
सकिल अहमद राई
जानकी, ४ जेष्ठ – बाँकेका सामुदायिक विद्यालयमा भर्ना अभियान शुरु भएकाे छ । बाँके जिल्लाको जानकी गाउँपालिका वार्ड नं.–१ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय पचपोखरा साईगाउँको २०७९ बैशाख २३ गतेदेखि जेष्ठ महिनाको ७ गतेसम्म बालबिकास देखि ६ कक्षासम्म भर्ना अभियान तथा घरदैलौ अभियान कार्यक्रम शुरु भएको छ ।
श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय पचपोखरा साईगाउँ, प्रधानाध्यापक मोनु उपाध्यायका अनुसार शैक्षिक सत्र–२०७९ भर्ना अभियान कार्यक्रम “सबै बालबालिकालाई बिद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं” सम्पूर्ण अभिभावकहरुले आ–आफ्ना बालबालिकाहरुले उज्वल भविष्यको लागी समयमा बिद्यालय गई भर्ना गराउनका लागी सबैमा हार्दिक अनुरोध गर्दछौं भनी बताउनुभयाे ।
भर्ना कार्यक्रममा सहभागी व्यवस्थापन समितिका अध्यक्ष छैल बिहारी कुम्हार, शिक्षक चित्रकुमार तिवारी, महादेवप्रसाद बर्मा तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
