
कर्णाली डेभेलपमेण्ट बैंक लिमिटेड वित्तीय परिसूचक सुधारात्मक
नेपालगन्ज, १३ मंसिर – प्रधान कार्यालय नेपालगन्जमा रहेको कर्णाली डेभेलपमेण्ट बैंक लिमिटेडको अवस्था विगतभन्दा धेरै सुधारात्मक तर्फ उन्मुख रहेको पाईन्छ ।
वर्तमान अवस्थामा कर्णाली डेभेलपमेण्ट बैंक लिमिटेडले आफ्नो वित्तीय सूचकांकहरुमा उल्लेखनीय प्रगति गर्दै नयाँ सफलताहरु हासिल गर्दै आईरहेको छ भने त्यसो सुधार हुनुमा बैंकका कर्मचारीहरुको अथक मेहनतका साथै निक्षेपकर्ताहरु, शेयरधनी, ग्राहकवर्ग, लगानीकर्ताहरु एवम् शुभचिन्तकहरुको निरन्तर विश्वास र सहयोगको परिणाम हो भनी बैंकका सेवाग्राहीहरु कै भनाई रहेको पाईन्छ ।
नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम प्राथमिक पुँजीकोष अनुपात क्रमशः ५२.५९ प्रतिशत ऋणात्मक देखि २५.८७ प्रतिशत ऋणात्मकमा झारेको छ । जस अनुसार प्राथमिक पुँजीकोष अनुपातमा ५०.७१ प्रतिशत हासिल समेत गरिसकेको सार्वजनिक प्रेस नोटबाटै सहज रुपमा बुझ्न सकिन्छ ।
...