अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा अधिकारी
नेपालगन्ज, ६ जेष्ठ – अनलाइन टीभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णराज अधिकारी निर्विरोध निर्वाचित हुनु भएको छ । अनलाइन टीभि पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको सोमबार नेपालगन्जमा सम्पन्न प्रथम भेलाले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरको हो ।
जसको बरिष्ठ उपाध्यक्षमा दिपक न्यौपाने, उपाध्यक्षमा रञ्जित शाह, सचिवमा साबित्री गिरी, सहसचिवमा मनबहादुर सहकारी र कोषाध्यक्षमा भावना बुढा मल्ल निर्वाचित हुनु भएको छ ।
यस्तै सदस्यहरुमा चन्द्रेश्वरराज त्रिपाठी, इरफान अली, कुशल बिक र स्वेता गिरी निर्वाचित हुनुभएको छ । ११ जना कार्यसमिति मध्ये १ जनालाई नयाँ कार्यसमितिको बैठकले मनोनित गर्ने जनाएको छ ।
कार्यसमिति चयन अगाडी डिजीटल एआईको प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा अधिवेशन उदघाट्न कार्यक्रम गरीएको थियो । अनलाइन टिभि पत्रकार संघका केन्द्रीय प्रतिनिधि रोहि...









