पकालिन र दिर्घकालिन योजनाहरु सुनाउँदै मत माग्न सुरु मेयर पदका उम्मेदवार मिश्रले बताए । नेपालगन्जको विकासका लागि आफुले गरेका प्रतिवद्धता पुरा गर्ने बताउँदै मिश्रले एकपटक अवसर दिन अनुरोध गरे । पदमा नभए पनि नेपालगन्जको विकासका लागि लागेका मिश्र यसपटक मेयर जितेर यहाँको विकासलाई तिब्रता दिने अठोट लिएका छन् । नेकपा एमालेले जिल्लाका स...
सुमन मल्लले ‘मनका कुरा’ लेखेर खजुराका मतदातालाई पठाए चिठ्ठी

सुमन मल्लले ‘मनका कुरा’ लेखेर खजुराका मतदातालाई पठाए चिठ्ठी

आस्था, प्रदेश ५, राजनीति, समाचार
खजुरा, १९ बैशाख – बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले विकासको प्रतिवद्धता गर्दै मतदातालाई चिठ्ठी पठाएका छन् ।अध्यक्ष पदका उम्मेदवार मल्लले आगामी ५ वर्षका लागि १ सय १२ बुँदे प्रतिवद्धता पत्र सहित चुनावको मैदानमा होमिएको भन्दै मतदातालाई आफ्ना मनका कुरा लेखेर पठाएका छन् । मनका कुरामा खजुराको समृद्ध र यहाँका जनताको भलाई कसरी गर्ने भन्ने उल्लेख छ । मतदातालाई पठाएको चिठ्ठी पढेर खजुरा गाउँपालिका वडा नम्बर ७ का ८० वर्षका कर मोहम्मद खाँले जितको शुभकामना दिए । खाँले सुमनको पत्रमा उल्लेख भएको ‘दुःखमा साथ दिने मेरो स्वभाव हो’भन्ने शब्दले झनै भावुक बनाएको उल्लेख गरे ।खजुरा गाउँपालिका –२ का खगेन्द्र सुबेदीले चिठ्ठी हातमा परेपछि क्षणभरमै पढ्न भ्याए । हरेक शब्द मनछुने रहेको प्रतिक्रिया दिदैं उनले ‘म नेता बन्न होइन सेवक बन्नका लागि निर्वाचनमा होमिएको ह...