निषेधाज्ञामा सुनसान देखियो नेपालगन्ज बजार, आज केही एरिया ‘सील’ गर्ने तयारी
नेपालगन्ज, १८ श्रावण– विगत केही दिन यता समुदायस्तर मै कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि बाँकेमा निषेधाज्ञा जारी गरिएको छ । लकडाउन खुलेसँगै बाँकेमा कोरोना संक्रमण समुदायस्तर मै फैलिन थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले शनिवार राती १२ बजेदेखि लागु हुने गरी तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनको निषेधाज्ञापछि आईतवार बिहानैदेखि बाँकेको नेपालगन्ज बजार सुनसान जस्तै देखिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार, जिल्लामा भाइरसको जोखिम बढेकाले निषेधाज्ञा लगाउनु परेको हो । उहाँले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधरणलाई आग्रह समेत गर्नुभएको छ । स्थानीय प्रशासनले तीन दिने निषेधाज्ञामा रक्षाबन्धनलाई मध्यनजर गर्दै निजी सवारी साधन चल्न दिने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनुभयो । त्यसै आज आईतबार बिहान ११ बजे बस्ने जिल...







