
नेपालगन्ज, १७ बैशाख – स्थानिय तहको निर्वाचन नजिकिदै गरेको छ । निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका मेयर पदका उम्मेद्वार पशुपति दयाल मिश्र र उपमेयर पदका उम्मेद्वार शान्ति ढकालको दैनिकी जिवन अचेल जनताको घरदैलोमा बितिरहेको छ ।
आसन्न बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लक्षित गरेर उहाँहरु यतिबेला जनता संगको प्रत्यक्ष भेटगाटमा व्यस्त देखिनुभएको छ । शुक्रवार स्थानिय तहको निर्वाचन तिब्रले नजिकीदै गर्दा स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिकाले घरदैलोमा सक्रियता देखाएउदै नेपालगन्ज ९,१०,११,१२ को घर,घर र टोल, टोलमा नेकपा एमालेको प्रचार प्रसार सहितको घरदैलो तथा भेटगाट कार्यक्रम गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकालाई सदभावको सहर , समृद्ध बनाउन र नेपालगन्जवासीलाइ जागरुक गराउन निर्वाचन लक्षित नेकपा एमालेको प्रचार प्रसार सहितको घरदैलो तथा भेटगाट कार्यक्रम गरिएको हो ।
नेपालगन्ज मेयर पदका उम्मेद्वार मिश्रले नेकपा एमालेलाइ बहुमतले जिताएर नेकपा एमालेको सरकार ल्यान सके जनताको मालिक भन्दा पनि सेवक भएर काम गर्ने जनतासंगको प्रतिवद्धतामा व्यक्त गर्नुभयो । जनताको अपेक्षा र समस्या पहल्याउन जनताको घर घर मा पुगेको नेपालगन्ज उपमेयर पदका उम्मेद्वार ढकाल जानकारी गराउनुभयो ।
नेकपा एमाले मात्र त्यस्तो पार्टी हो जस्ले महिला पुरुष सम्माबेस गरेर उम्मेद्वार चयन गरेको छ उहाँले भन्नुभयो । राज्यले संबैधानीक व्यवस्थामा संरक्षण गरेको राजनितीमा महिला अधिकारको सुनिश्चिताको कुरालाइ उलङघन गरेको भन्दै अरु दलले गठबन्धनको नाममा महिला अधिकारको हनन् गरेको उहाँले भन्नुभयो । उक्त घरदैलो कार्यक्रमा नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।