
नेपालगन्ज, ३२ जेठ – २० औंविश्व रक्तदातादिवस “नियमित रगत तथा प्लाजमा दान गरौ, जीवन बचाउने कार्यमा हातेमालो गरौ” भन्ने मूल नाराका साथ बुधवार नेपालगन्जमा मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्तसंचार सेवा नेपालगन्जको आयोजनामा २० औं विश्व रक्तदाता दिवस मनाइएको हो । रगत समूह पत्ता लगाउने डाक्टर कार्ल लेन्डिस्नरको जन्मदिनको अवसर पारेर विश्व भरी विश्व रक्तदाता दिवस मनाइदै आएको छ ।
प्रादेशिक रक्तसंचार सेवा नेपालगन्जकी जनसम्पर्क/प्रशासन अधिकृत सरिता सिंहद्वारा सञ्चालित नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य समितिका संयोजक राजकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रगतको अभाव हुन नदिन स्वस्थ्य व्यक्ति एवं युवाहरुले निरन्तर रक्तदान गर्नका लागी आग्रह गर्नु भएको छ । नेरेसो बाँके शाखाका उपसभापति सुरेन्द्रनाथ सापकोटाले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
मानवअधिकार तथा शान्ति समाजकी केन्द्रीय सदस्य ज्योति वाल्मीकीले मन्तव्य व्यक्त गर्दै रक्तदान गर्न युवाहरुलाई उत्पेरित गरिरहेको बताउनु भएको थियो । यसरी बाँकेका अध्यक्ष प्रेम कुमार शर्मा, लायन्स क्लब पञ्चशीलकी अध्यक्ष कृष्णादेवी पाण्डेय लगायतले आ–आफ्ना बिचार राखेका थिए ।
प्रादेशिक रक्तसंचार सेवा नेपालगन्जका वरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीका अनुसार चालु आ.ब.को हाल सम्म ११,९९६ पिन्ट रगत संकलन वितरण भएको बताउनु भयो ।
विश्व रक्तदाता दिवसका अवसरमा रक्तदान गर्ने निकायहरुमा मानव अधिकारी तथा शान्ति समाज, लाइन्स क्बल अफ पञ्चशील बाँके र नेपालगन्ज हेल्थ क्याम्पसका बिद्यार्थीहरुले रक्तदान गरेका छन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका उपसभापति सुश्री शान्ति श्रेष्ठ, मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेश श्रीवास्तव, उपनिर्देशक दोलखबहादुर डाँगी, निरञ्जना मल्ल, लेखा अधिकृत झविलाल शर्मा, प्रहलाद विशवकर्मा लगायत कर्मचारी र प्रादेशिक रक्तसंचार सेवा ब्यवस्थापन समितिका उपसंयोजक सरिता ज्ञवाली, सदस्यहरुमा ओम प्रकाश आजाद, सुनिल सिंह हमाल, पवन जयसवाल, रश्मीकुमारी श्रेष्ठ लगायत पदाधिकारी, मानव अधिकार तथा शान्ति समाज सभापति प्रेमकुमार शर्मा, सचिव घन श्यामकुमार बैश्य, नेपालगन्ज टेक्निकल कलेजका अध्यक्ष किशोर पाण्डे, प्रकाश नेपाली, इच्छाराम यादव, प्रमोदकुमार लगायत सदस्य, संस्थागत रक्तदान गर्ने निकायका प्रतिनिधि र रक्तदाताहरुको सहभागिता रहेको थियो । “सुरक्षित रगतले जीवन बचाउँछ, रक्तदान स्वस्थ्यविश्वको आहवान” भन्ने मुल नाराका साथ हरेक वर्ष १४ जूनका दिन रगतको समूह पत्ता लगाउने डाक्टर कार्ल लेन्डिस्नरको जन्मदिनको अवसर पारेर विश्व भरी विश्व रक्तदाता दिवस मनाईने गरिन्छ ।