
नेपालगन्ज, १५ कार्तिक – मानव अधिकार तथा शान्ति समाज नेपाल केन्द्रिय समितिको आयोजनामा मानव अधिकार तथा शान्ति समाज नेपाल बाँकेको प्रायोजनमा आज सोमवार बाँके र कैलालीका दुई जना स्रष्टालाई सम्मान गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनतकुमार रेग्मीको प्रमुख आतिथ्यमा मानव अधिकार तथा शान्ति समाज नेपाल केन्द्रिय समितिले मानव अधिकार तथा शान्ति समाज नेपाल बाँकेका सल्लाकार बिष्णुलाल कुम्हार तथा पवित्रा देबी चौलागाईलाई श्रष्टा सम्मानबाट र कैलाली जिल्लाका रबिना चौधरी, नारायण दाहाललाई श्रष्टा सौगात –२०७८ बाट, नगद राशी रु. २०/२० हजार रुपैया सम्मान– पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
मानव अधिकार तथा शान्ति समाज नेपाल बाँकेका अध्यक्ष प्रभाकर भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज नेपाल केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष सुशील बस्नेत, मध्यपश्चिम श्रष्टा समाजका अध्यक्ष शुक्रऋषि चौलागाई, मधई सिंह सरदारलगायतकाे सहभागिता रहेकाे थियाे ।
