Wednesday, August 19सत्यम खबर
Shadow

अवधी

देवभूमि हरिद्वारमा पत्रकारहरु सम्मानित, अर्को बैठक हिमाचलको सिमलामा हुने तयारी

देवभूमि हरिद्वारमा पत्रकारहरु सम्मानित, अर्को बैठक हिमाचलको सिमलामा हुने तयारी

अवधी, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २० जेष्ठ – नेपाल–भारत सीमावर्ती जिल्ला बहराइचका वरिष्ठ पत्रकारहरुको टोली प्रिन्ट एण्ड इलेक्ट्रानिक जर्नलिस्टस एसोसिएशनको कार्यकारणी बैठक सम्पन्न भएको छ । उनको संस्थाका ब्यानरमा रहेको राष्ट्रिय कार्यकारिणीका सदस्यहरुसँगै देवभूमिको स्थापना दिवसका अवसरमा हरिद्वारस्थित गुरुकुल कागडी विश्वविद्यालयको सेमिनार हलमा आयोजित राष्ट्रिय कार्यकारिणी बैठकमा उनले सो अवसरमा मध्यप्रदेश, हिमाचल, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, दिल्ली, देहरादुन, राजस्थान लगायतका विभिन्न राज्यका वरिष्ठ पत्रकार तथा कार्यकारिणी सदस्यहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय अध्यक्ष गिरीशचन्द्र कुशवाहाको नेतृत्वमा देशभरका पत्रकारहरुले पत्रकार एकताको नारा लगाएका थिए । सो अवसरमा विभिन्न पत्रकारहरुलाई फूलको मालासहित अंगवस्त्र, मेमोन्टो, सम्मान पत्र लगाएर सम्मान गरिएको थियो । सो अवसरमा पत्रकार अजय शर्माले सम्मेल...
सडक दुर्घटना न्युनीकरण सम्वन्धी स्थानीय तहमा कानून बनाउनु पर्नेमा जोड

सडक दुर्घटना न्युनीकरण सम्वन्धी स्थानीय तहमा कानून बनाउनु पर्नेमा जोड

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज ९ जेठ – दिगो विकासका लागि सुरक्षित सडक र सवारी भन्ने मूल अभियानलाई नेपालगन्जमा सैदान्तिक अनुमोदन गरिएको छ । लुम्विनी प्रदेशका मन्त्री, संसादहरु, नेपालगन्जका मेयर, बाँकेका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संघसंस्था अधिकारकर्मी लगायतको उपस्थितीमा उक्त अभियानलाई अनमोदन गरिएको हो । नासा नेपालको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आईतबार आयोजना गरेको कार्यक्रममा लुम्बिनी तथा कर्णाली प्रदेशको सार्वजनिक यातायात व्यवस्थापन, सडक सुरक्षा, उपचार तथा पूर्ण स्थापना र एकताबद्ध प्रयास लगायतका विषयमा छलफल गरिएको थियो । मोटरसइक्लिंग सुरक्षाका लागि सुरक्षित हेल्मेट, सडक सुरक्षा काउन्सिल तथा मानव अधिकारको विषयमा समेत सहभागीहरुले आ–आफनो धारणा राखेका थिए । कार्यक्रमका सहभागिहरुले सडक दुर्घटना न्युनीकरणमा आफैबाट आफनो जिम्मेवारीबोध गरिएमा सहयोग पुग्ने र यस सम्वन...
अध्यक्ष चौधरीद्धारा सपथ ग्रहण

