
मितिः २०७८ कार्तिक २२ गते
शकिल अहमद राई
दीपावली पर्वमा जब सबैको घरमा माटोको दियो बल्छ यस समय यस माटोको दियो जल्दा हजारौं लाखौं संख्यामा रहेका किट पतंगाहरु नष्ट हुने गर्छन् । वैदिक सनातन धर्मको प्रायः सबै चाड पर्वहरु वैज्ञानिक आधारमा स्थापित गरिएका छन् । यस्ता चाडपर्वले केही सन्देशहरु दिएको छ । दिपावली मनाउनुको अर्थ हो अन्धकारलाई हटाई प्रकाश ल्याउनु ।
मानव जीवनमा पनि यस्तै प्रकारको घटनाचक्र चल्ने गर्छ जसमा मानव जीवन अन्धकारमा पुग्छ यस समयमा त्यस्तो अन्धार हटाउने प्रेरणा दिपावली पर्वले दिन्छ । हाम्रो देश नेपालमा यस्तै प्रकारको अन्धकार क्षण कैयन पटक आयो । २००७, २०४६, राजा वीरेन्द्रको सम्पूर्ण वंश विनाश, ११ वर्ष जनयुद्ध र त्यसपछि जनआन्दोलनको क्षण । यस्तो समयमा देश दिशाहीन बनेको थियो ।
राजा वीरेन्द्रको सम्पूर्ण वंश विनाश धेरै नै दुःखद क्षण थियो । यस समय देश कसरी अब अगाडि बढ्छ यस्तो कुरा सबै नेपाली जनता सोच्न थालेका थिए तर भनिन्छ जसरी रातपछि फेरी दिन हुन्छ । जसरी बसन्त ऋतुमा पुराना पात झर्छ पछि त्यसै रुखमा नयाँ पात उम्रन्छ ।
जसरी व्यक्तिको मृत्यु हुन्छ त्यसको सट्टामा नयाँ व्यक्तिको जन्म हुन्छ त्यसै प्रकारले यो सृष्टि चल्दै रहन्छ तर जीवन जिउने प्रेरणा वैदिक सनातन धर्मको चाड पर्वले दिइन्छ यस संस्कृतिमा सबैको सुख, शान्ति, दिर्घायुको कामना गरिन्छ त्यो चाहे मानव हो पशुपंक्षी वनस्पति सबैको कल्याण हुने कामना गरिन्छ यस्तै प्रकारको सोचको कारणले नै आज सम्पूर्ण युरोप र केही इस्लामी राष्टूूमा वैदिक सनातन धर्मको प्रभाव बढ्दै गएको छ । भर्खरै इण्डोनेशियाका राजा सुकार्णाेकी छोरी राजकुमारी सुकमावतीले शान्तिको कामना गर्दै इस्लाम धर्म परित्याग गरी उनले वैदिक सनातन धर्म स्वीकारेकी छिन् । शान्तिको लागि बाँग्लादेश जस्तो कट्टरपन्थीदेश आज धर्म निरपेक्ष घोषणा हुने संघारमा पुगेको छ ।

यस्तो किन भएको हो भने केही वर्षदेखि सम्पूर्ण विश्वमा कट्टरपन्थीहरुको कालो छायाँ परेको छ जसको कारण मानवता संकटमा परेको छ र त्यसबाट आतंकवाद बढेको छ यही कारणले हो कि आज केही इस्लामी राष्टूू जसमा मिश्र पनि छ त्यहाँ वैदिक सनातन धर्मको प्रभाव बढ्दै गएको छ । जब पृथ्वीको सृष्टि भयो त्यस सबै भन्दा पहिले वैदिक सनातन धर्म स्थापित भएको थियो त्यसपछि विभिन्न मत, मतान्तर, मजहब, सम्प्रदाय, दीनले जन्म लिए यसरी सम्पूर्ण धर्मको मुख्य जननी भनेको वैदिक सनातन धर्म हो । यो नै धर्म हो अन्यहरु धर्म होइनन् । कोही फौजी धर्म छ कोही कुनै मन्द विष दिएर आफ्नो स्वार्थको पूर्ति गरी रहेका छन् ।
एक स्पष्ट रुपमा भन्ने हो भने अन्य धर्म एक किसिमले व्यापारी हुन् फाइदा उठाउन त्यस्ता धर्मको स्थापना गरिएका हुन् । यस समय सम्पूर्ण विश्वलाई दिशा प्रदान गर्ने एउटै धर्म हो त्यो हो वैदिक सनातन धर्म यस कारण अहिले सबैले बुझ्नु जरुरी छ कि हामी सबैको पुर्खा भनेको एउटै हुन् ।
पछि मत भिन्नताले गर्दा छुट्टा छुट्टै धर्मको स्थापना गरी सम्पूर्ण मानवताको अहित गर्यो । अहिले पनि समय छ केही पनि बिग्रेको छैन भनिन्छ जब आँखा खोलियोस् त्यसै समय बिहान ।
आज सम्पूर्ण विश्व लगातार अन्धकारतर्फ पुगी रहेको छ यस समय हामीलाई दिशाबोध गराउने माध्यम एउटै छ त्यो हो वैदिक सनातन धर्म यसलाई सबैले सहर्ष स्वीकार्नु जरुरी छ समयमा नसोचिए विश्व संकटमा पर्न सक्छ ।
वैदिक सनातन धर्मको चाडपर्व हर्षाेल्लास र शान्तिपूर्ण ढंगले मनाइन्छ यस समय पशुपंक्षीलाई ज्यानले मारिँदैन । उनी पशुपंक्षी आत्तिएर क्रन्दन गर्दैनन् तर अन्य धर्मको चाडपर्व हेरौं भने पाइन्छ कि चाडपर्वको समय जमीन रगतले रातो हुन्छ । पशु पंक्षीको चित्कारले आकाश गुञ्जिन्छ ।
वैदिक सनातन धर्मको चाड पर्वमा यज्ञादि, हवन आदि गरी वायु मण्डललाई शुद्ध पार्ने काम हुन्छ त्यो शुद्ध वायु ग्रहण गरी स्वस्थ जीवन जिउने गरिन्छ । यो हो महान वैदिक सनातन धर्म यस कारण आजको आवश्यकता भनेको वैदिक संस्कृति अपनाउनु हो । यसलाई अपनाएर आफ्नो जीवन सदाको लागि धन्य बनाउन सकिन्छ ।
