Wednesday, August 19सत्यम खबर
Shadow

अवधी

२३ औं अवधी दिवस तथा तृतीय अन्तरदेशीय अवधी महोत्सव भब्यता साथ सम्पन्न

२३ औं अवधी दिवस तथा तृतीय अन्तरदेशीय अवधी महोत्सव भब्यता साथ सम्पन्न

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ साउन – अवधी÷हिन्दी भाषा साँस्कृतिका महान पण्डित, भक्तकवि, सन्तशिरोमणि तुलसीदास जी महाराजको ५२५ औं जयन्ती एवं २३ औं अवधी दिवसको अवसरमा तृतीय अन्तरदेशीय अवधी महोत्सव–२०७९ नेपालगन्जमा भब्य रुपमा मनाईएको छ ।बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१४ बाबुगाउँ स्थित रहेको मेरो प्लानेटमा अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिको आयोजनामा सम्मान अर्पण बिचार संगोष्ठी (कार्यपत्र प्रस्तुती), बिचार गोष्ठी साँस्कृति नृत्य तथा बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ । प्रथम चरणको कार्यक्रम अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिका सल्लाहकार पशुपति दयाल मिश्राको अध्यक्षतामा प्रतिष्ठानका अध्यक्ष बिष्णुलाल कुम्हार र महासचिव बीरेन्द्र यादवद्वारा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि मधेशी आयोग नेपालका अध्यक्ष डा. बिजयकुमार दत्त, बिशिष्ट अतिथि केन्द्रिय सदस्य बिजयकुमार...
थुकैलाबाट गाईको मासुसहित २ जना पक्राउ

थुकैलाबाट गाईको मासुसहित २ जना पक्राउ

अपराध, अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ साउन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ स्थित थुकैलामा चौलिक्का पछाडी गाईको मासुसहित बाँकेमा दुई जना पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा गाई काट्दै गरेको अवस्थामा प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ थुकैलाका ४६ बर्षिय सलाउद्दिन जोलाहा र सोही स्थानका ५३ बर्षिय बदरुद्दिन जोलाहालाई गाईको मासुसहित रंगेहात पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । उनीहरुको साथबाट मासु काट्न प्रयोग हुने औजारसहित करिव एक क्विन्टल गाईको मासु बरामद भएको प्रहरीले जनाएको छ ।...
जानकीमा छात्रालाई साइकल वितरण

जानकीमा छात्रालाई साइकल वितरण

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जानकी, ९ साउन - जानकी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण गरेको छ । आइतबार आयोजित कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई आकर्षित गर्न साइकल हस्तान्तरण गरिएको हो । वडा कार्यालय बेलहरीले एक समारोहबीच वडा परिसर मै छात्राहरुलाई साइकल हस्तान्तरण गर्दै गाउँपालिका प्रमुख छब्बन खाँले वडा नम्बर ५ का छात्रालाई साइकल हस्तान्तरण गर्दै उच्च शिक्षासम्म पुग्ने शुभकामना दिएका थिए । कार्यक्रमका प्रमुख अतिथी रहेका गाउँपालिका प्रमुख छब्बन खाँले सम्बोधन गर्दै विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गरेको बताउनु भयो ! यसैगरी घर भन्दा दुरीमा विद्यालय पर्ने कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई प्राथमिकतामा राखेर साइकल वितरण थालिएको बताए । वितरण क...
हरिशयनी एकादशी / बकर इद एकै दिन

हरिशयनी एकादशी / बकर इद एकै दिन

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ असार –चतुर्मास व्रत को थालनी असार शुक्ल एकादशीका दिन अर्थात् आज घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर आजको एकादशीसहित चतुर्मास व्रत थालनी गरिँदै छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मका समयलाई चतुर्मास भनिन्छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चतुर्मास सकिन्छ ।विष्णु भगवान् चीर निन्द्रामा सुतेको बेला अर्थात् चर्तुमासभरि कुनै पनि मङ्गल कार्यहरू जस्तै विवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीपछि मात्र मङ्गल लगन तथा मुहूर्तहरू हुन्छन् । हरिशयनी एकादशीको महत्त्व आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्त्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । सृष्टिकर्ता भगवान् हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन ९सुत्न०...
समाज जागरणको १४ औं वार्षिकोत्सवमा मेयर बिष्टद्वारा अवधी भाषा साँस्कृति जार्गेना गर्न हातेमालो गर्ने प्रतिबद्धता (फोटोफिचरसहित)

समाज जागरणको १४ औं वार्षिकोत्सवमा मेयर बिष्टद्वारा अवधी भाषा साँस्कृति जार्गेना गर्न हातेमालो गर्ने प्रतिबद्धता (फोटोफिचरसहित)

अवधी, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ असार – समाज जागरण साप्ताहिक पत्रिको १४ औं वार्षिकोत्सव, सत्यमखबर डटकम अनलाईन न्यूजको दोस्रो वार्षिकोत्सव तथा वडा प्रोफाईल बिमोचन कार्यक्रम आज सम्पन्न भएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि समाज जागरण साप्ताकिक पत्रिकाले आफ्नो वार्षिकोत्सव धुमधामका साथै मनाएको छ । प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका प्रमुख मेयर प्रशान्त बिष्टले यस समाज जागरण साप्ताहिकले अवधी भाषा–भाषीहरुको क्षेत्रमा गरिरहेको योगदान सराहनीय रहेको तथा अवधी भाषा, संस्कार,साँस्कृतिको विकासमा थप सहयोगको लागि नेपालगन्ज उपमहानगरपालिका सदैव तयार रही हातेमाले गर्ने बताउनुभयो । प्रमुख अतिथि मेयर बिष्टले अवधी भाषा मै आफ्नो मन्तब्य राख्ने क्रममा समाज जागरण साप्ताहिकको १४ औं वार्षिकोत्सव तथा सत्यमखबर डटकम अनलाईन न्यूजको दोस्रो वार्षिकोत्सवको थप सफलताको शुभकामना दिएको थिए ।विशिष्ट अतिथि तथा वडा नं. ६ का वडाअध...
जानकीले प्रस्तुत गरे ५९ करोड ५३ लाख बजेट

जानकीले प्रस्तुत गरे ५९ करोड ५३ लाख बजेट

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सकिल अहमद राईजानकी, ११ असार - बाँकेको जानकी गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार, जानकीको बिकासको मुल आधार भन्ने नाराका साथ बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० काे लागि ५९ करोड ५३ लाख प्रस्तुत गरेको छ । १२ औं गाउँसभा शुक्रबार गाउँपालिका उपप्रमुख रामप्यारी यादवले अगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ५९ करोड ५३ लाख ५९ हजारको बजेट तय गरेको प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा कृषिका लागि ३५ लाख, पशुका लागि ३५ लाख, सहकारीतर्फ ५ लाख, शिक्षा शाखातर्फ ९० लाख, महिला, बालबालिका तथा जेष्ठ नागरिकतर्फ १५ लाख, स्वास्थ्यतर्फ ६० लाख गरी जम्मा १ करोड ६५ लाख रहेको छ । यस्तै भौतिक पुर्वधारतर्फ गाउँपालिकास्तरीय योजनाका लागि १६ करोड ५५ लाख ५९ हजार, वडास्तरीय योजनातर्फ ४ करोड ३० लाख गरी जम्मा २० करोड ९० लाख ५९ हजार रहेको छ । यसैगरी वन वातावरण तथा बिपत व्यवस्थापनतर्फ १० लाख,...
महाधिबेशनको तयारीमा अवधी पत्रकार संघ

महाधिबेशनको तयारीमा अवधी पत्रकार संघ

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ८ असार - अवधी पत्रकार संघ नेपालको चौथो केन्द्रीय महाधिबेशन तथा १४ औं साधारण सभाको तयारी शुरु गरिएको छ । संघको केन्द्रीय महाधिबेशन तीन महिनाभित्र गर्ने निर्णय गरिएको छ । संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा आज बुधबार बसेको बैठकले महाधिबेशनको तयारीका लागि नयाँ सदस्यता आबेदन र सदस्यता नविकरणका लागि सर्कुलर जारी गरेको छ । काठमाण्डौ, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके र बर्दिया जिल्ला शाखामा रहेका सम्पुर्ण सदस्यहरुको नविकरण र नयाँ सदस्यताका लागि आबेदन खुल्ला गरिएको बैठकले निर्णय गरेको छ । नयाँ सदस्यता र नविकरण पश्चात जिल्ला शाखाहरुको अधिबेशन गरिने छ । सोका लागि सबै जिल्ला शाखाहरुलाई १५ दिनभित्र आफना सदस्यहरुको नविकरण गर्न केन्द्रीय समितिले अनुरोध गरेको छ । बैठकले संघको प्रशासनिक कार्यालयको दैनिक कार्य सञ्चालनका लागि संघका सदस्य भिष्म लोधलाई जिम्मे...
भारतसँग रोटी बेटीको संम्बन्ध : मुख्यमन्त्री केसी