अध्यक्ष चौधरीद्धारा सपथ ग्रहण

अवधी, आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
डुडुवा, ६ जेष्ठ – स्थानीय तहमा नवनिर्वाचित अध्यक्षलाई सपथ ग्रहण गराइएको छ । आज शुक्रबार एक समारोहका विच बाँके डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सपथ ग्रहण गर्नुभएको छ । बाँके जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस खडानन्द तिवारीले अध्यक्ष चौधरीलाई सपथ ग्रहण गराउनु भएको हो । सपथ लिनु भएका चौधरीले अब गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराउनु हुनेछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ (१) बमोजिम सपथ ग्रहण गराइएको छ ।सो ऐनको दफा १०९ (२) अनुसार अध्यक्षले उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई सात दिनभित्र सपथ गराउनु पर्ने व्यवस्था रहेको छ । अध्यक्ष चौधरी डुडुवा गाउँपालिका अध्यक्षमा पुन दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ ।त्यस अवसरमा खजरा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष डम्बर विकलाई पनि मुख्य निर्वाचन अधिकृत तिवारीले सपथ गराउनु भएको...
श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय पचपोखरा साईगाउँ, अभियान शुरू

श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय पचपोखरा साईगाउँ, अभियान शुरू

अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, ४ जेष्ठ – बाँकेका सामुदायिक विद्यालयमा भर्ना अभियान शुरु भएकाे छ । बाँके जिल्लाको जानकी गाउँपालिका वार्ड नं.–१ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय पचपोखरा साईगाउँको २०७९ बैशाख २३ गतेदेखि जेष्ठ महिनाको ७ गतेसम्म बालबिकास देखि ६ कक्षासम्म भर्ना अभियान तथा घरदैलौ अभियान कार्यक्रम शुरु भएको छ । श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय पचपोखरा साईगाउँ, प्रधानाध्यापक मोनु उपाध्यायका अनुसार शैक्षिक सत्र–२०७९ भर्ना अभियान कार्यक्रम “सबै बालबालिकालाई बिद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं” सम्पूर्ण अभिभावकहरुले आ–आफ्ना बालबालिकाहरुले उज्वल भविष्यको लागी समयमा बिद्यालय गई भर्ना गराउनका लागी सबैमा हार्दिक अनुरोध गर्दछौं भनी बताउनुभयाे । भर्ना कार्यक्रममा सहभागी व्यवस्थापन समितिका अध्यक्ष छैल बिहारी कुम्हार, शिक्षक चित्रकुमार तिवारी, महादेवप्रसाद बर्म...
मदरसा नूरे मोहम्मदी रहेमानुल उमुल जाेगागाउँको भर्ना अभियान जारी

मदरसा नूरे मोहम्मदी रहेमानुल उमुल जाेगागाउँको भर्ना अभियान जारी

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, सम्पादकीय
सकिल अहमद राईजानकी, ४ जेष्ठ – बाँकेका सामुदायिक विद्यालयमा भर्ना अभियान शुरु भएकाे छ । बाँके जिल्लाको जानकी गाउँपालिका वार्ड नं.–१ स्थित मदरसा नूरे मोहम्मदी रहेमानुल उमुल जाेगागाउँको बैशाख २३ गतेदेखि जेष्ठ महिनाको ७ गतेसम्म कक्षा १ देखि २ कक्षासम्म भर्ना अभियान तथा घरदैलौ अभियान कार्यक्रम शुरु भएको छ । मदरसा नूरे मोहम्मदी रहेमानुल उमुल जाेगागाउँको प्रधानाध्यापक वारिस कबडियाका अनुसार शैक्षिक सत्र–२०७९ भर्ना अभियान कार्यक्रम “सबै बालबालिकालाई बिद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं” सम्पूर्ण अभिभावकहरुले आ–आफ्ना बालबालिकाहरुले उज्वल भविष्यको लागी समयमा बिद्यालय गई भर्ना गराउनका लागी सबैमा हार्दिक अनुरोध गर्दछौं भनी बताउनुभयाे । निमित प्रधानाध्यापक बबिता मिश्रको अनुसार अहिले सम्म ६० जना विद्यार्थीको भर्ना गरी सक्नु भएको छ । आज जानकी १ नं वडा को बढैयागाउँ, जाेगागाउँ तथा न...
मासिक गजल गोष्ठी सम्पन्न

