डुडुवाका सबै नागरिकको स्वास्थ्य विमा
डुडुवा, २५ चैत्र – बाँके डुडुवा गाउँपालिकाले पहिलो पटक सबै नागरिकहरुको स्वास्थ्य विमा गर्न शुरु गरेको छ । घरघरमा स्वास्थ्य सेवा अभियान अन्तर्गत हरेक नागरिकको विमा गरि बढीमा दुई लाखसम्मको उपचार सेवा प्रदान गरिने छ ।प्रति परिवार रु ७०० का दरले परिवारिक संख्याका आधारमा विमा गरिनेछ । गाउँपालिकाले लिएको लक्ष्य अनुसार हाल ५० प्रतिशत गाउँपालिकाले सहयोग गर्ने र ५० प्रतिशत रकम स्वयम् विमाकर्तालाई बुझाउनु पर्ने डुडुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । प्रति परिवारले एक वर्षमा रु २० हजार बराबरको निशुल्क औषधी उपचार सेवा पाउनेछ ।
विमाका लागि डुडुवा वार्ड नं १ देखि ६ वडासम्म ६ जनालाई विमा सहायकमार्फत नागरिकहरुको विवरण संकलन गरि विमा गर्नका लागि ति कर्मचारीलाई इन्ड्रोवइट मोबाइल सेट, झोला तथा स्टेश्नरीका सामाग्री हस्तान्तरण गरिएको छ ।सामाग्री हस्तान्तरण गर्दै गाउँपालिका अ...