भारतसँग रोटी बेटीको संम्बन्ध : मुख्यमन्त्री केसी

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ असार –लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले भारतको उत्तर प्रदेश बिहारलगायतका प्रदेशसँग सांस्कृतिक सम्बन्धको थलोका रुपमा विकास गर्दै लैजाने बताएका छन् । भारतसँग रोटी बेटीको मात्र सम्बन्ध नभइ एक आपसको सांस्कृतिका सम्बन्धलाई अझ प्रगाढ बनाउदै लैजानु पर्नेमा उनले जोड दिए । लुम्बिनी प्रदेशको कानुन बालबालिका, महिला ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा शिक्षा तथा संस्कृति प्रवर्द्धन केन्द्र र अवधि सांस्कृतिक विकास परिषद् कपिलवस्तुको संयोजनमा कपिलस्तुको तौलिहवामा भएको द्धितीय अन्तर्राष्ट्रिय अवधी सम्मेलनको पानसमा दिप बालेर उदघाटन गर्दै मुख्य मन्त्री केसीले सो कुरा बताएका हुन् । ‘भारतसँग रोटी बेटीको मात्र होइन अब सांस्कृतिक सम्बन्धलाई अझ दरिलोरुपमा लैजान पर्छ’ उनले भने। मुख्यमन्त्री केसीले प्रदेश भित्र रहेको भाषा, संस्क...
पाटेश्वरी विद्यालयमा छात्रवृत्ति वितरण तथा सम्मान

पाटेश्वरी विद्यालयमा छात्रवृत्ति वितरण तथा सम्मान

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं.१८ भुजईगाउँमा बि.सं.२०५२ सालमा स्थापित भएको श्री पाटेश्वरी आधारभूत बिद्यालयले छात्रबृत्ति बितरण एवं सम्मान कार्यक्रममा कक्षा १ देखि ७ कक्षा सम्म अध्ययनरत १ सय २३ जना मध्ये छात्र ४२ जना र छात्रा तर्फ ८१ जनालाई रु. ४००÷– रुपैयाका दरले छात्रबृत्ति वितरण गरिएको सो बिद्यालयकी प्रधानाध्यापक भृकुटी तारा शाहीले बताउनु भएको छ । बिद्यालयका संरक्षक तथा बिद्यालय व्यवस्थापन समितिका माधवराम वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट र वडा नं.१८ का वडाध्यक्ष दिपक वर्माले छात्र वितरण गर्नु भएको थियो । सो अवसरमा जेष्ठ २९ गते नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टलाई दोसल्ला ओढाएर र भुजईगाउँ निवासी बजरंगलाल बर्मा (कुर्मी) र रामलली बर्मा(कुर्मी) ले बिद्यालयलाई २ ...
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
राप्ती सोनारी, २९ जेष्ठ – राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ ।गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत आर्थिक वर्षबाट भन्दा घट्न गएको बजेट सिलिङका आधारमा १ करोड ५० लाखदेखि १ करोड ९० लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । गत आर्थिक वर्ष २०७८÷७९ भन्दा १० प्रतिशत कम बजेट विनियोजन भएको डाँगीले बताए । गाउँपालिकाको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले बजेट बाँडफाट गरेको उनले जानकारी दिए ।गाउँपालिकाले वडा नम्बर १, २ र ६ का लागि एक करोड ८० लाख बजेट विनियोजन गरेको छ । वडा नम्बर ३, ४, ५, ८ र ९ का लागि १ करोड ६० लाख र वडा नम्बर ७ का लागि एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।‘वडाको जनसंख्या, भुगोल जस्ता मापदण्डलाई आधार बनाएर वडागत रु...