Thursday, February 13सत्यम खबर
Shadow

भारत प्रस्थान लोसपा अध्यक्ष महन्थ ठाकुर

काठमाण्डौ, २८ जेठ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

स्वास्थ्य उपचारको ‘फलोअप’ का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएका हुन् । उनी उपचार सकेर एक सातापछि स्वदेश फर्कनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *