
नेपालगन्ज, १७ बैशाख – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा काँग्रेस उम्मेदवारले घरदैलो अभियानलाई तीब्र पारेका छन् ।
वडाअध्यक्ष पदका उम्मेदवार रितेश शर्मा, वडा सदस्य पदका उम्मेदवार जमालुद्दिन वागवान, भूमि दमिनी, आशिष वली र संगीता रेग्मीले चुनावी अभियान तीब्र पारेका हुन् । घरदैलो अभियानमा मतदाताहरु उत्साहित देखिएको प्रचारप्रसार समितिका संयोजक प्रेम विसीले जानकारी दिए ।
