Thursday, March 13सत्यम खबर
Shadow

मदरसा नूरे मोहम्मदी रहेमानुल उमुल जाेगागाउँको भर्ना अभियान जारी

सकिल अहमद राई
जानकी, ४ जेष्ठ – बाँकेका सामुदायिक विद्यालयमा भर्ना अभियान शुरु भएकाे छ । बाँके जिल्लाको जानकी गाउँपालिका वार्ड नं.–१ स्थित मदरसा नूरे मोहम्मदी रहेमानुल उमुल जाेगागाउँको बैशाख २३ गतेदेखि जेष्ठ महिनाको ७ गतेसम्म कक्षा १ देखि २ कक्षासम्म भर्ना अभियान तथा घरदैलौ अभियान कार्यक्रम शुरु भएको छ ।

मदरसा नूरे मोहम्मदी रहेमानुल उमुल जाेगागाउँको प्रधानाध्यापक वारिस कबडियाका अनुसार शैक्षिक सत्र–२०७९ भर्ना अभियान कार्यक्रम “सबै बालबालिकालाई बिद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं” सम्पूर्ण अभिभावकहरुले आ–आफ्ना बालबालिकाहरुले उज्वल भविष्यको लागी समयमा बिद्यालय गई भर्ना गराउनका लागी सबैमा हार्दिक अनुरोध गर्दछौं भनी बताउनुभयाे । निमित प्रधानाध्यापक बबिता मिश्रको अनुसार अहिले सम्म ६० जना विद्यार्थीको भर्ना गरी सक्नु भएको छ । आज जानकी १ नं वडा को बढैयागाउँ, जाेगागाउँ तथा नदाई गाउँमा भर्ना अभियानको बारेमा टोल टोलमा गई भर्ना गर्ने निमित प्रधानाध्यापक बबिता मिश्राले अनुरोध गर्नु भएको छ। कार्यक्रममा सहभागी मदरसा व्यवस्थापन समितिका अध्यक्ष आरिफ हल्वाई, सदस्यहरु सकुन्तला बर्मा, रेशमा बागवान, बुद्धजीवी रमजान अलि बगवान, समाजसेवी सद्दाम हालवाई,शिक्षक बबिता मिश्रा लगायत विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *