Thursday, April 23सत्यम खबर
Shadow

सत्यमखबर दोस्रो वर्षमा प्रवेश, मिसनको कार्यालय उद्घाटन

नेपालगन्ज, ११ बैशाख – समाज जागरण साप्ताहिकद्वारा सञ्चालित सत्यमखबर डटकमको दोस्रो वार्षिकोत्सव तथा मधेस मीडिया मिसन नेपाल बाँके शाखाको कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ ।


नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ फुल्टेक्र स्थित रहेको सत्यमखबर डटकमको कार्यालय कै भवनमा रहेको मधेश मिडिया मिसन नेपाल बाँके शाखाको कार्यालय नेपालगन्ज–६ का वडाअध्यक्ष समिर प्रताप सिंहद्वारा उद्घाटन गरिएको थियो ।


उद्घाटन पश्चात आफ्नो भनाई राख्दै वडाअध्यक्ष सिंहले समाज जागरण साप्ताहिकद्वारा सञ्चालित सत्यमखबर डटकमले हालसम्म आम स्थानीय जनमानसको मन जित्न सफल भएको तथा आउने दिनमा समेत मनमनमा आफ्नो छाप छोड्न सक्ने आपेक्षा रहेको बताउँदै सोही अनुसार मिसनले समेत स्थानीय स्तरमा कार्य गर्न सफल हुने शुभकामना दिनु भएको थियो ।


मधेश मिडिया मिसन नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष सिंह रहेका थिए भने विशिष्ट अतिथिहरुमा नागरिक अधिकार मञ्चका अध्यक्ष रमेशचन्द्र कुमाल, कावा अध्यक्ष समिर अली रहेका थिए । कार्यालय उद्घाटन वडाअध्यक्ष सिंहले रिबेन काटेर गर्नु भएको थियो ।


मधेश मिडिया मिसन नेपाल बाँके शाखा सल्लाहकार अजयकुमार गुप्ताले सत्यमखबरले पहिलो वर्षमा गरेको कार्यहरुको सराहना गर्दै मिसनको लक्ष्य दबेका आवाजहरुलाई उठाउने रहेको हुँदा केही समय अगाडी नै पत्रकारिता जगतका संस्थापक अग्रजहरुलाई सम्मान गरि ऐतिहासिक कार्य गरेको बताउनुभयो ।


दोस्रो वार्षिकोत्सव तथा कार्यालय उद्घाटन कार्यक्रममा मधेस मिडिया मिसन बाँके शाखा उपाध्यक्ष मनोज कौशल, सचिव सन्ध्या शर्मा, कोषाध्यक्ष चन्दा सिंह, सहसचिव रमेश चन्द्र कुमाल, सदस्यहरु आकाश कसौधन, उमेश मिश्रा, सकिल अहमद राई, नागरिक अधिकार मञ्चका सचिव सोनाली गुप्ता, बनी अमिन सल्मानी, सन्तोष गुप्ता, वडावासी हितेष भरती लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *