Saturday, April 26सत्यम खबर
Shadow

अनेमसंघ प्रदेशको अध्यक्षमा पम्फावती

नेपालगन्ज, ३० जेठ – अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेश कमिटिको प्रथम प्रदेश स्तरीय सम्मेलनले पम्फावती खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कपिलवस्तु जिल्लाको पीस हिमालयन रीसोटमा सम्पन्न सम्मेलनले ८५ जनाको लुम्बिनी प्रदेश स्तरीय नयाँ कमिटि चयन गरेको अनेमसंघ केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेलले जानकारी गराउनु भयो ।
जसमा अध्यक्ष पम्फावती खनाल, उपाध्यक्ष विमला चौधरी, सचिव गीता पाण्डे, उपसचिव तलत प्रविण खान, कोषाध्यक्ष ज्ञानु के.सी. लगायत ८५ जनाको कमिटि चयन भएको छ ।
अनेमसंघ केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज विना ज्ञवालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा बोल्दै प्रमुख अथिति अनेमसंघ केन्द्रिय अध्यक्ष टुका हमालले हाम्रो लामो संघर्ष, बलिदानी र आन्दोलनबाट हामीले महिला अधिकार पाएका हौं, यसरी पाएको अधिकारको संरक्षण र कार्यन्वयन गर्नु अहिलेको आश्यकता हो । अध्यक्ष हमालले आमाको नामबाट नागरिकता अनेमसंघको एजेण्डा रहेको भन्दै अझै पनि पुर्णरुपमा कार्यान्वयन नभएको तर्फ इकिंत गर्दै समाजमा रहेका विकृति, विसंगति र विभेदका विरुद्ध अनेमसंघ अग्रपंक्तिमा उभिन निर्देशन दिनु भयो । उहाँले लुम्बिीनी प्रदेश स्तरीय नयाँ कमिटिलाई बधाई समेत दिनु भयो ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष राधाकृण कडेल, पार्टीे जिल्ला अध्यक्ष डम्मर शर्मा लगायतले अनेमसंघ प्रदेश स्तरीय नया“ कमिटिलाई शुभकामना दिंदै अनेमसंघको नयाँ नेतृत्वलाई पार्टी पद्धति, नीति तथा कार्यक्रमको अध्ययन गरी अनुशासीत रुपमा काम गर्दै अगाडि बढ्न सुझाव दिनु भयो । सम्मेलनको पहिलो सत्रको समापन गर्दै अनेमसंघ केन्द्रिय सचिव विना ज्ञवालीले अनेमसंघको इतिहास कोट्याउ“दै अनुशासीत भएर काम गर्न नया“ कमिटिलाई निर्देशन दिनु भयो ।
पहिलो सत्रको कार्यक्रम सम्पन्न भए पश्चात दोस्रो सत्रमा निर्वाचन मण्डलको अध्यक्षमा नेकपा एमाले केन्द्रिय सदस्य एवं अनेमसंघ केन्द्रिय उपाध्यक्ष मेनका पोखरेलको अध्यक्षतामा निर्वाचन मण्डल चयन गरिएको थियो । उहाँले नयाँ कमिटि चयन पश्चात नव निर्वाचित कमिटिलाई बधाई दिंदै लुम्बिनी प्रदेश अरु प्रदेशभन्दा सांगठनिक हिसावले, अनुशासनको हिसावले, क्रियाशीलताको हिसावले पहिलो हुने किसिमबाट काम गर्न सिंगो प्रदेश कमिटिलाई निर्देशन दिनु भयो । अनेमसंघ स्थायी कमिटि सदस्य विजुला रायमाझीद्धारा सञ्चालन गरिएको प्रथम सम्मेलनमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटा जिल्लाका महिलाहरुको ठूलो संख्यामा सहभागीता रहेको थियो । सबै जिल्लाबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *