
नेपालगन्ज, १ बैशाख – मधेश मिडिया मिसन नेपाल बाँके शाखाद्वारा सम्पन्न हुन गईरहेको अवधी पत्रकारिता स्थापना दिवसको तयारी पुरा भएको जानकारी गराईएको छ ।
नव वर्षको २०७९ को शुभकामना आदान–प्रदान गर्नुको साथै सञ्चार क्षेत्रमा अवधी भाषी ईतिहास पुनर्जागरण गर्न उक्त अवधी पत्रकारिता स्थापना दिवसको आयोजना बैशाख ३ गते शनिबार दिउँसो २ बजे भब्य रुपमा सम्पन्न गर्ने तयारी पुरा भएको मिसनका शाखा सचिव सन्ध्या शर्माले जानकारी गराउनुभयो ।

अवधी पत्रकारिता स्थापना दिवसका अवसरमा मित्र राष्ट्र भारतका समेत पत्रकारहरुको सहभागिता रहनुका साथै नेपालगन्जमा रहेका (बांकी ४ पृष्टमा) सम्पूर्ण पत्रकारहरुलाई जानकारी गराउने क्रम जारी रहेको शाखा सचिव शर्माले बताउनुभयो ।
सो अवसरमा नेपालगन्ज घोषणा पत्र समेत जारी गर्ने तयारी रहेको जानकारी गराउनुका साथै उक्त कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न गर्ने तयारी रहेको बताउनुभयो ।