मासिक गजल गोष्ठी सम्पन्न

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ जेष्ठ – बाँकेको नेपालगन्जमा गुल्जार–ए–अदबले हरेक महिना जस्तै मासिक गजल गोष्ठी बैशाख ३१ गते शनिवार सम्पन्न गरेको छ ।उर्दू साहित्यकारहरुले महेन्द्र पुस्तकालयको सभाहलमा बैशाख ३१ गते शनिवार मासिक गजल गोष्ठीमा गजल वाचन गरेका थिए । गुल्जार–ए–अदब बाँकेका अध्यक्ष सच्चिदानन्द चौबैको अध्यक्षतामा सम्पन्न भएको गजल गोष्ठीमा उर्दू साहित्यकार तथा आदिल सर्वर नेपाली, गजल कार्यक्रमको सञ्चालन गरेका थिए ।गजल गोष्ठी कार्यक्रममा सैय्यद असफाक रसूल हाशमी (सैय्यद नेपाली), सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, मेराज अहमद (हिमालय), अव्दुल हमीद सिद्दीकी (भोला), इस्माइल अन्सारी, आदिल सर्वर नेपाली, जमील अहमद हाशमी, मोहम्मद यूसुफ आरफी लगायतले “रौशनी ने निकाला है अजीब शख्स है पानी के घर में रहता हैै” मिसरा – साहित्यकारहरुले आ–आफना गजल वाचन गरेका थिए । उक्त गजल गोष्ठीमा महेन्द्र देवकोटा अछामबाट, उमेर अहमद,...
डुडुवा काँग्रेसको घरदैलो अभियानमा तिब्रता

डुडुवा काँग्रेसको घरदैलो अभियानमा तिब्रता

अवधी, आस्था, प्रदेश ५, राजनीति, समाचार
डुडुवा, १७ बैशाख – बाँकेको डुडुवा गाउँपालिकामा काँग्रेसले घरदैलो अभियानलाई तीब्र बनाएको छ ।काँग्रेसबाट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार बनेका नरेन्द्र चौधरी पप्पु र उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानुले डुडुवा गाउँपालिका २ बाबागाउँ, कैरेटीपुरुवा र कोलहीमा घरदैलो गरेका हुन् । घरदैलोका क्रममा उम्मेदवार पप्पु र बानुले सम्बृद्ध र विकसित पालिका निर्माणका लागि काँग्रेसको पक्षमा मतदान गर्न मतदाताहरुसँग आग्रह गरेका थिए । उनीहरु अघिल्लो निर्वाचनमा आफुहरुले पालिकाको विकास निर्माणमा उल्लेखिय कार्य गरेको भन्दै अधुरा विकास निर्माणका कामलाई पूर्णता दिन आफुहरुको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।त्यसक्रममा मतदाताहरुले विकासप्रेमी उम्मेदवारलाई मतदान गर्ने प्रतिबद्धता जनाएका थिए ।...
सत्यमखबर दोस्रो वर्षमा प्रवेश, मिसनको कार्यालय उद्घाटन

सत्यमखबर दोस्रो वर्षमा प्रवेश, मिसनको कार्यालय उद्घाटन

अवधी, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ११ बैशाख – समाज जागरण साप्ताहिकद्वारा सञ्चालित सत्यमखबर डटकमको दोस्रो वार्षिकोत्सव तथा मधेस मीडिया मिसन नेपाल बाँके शाखाको कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ फुल्टेक्र स्थित रहेको सत्यमखबर डटकमको कार्यालय कै भवनमा रहेको मधेश मिडिया मिसन नेपाल बाँके शाखाको कार्यालय नेपालगन्ज–६ का वडाअध्यक्ष समिर प्रताप सिंहद्वारा उद्घाटन गरिएको थियो । उद्घाटन पश्चात आफ्नो भनाई राख्दै वडाअध्यक्ष सिंहले समाज जागरण साप्ताहिकद्वारा सञ्चालित सत्यमखबर डटकमले हालसम्म आम स्थानीय जनमानसको मन जित्न सफल भएको तथा आउने दिनमा समेत मनमनमा आफ्नो छाप छोड्न सक्ने आपेक्षा रहेको बताउँदै सोही अनुसार मिसनले समेत स्थानीय स्तरमा कार्य गर्न सफल हुने शुभकामना दिनु भएको थियो । मधेश मिडिया मिसन नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा सम...
मिसन नेपालको ६५ औं अवधी पत्रकारिता स्थापना दिवसको प्रमुख अतिथिमा समाजसेवी प्रदीप छाजेड

