Wednesday, December 10सत्यम खबर
Shadow

अध्यक्ष चौधरीद्धारा सपथ ग्रहण

डुडुवा, ६ जेष्ठ – स्थानीय तहमा नवनिर्वाचित अध्यक्षलाई सपथ ग्रहण गराइएको छ । आज शुक्रबार एक समारोहका विच बाँके डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सपथ ग्रहण गर्नुभएको छ । बाँके जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस खडानन्द तिवारीले अध्यक्ष चौधरीलाई सपथ ग्रहण गराउनु भएको हो ।


सपथ लिनु भएका चौधरीले अब गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराउनु हुनेछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ (१) बमोजिम सपथ ग्रहण गराइएको छ ।
सो ऐनको दफा १०९ (२) अनुसार अध्यक्षले उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई सात दिनभित्र सपथ गराउनु पर्ने व्यवस्था रहेको छ । अध्यक्ष चौधरी डुडुवा गाउँपालिका अध्यक्षमा पुन दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ ।
त्यस अवसरमा खजरा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष डम्बर विकलाई पनि मुख्य निर्वाचन अधिकृत तिवारीले सपथ गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *