Sunday, July 5सत्यम खबर
Shadow

आस्था

ब्रिक्समा गरेको प्रतिबद्धता उल्लंघन गर्दै चीन पाकिस्तानी आतंकवादको संरक्षणमा, दोहोरो चरित्रले मूल्य चुकाउँदै बेइजिङ

ब्रिक्समा गरेको प्रतिबद्धता उल्लंघन गर्दै चीन पाकिस्तानी आतंकवादको संरक्षणमा, दोहोरो चरित्रले मूल्य चुकाउँदै बेइजिङ

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३२ जेठ – ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित पाँच राष्ट्रको समूह ब्रिक्सको हालै सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय सम्मेलनले आतंकवादविरुद्ध कठोर रुपमा अघि बढ्ने प्रतिबद्धता गरेका छन् । २ जुनमा सम्पन्न भएको सम्मेलनपछिको ‘द केप अफ गुड होप’ शीर्षकको संयुक्त विज्ञप्तिमा आतंकवादको कडा निन्दा व्यक्त गरेका छन् । ‘जहाँ र जसबाट भए पनि हस्ताक्षरकर्ताहरू आतंकवादका सबै रूपहरू र अभिव्यक्तिहरूमा आतंकवादसँग लड्न प्रतिबद्ध छन्,’ विज्ञप्तिमा भनिएको थियो । जसमा आतंकवादीहरूको सीमापार आन्दोलन, र आतंकवादलाई वित्त पोषण गर्ने नेटवर्कहरू र सुरक्षित आश्रयस्थानहरू समावेश गरिएको छ । तर यो प्रतिबद्धताको उल्लंघनमा चीन अग्रसर छ । खासगरी पाकिस्तानी राज्यको संरक्षणमा अघि बढिरहेको इस्लामिक कट्टरपन्थी आतंकवादसँग लड्ने मुद्दामा बारम्बार चिनियाँ दोग्लापन देखिँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका ...
‘अखण्ड भारत’ को नक्साबारे भारतलाई कुटनीतिक नोट पठाउन सांसद रघुजी पन्तको माग

‘अखण्ड भारत’ को नक्साबारे भारतलाई कुटनीतिक नोट पठाउन सांसद रघुजी पन्तको माग

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३२ जेठ – नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले नयाँ संसद भवनमा राखेको नक्साबारे कुटनीतिक नोट पठाउन माग गरेका छन् ।विहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पन्तले भारतले सांस्कृतिक र ऐतिहासिक नक्सा भनेपनि पहिलेको र अहिलेको भनि नछुट्याएको भन्दै त्यसबारेमा तत्काल कुटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन माग गरे ।उनले नक्साका बारेमा भारतीय विदेशमन्त्री र अन्य मन्त्रीहरूको अभिव्यक्ति फरकफरक आएको समेत बताए ।नक्साबारे भारतीय विदेशमन्त्री एस जयशंकरले छिमेकी मुलुक नेपालले बुझेको भन्ने अभिव्यक्ति दिएको र अर्को मन्त्रीले सामाजिक सञ्जालमा नक्सा राखेर 'संकल्प अखण्ड भारत' लेखेको बताउँदै सरकारले यसबारेमा स्पष्ट पार्नुपर्ने बताए ।'के सरकारले चित्त बुझाएको हो ?' उनले सोधे ।पन्तले सीमा समाधानबारे भारतीय प्रधानमन्त्रीसँग भएको कुराकानीको विषय प्रधानमन्त्री पुष्पकमल दाहालले सदनलाई ढाँटेको बताए ।उनले ...
बाँकेमा विश्व रक्तदाता दिवस मनाइयो

बाँकेमा विश्व रक्तदाता दिवस मनाइयो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३२ जेठ – २० औं विश्व रक्तदाता दिवसको अवसरमा बाँकेमा विभिन्न सचेतनामूलक कार्यक्रम र रक्तदान गरेर मनाइयो । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् ।‘नियमित रुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वयम्सेवीको एक पिन्ट रगतले कसैको ज्यान जोगिन सक्छ भन्ने कुरालाई मनन् गरेर रक्तदानको अभियानमा हातेमालो गर्न नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।सो अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज, बाँकेद्वारा आयोजित कार्यक्रममा तपाई हाम्रो रक्तदानको सानो प्रयासले लाखौ रुपैयाँले बचाउन नसक्ने ज्यान जोगाउन सफल हुने भएकाले समाजका सबै व्यक्ति रक्तदान तर्फ सक्रिय हुनुपर्ने बताउँदै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोविन्द वाग्लेले रगतदान जस्...
विश्व रक्तदाता दिवस नेपालगन्जमा मनाइयो

विश्व रक्तदाता दिवस नेपालगन्जमा मनाइयो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३२ जेठ – २० औंविश्व रक्तदातादिवस “नियमित रगत तथा प्लाजमा दान गरौ, जीवन बचाउने कार्यमा हातेमालो गरौ” भन्ने मूल नाराका साथ बुधवार नेपालगन्जमा मनाइएको छ ।नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्तसंचार सेवा नेपालगन्जको आयोजनामा २० औं विश्व रक्तदाता दिवस मनाइएको हो । रगत समूह पत्ता लगाउने डाक्टर कार्ल लेन्डिस्नरको जन्मदिनको अवसर पारेर विश्व भरी विश्व रक्तदाता दिवस मनाइदै आएको छ ।प्रादेशिक रक्तसंचार सेवा नेपालगन्जकी जनसम्पर्क/प्रशासन अधिकृत सरिता सिंहद्वारा सञ्चालित नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य समितिका संयोजक राजकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रगतको अभाव हुन नदिन स्वस्थ्य व्यक्ति एवं युवाहरुले निरन्तर रक्तदान गर्नका लागी आग्रह गर्नु भएको छ । नेरेसो बाँके शाखाका उपसभापति सुरेन्द्रनाथ सापकोटाले कार्यक...
योंग प्रोफेसनल फेलोसिपको छैठो संस्करण नेपालमा आयोजना हुने

योंग प्रोफेसनल फेलोसिपको छैठो संस्करण नेपालमा आयोजना हुने

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३२ जेठ – अन्तर्राष्ट्रिय संस्था ग्लोबल पिस चेनले “योंग प्रोफेसनल फेलोसिप” कार्यक्रमको छैठो संस्करण नेपालमा आयोजना गर्ने भएको छ । अमेरिका, फ्रान्स, युरोप लगायत ४० भन्दा बढी देशका १०० जना युवाहरुको उपस्थितिमा ३ दिवसीय कार्यक्रम काठमाण्डौमा जुलाई २७ देखि ३० सम्म आयोजना हुने ग्लोबल पिस चेनका नेपाल प्रमुख शिवांग दत्तले जानकारी दिएका छन् ।सो कार्यक्रम नेपाल युवा परिषदको सहकार्यमा हुने दत्तले जनाएका छन् । काठमाण्डौमा आयोजित एक विशेष समारोह बीच ग्लोबल पिस चेन का तर्फ बाट नेपाल प्रमुख शिवांग दत्त तथा नेपाल युवा परिषदका अध्यक्ष सरोज बानिया ले “सो कार्यक्रमलाई दुवै संस्थाले साझा रुपमा सहकार्य गरी आयोजना गर्ने” समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।सो कार्यक्रममा विश्वको विकासको लागि युवाको भूमिका, स्थानीय खानाको महत्व, पर्यटन प्रबर्धन जस्ता विषयमा केन्द्रित रही ३ दिन छलफल हुने दत्तले बताएका ...
जेठको अन्तिम मंगलबार उपमहानगरको विभिन्न स्थानमा प्रसाद वितरण

जेठको अन्तिम मंगलबार उपमहानगरको विभिन्न स्थानमा प्रसाद वितरण

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० जेठ – वर्षभरीको १२ महिनामा नपाईने पुण्य जेठ महिनामा दान, धर्म, भोज, भण्डारा, पुजा, आराधनाबाट कमाउन सकिन्छ भन्ने धार्मिक मान्यता रहेको पाईन्छ ।सोही मान्यता अनुसार आज जेठ महिनाको अन्तिम मंगलबारका दिन नेपालगन्जको विभिन्न चोक, सडकहरुमा आफू खुसी प्रसाद वितरण कार्यक्रम सम्पन गरिएको छ ।सोही प्रसाद वितरण गर्ने क्रममा फुल्टेक्रा चोक स्थित शिव मन्दिर छेउमा भक्तजनहरु माझ प्रसाद वितरण गरिएको थियो ।श्रद्धा ईट्टा उद्योगका सञ्चालक सुधिर प्रताप सिंहको एक लगानीले आज मंगलबार शिव मन्दिर चोकमा प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।सोभन्दा अगाडी गत मंगलबारका दिन आंचल ज्वैलर्सका सञ्चालक क्रान्ति सोनीको एकल लगानीमा प्रसाद वितरण गरिएको थियो ।त्यसैगरी, फत्तेबाल आँखा अस्पताल अगाडी समेत प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको छ । साहु समाज जिल्ला कार्य समिति, बाँके, साहु समाज युवा जिल्ला कार्य समिति, ...
अनेमसंघ प्रदेशको अध्यक्षमा पम्फावती

