
नेपालगन्ज, १ जेष्ठ – बाँकेको नेपालगन्जमा गुल्जार–ए–अदबले हरेक महिना जस्तै मासिक गजल गोष्ठी बैशाख ३१ गते शनिवार सम्पन्न गरेको छ ।
उर्दू साहित्यकारहरुले महेन्द्र पुस्तकालयको सभाहलमा बैशाख ३१ गते शनिवार मासिक गजल गोष्ठीमा गजल वाचन गरेका थिए ।

गुल्जार–ए–अदब बाँकेका अध्यक्ष सच्चिदानन्द चौबैको अध्यक्षतामा सम्पन्न भएको गजल गोष्ठीमा उर्दू साहित्यकार तथा आदिल सर्वर नेपाली, गजल कार्यक्रमको सञ्चालन गरेका थिए ।
गजल गोष्ठी कार्यक्रममा सैय्यद असफाक रसूल हाशमी (सैय्यद नेपाली), सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, मेराज अहमद (हिमालय), अव्दुल हमीद सिद्दीकी (भोला), इस्माइल अन्सारी, आदिल सर्वर नेपाली, जमील अहमद हाशमी, मोहम्मद यूसुफ आरफी लगायतले “रौशनी ने निकाला है अजीब शख्स है पानी के घर में रहता हैै” मिसरा – साहित्यकारहरुले आ–आफना गजल वाचन गरेका थिए । उक्त गजल गोष्ठीमा महेन्द्र देवकोटा अछामबाट, उमेर अहमद, साकिब हारुनी, जिद्दत सलूबी, सादिक लगायतको सहभागिता रहेको थियो । यसरी गुल्जार–ए–अदब बाँकेद्वारा मासिक गजल गोष्ठी हरेक महिनाको अन्तिम शनिवारका दिन गरिने गरिन्छ ।