मिसन नेपालको ६५ औं अवधी पत्रकारिता स्थापना दिवसको प्रमुख अतिथिमा समाजसेवी प्रदीप छाजेड

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ बैशाख – मधेश मिडिया मिसन नेपाल बाँकेले भोलि शनिबार आयोजित गरेको ६५ औं अवधी पत्रकारिता स्थापना दिवसको प्रमुख अतिथि बाँकेका प्रसिद्ध उद्योगपति तथा समाजसेवी प्रदीपकुमार छाजेड रहने निर्णय गरिएको छ । मिसनको यो कार्यक्रम जिल्ला समन्वय समिति बाँकेको सभाहलमा दिउँसो २ बजेदेखि शुरु हुनेछ । यस कार्यक्रममा अवधी भाषी अग्रज पत्रकारहरु स्व. प० योगेश्वरप्रसाद मिश्र, स्व. राधेश्याम शर्मा, स्व. पन्नालाल गुप्त ‘चाचाजी’ र स्व. रामगोपाल वैश्यको मरणोपरान्त कदर सम्मान गर्ने कार्यक्रम रहेको छ ।कार्यक्रम बीच प्रमुख अतिथि छाजेड नेपालगन्ज घोषणा पत्र–२०७९ समेत जारी गर्नु हुनेछ । यो सम्मान पत्र ग्रहण गर्न स्व. पत्रकार प्रेस स्वतन्त्रता सेनानीकी श्रीमति शिवदेवी वैश्य, स्व. पत्रकार राधेश्याम शर्माजीको जेठो छोरा कुन्तलराज शर्मा, स्व. पत्रकार प० योगेश्वरप्रसाद मिश्रको बुहारी र स्व. पत्रकार प्रेस स्वतन्...
अवधी पत्रकारिता स्थापना दिवसको तयारी पुरा

अवधी पत्रकारिता स्थापना दिवसको तयारी पुरा

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ बैशाख – मधेश मिडिया मिसन नेपाल बाँके शाखाद्वारा सम्पन्न हुन गईरहेको अवधी पत्रकारिता स्थापना दिवसको तयारी पुरा भएको जानकारी गराईएको छ ।नव वर्षको २०७९ को शुभकामना आदान–प्रदान गर्नुको साथै सञ्चार क्षेत्रमा अवधी भाषी ईतिहास पुनर्जागरण गर्न उक्त अवधी पत्रकारिता स्थापना दिवसको आयोजना बैशाख ३ गते शनिबार दिउँसो २ बजे भब्य रुपमा सम्पन्न गर्ने तयारी पुरा भएको मिसनका शाखा सचिव सन्ध्या शर्माले जानकारी गराउनुभयो । अवधी पत्रकारिता स्थापना दिवसका अवसरमा मित्र राष्ट्र भारतका समेत पत्रकारहरुको सहभागिता रहनुका साथै नेपालगन्जमा रहेका (बांकी ४ पृष्टमा) सम्पूर्ण पत्रकारहरुलाई जानकारी गराउने क्रम जारी रहेको शाखा सचिव शर्माले बताउनुभयो ।सो अवसरमा नेपालगन्ज घोषणा पत्र समेत जारी गर्ने तयारी रहेको जानकारी गराउनुका साथै उक्त कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न गर्ने तयारी रहेको बताउनु...