अनेमसंघ प्रदेशको अध्यक्षमा पम्फावती

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ३० जेठ – अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेश कमिटिको प्रथम प्रदेश स्तरीय सम्मेलनले पम्फावती खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कपिलवस्तु जिल्लाको पीस हिमालयन रीसोटमा सम्पन्न सम्मेलनले ८५ जनाको लुम्बिनी प्रदेश स्तरीय नयाँ कमिटि चयन गरेको अनेमसंघ केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेलले जानकारी गराउनु भयो ।जसमा अध्यक्ष पम्फावती खनाल, उपाध्यक्ष विमला चौधरी, सचिव गीता पाण्डे, उपसचिव तलत प्रविण खान, कोषाध्यक्ष ज्ञानु के.सी. लगायत ८५ जनाको कमिटि चयन भएको छ ।अनेमसंघ केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज विना ज्ञवालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा बोल्दै प्रमुख अथिति अनेमसंघ केन्द्रिय अध्यक्ष टुका हमालले हाम्रो लामो संघर्ष, बलिदानी र आन्दोलनबाट हामीले महिला अधिकार पाएका हौं, यसरी पाएको अधिकारको संरक्षण र कार्यन्वयन गर्नु अहिलेको आश्यकता हो । अध्यक्ष हम...
“सेवा नै धर्म हाे”: शुद्व खाने पानी वितरण

“सेवा नै धर्म हाे”: शुद्व खाने पानी वितरण

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ जेठ - प्रचण्ड गर्मी बढेसँगै नेपालगन्जकाे ठाउँठाउँमा शुद्व खानेपानी वितरण गरिएकाे छ । यसैक्रममा आज फुल्टेक्रामा करीब १ हजार लिटर शुद्व खानेपानी वितरण गरिएकाे छ ।"सेवा नै धर्म हाे" स्लाेगन राखी पिउने पानी वितरण कार्यक्रम समपन्न गरिएकाे छ । मानवतामा समर्पित भावना साथ गाैरव स्मृति तथा बियाेर सेल्फ फाउण्डेशनले आज साेमबार फत्तेबाल आँखा अस्पताल अगाडी फुल्टेक्रामा पानी वितरण गरेकाे छ । गर्मी बढेसँगै ठाउँठाउँमा पानीकाे अभाव भईरहेकाे बेलामा गाैरब स्मृतिद्वारा फुल्टेक्रामा पानीकाे स्टाल राखी सर्वसाधारणकाे लागि खाने पानीकाे व्यवस्था गरिएकाे छ ।नेपालगन्जकाे प्रचण्ड गर्मी बारे सबैमा सर्वविदितै छ । आज नेपालगन्जकाे ४३ डिग्री तापक्रम रहेकाे अवस्थामा फुल्टेक्रमा वितरण गरिएकाे पानीले सर्वसाधारणहरूलाई राहत भएकाे स्थानियले बताएका छन् । स्थानियका अनुसार गाैरब स्मृति फाउण्डेशनले वार्षिक रूपमा मानवत...
तराई-मधेशका अधिकांश स्थानमा उखरमाउलो गर्मी

तराई-मधेशका अधिकांश स्थानमा उखरमाउलो गर्मी

अवधी, आस्था, प्रदेश ५, मौसम, समाचार
काठमाण्डौ, २८ जेठ – तराई-मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ । यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बन्दै आएको छ । दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी किसान रामपरी यादवले भने, ‘खेतीपातीको काम त बिहान-बेलुका गर्छौँ । विगतमा भन्दा यो वर्ष त साह्रै गर्मी भएजस्तो लाग्छ । पहिला गर्मी हुँदा शीतलमा बस्न ठूलाठूला रुख हुन्थे, अहिले त रूख पनि कहाँ पाउनु रु बुढाले छाता ओड्नुभयो भने म सलको सप्को टाउकोमा हाल्छु, बुढाले टाउकामा फेटा बाँधे म छाता ओड्छु । यो घाम त वर्षौँदेखि छाता र सप्कोले छल्दै आएका छौँ ।’ मिथिला नगरपालिका–६ ढल्केवर निवासी आरती कुमारीले भनिन्, ‘घरबाट निस्किँदा घामबाट जोगिन ‘सनब्लक’ प्रयोग गरेकी थिएँ, पसिनाले सबै गयो । छाताले पनि घाम छेक्दैन । अहिले...
भारत प्रस्थान लोसपा अध्यक्ष महन्थ ठाकुर

भारत प्रस्थान लोसपा अध्यक्ष महन्थ ठाकुर

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ जेठ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । स्वास्थ्य उपचारको ‘फलोअप’ का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । उनका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएका हुन् । उनी उपचार सकेर एक सातापछि स्वदेश फर्कनेछन् ।...