
नेपालगन्ज, १८ बैशाख –राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस –२०७९ को अवसरमा बाँकेको नेपालगन्जमा कम्प्यूटर एशोसिएसन नेपाल महासंघ बाँके (क्यान) शाखाले मई १ तारीखका दिन गरिएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।

“गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्त राष्ट्र निर्माणको आधार” मूलनाराका साथ कम्प्यूटर एशोसिएसन नेपाल महासंघ बाँके (क्यान) द्वारा आयोजित रक्तदान कार्यक्रममा शरदप्रसाद रिजाल, पूर्णबाबु नकर्मी, शिशिर राय, सागर देवकोटा, निमराज पङ्गेनी, प्रकाश धामी, जनक बोहरा, समीर बिसी, अमरबहादुर महतरा, रेमन्तबहादुर खत्री, मोहन चौधरी, अमृतसिंह सरदार, हीरालाल चौधरी, रामबहादुर थारु, काशीराम गौतम, विवेक गुरुङ्ग, रत्नकाजी शाक्य, एन्थस केसी, किस्मत चौधरी, राजेश महत, उर्मिला विश्वकर्मा, नवीन चौधरी, नेत्रबहादुर भट्ट, सञ्जु चौधरी, गौतम आचार्य, पुष्प कडेल लगायत २६ जनाले रक्तदान गर्नु भएको कम्प्यूटर एशोसिएसन नेपाल महासंघ बाँके (क्यान) बाँके शाखाका उपाध्यक्ष तथा कार्यक्रमका का.बा.अध्यक्ष शिशिर नारयाण श्रेष्ठले जानकारी गराउनु भएको छ ।
राष्ट्रिय सूचनातथा सञ्चार प्रविधि दिवस पहिला सूचना तथा सञ्चार प्रविधिस“ग आवद्ध भएकाले मात्र यो दिवस मनाउने गदर्थे अब चाही केहीवर्ष देखि नेपाल सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको मान्यता दिएको छ । यो दिवस सप्ताह व्यापीको रुपमा कार्यक्रम मनाइन्छ, मई २ तारीख सोमवार बिहानप्रभात फेरीको आयोजना गरिएको छ ।

सो प्रभात फेरी बीपी चौक देखि सेतु बिक चौकमा पुगेर प्रभाच फेरी कार्यक्रमको समापन गरिने कम्प्यूटर एशोसिएसन नेपाल महासंघ बाँके (क्यान) शाखाका सचिव दिपक खडकाले बताउनु भएको छ । उहा“का अनुसार हरेक वर्ष मईको २ तारीखका दिन यो दिवस मनाइने गरिन्छ ।
सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका होमराज गिरी, सुनिल पुलामी मगर, बीरेन्द्र योगी, केशर सिंह डाँगी, रिता आले, करुणा ओलीले प्राविधिकमा सहयोग गर्नु भएको थियो ।