पत्रकार इन्द्र बानियामाथि ज्यान मार्ने धम्की प्रति काठमाडौं शाखाका सचिव बोहोराको कडा आपत्ति
काठमाडौं, ३१ श्रावण – आर्थिकन्युजका प्रबन्ध सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पत्रकार इन्द्र बानियामाथि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक महिला कर्मचारीले हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कडा आपत्ति जनाएको छ ।
शाखाका सचिव रमेश कुमार बोहोराले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारमाथि अपशब्द प्रयोग, गालीगलौज, अभद्र व्यवहार र प्रत्यक्ष ज्यान मार्ने धम्की जस्तो गम्भीर कार्य कुनै पनि दृष्टिले स्वीकार्य नभएको स्पष्ट पारेका छन् ।
प्राप्त विवरणअनुसार पत्रकार बानियाले आफ्नो पेशागत दायित्वअनुसार आर्थिकन्युज डटकममार्फत साउन २९ गते ‘राष्ट्रिय ट्रमा सेन्टरमा आर्थिक लेनदेनमा दर्जनौं कर्मचारी नियुक्ति, प्रमुखलाई कारवाही र निलम्बनको उजुरी प्रति स्वास्थ्यमन्त्री मौन’ शीर्षकको समाचार प्रकाशन गरेका थिए । समाचारमा ...









