Saturday, August 1सत्यम खबर
Shadow

समाज

खल्तीबाट नियुक्ति गरेपछि कसरी हुन्छ सुशासन !

खल्तीबाट नियुक्ति गरेपछि कसरी हुन्छ सुशासन !

बिचार, श्रम/रोजगार, समाज
हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष नियुक्तिको सन्दर्भ विवादमा आयो । अढाई दशकदेखि विभिन्न सार्वजनिक पदमा रहँदै आएका नेताको नातेदार व्यक्ति उक्त पदका लागि सबभन्दा योग्य हुन वा नहुन सक्ने दुवै अवस्था थियो । – शंकरप्रसाद अधिकारी स्वतन्त्र, निष्पक्ष र पारदर्शी विधि तथा संयन्त्रले योग्यता परीक्षण गर्ने पद्धति नहुँदा योग्यता परीक्षण हुन पाएन । यदि उनी सबभन्दा योग्य थिए भने विवादले उनलाई निश्चय पनि अन्याय भयो ।पद्धति हुन्थ्यो भने न्यूनतम योग्यता र अनुभवसहित दरखास्त दिन सार्वजनिक सूचना जारी हुन्थ्यो । त्यस्तो योग्यता र अनुभव भएका इच्छुकले दरखास्त दिन्थे । योग्यता परीक्षणका लागि लिखित वा व्यवसायिक योजनाको प्रस्तुति वा अन्तर्वार्तामध्ये सबै वा कुनै विधिबाट योग्यता परीक्षण हुन्थ्यो । त्यस्तो परीक्षणले सबभन्दा योग्यको नाम सिफारिस गर्थ्यो । यसरी परीक्षणबाट सर्वोत्कृष्ट भएको व्यक्ति जुनसुकै नेता...
‘कोरोना भनेको केही होइन, हामी आफै सर्तक हुनुपर्छ’– अधिवक्ता ढकाल

‘कोरोना भनेको केही होइन, हामी आफै सर्तक हुनुपर्छ’– अधिवक्ता ढकाल

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० भाद्र – समाज जागरण साप्ताहिक र सत्यमखबर अनलाईनका कानुनी सल्लाहकार अधिवक्ता पूर्णप्रसाद ढकाल कोरोना संक्रमित भएका छन् । विगत ४ दिनदेखि उनी भेरी अस्पतालद्वारा सञ्चालित कोरोना अस्पतालमा भर्ना रहेका छन् ।भेरी अस्पतालबाट अधिवक्ता ढकाल भन्छन्– ‘कोरोना भनेको केही होइन, हामी आफै सर्तक हुनुपर्छ, कोरोना बिरामीले चिसो खानु हुँदैन, डाक्टरले भने अनुसारको औषधी लिनुपर्छ, सर्तकता अपनाईयो भने घर मै सञ्चो भई कोरोनालाई मात दिन सकिन्छ ।’ भेरी अस्पतालको कोरोना वार्ड । तस्वीरः अधिवक्ता पूर्णप्रसाद ढकाल उनी अगाडी भन्छन्– ‘भेरी अस्पतालले सञ्चालन गरेको कोरोना अस्पतालमा सबै सुविधा राम्रो रहेको छ, समयमा तातो–तातो खाना, नास्ता पाईन्छ, आवश्यक परेको बेला औषधी उपलब्ध गराईन्छ, बाहिर भएको थ्रि स्टार होटल भन्दा कम छैन भेरी अस्पतालको कोरोना वार्ड ।’कोरोना भन्ने बित्तिकै त्रसित हुने सामाजिक परिवेस भएका बे...
अपडेटः पत्रकार, डाक्टरसहित ४२ जना घर फर्किदै

अपडेटः पत्रकार, डाक्टरसहित ४२ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० भाद्र – बाँकेमा मंगलवार पत्रकार, डाक्टर, प्रहरी र बैंक कर्मचारीसहित १८ महिला र २४ पुरुष गरी जम्मा ४२ जना डिस्चार्ज भएका छन् । नेपालगन्जको विभिन्न आईसोलुसनमा रहेका कोरोना संक्रमितहरु आज मंगलबार संक्रमण मुक्त भई घर फर्किने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो । उनीहरु सबैलाई भदौ १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १ हजार ७८ पुगेको छ । तथ्यांकका हिसावले हेर्ने हो भने बाँकेमा निको हुने दर ७३.३८ प्रतिशत रहेको छ भने बिरामी मृत्युदर ०.५४ प्रतिशत तथा बाँकेको रोग प्रकोप दर ०.२४ रहेको छ ।जिल्लाका विभिन्न आइसोलेसनमा हाल पनि ३ सय ८६ जना बसिरहेका छन् । बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६९ पुग्दा ४ महिलासहित ८ जनाको भने मृत्यु भईसकेको छ ।...
एक लाखको कोरोना बीमा गरेकाले अब २५ हजार मात्रै पाउने बाँकी उपचारको बिल बुझाए पाइने

एक लाखको कोरोना बीमा गरेकाले अब २५ हजार मात्रै पाउने बाँकी उपचारको बिल बुझाए पाइने

आर्थिक, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २९ भाद्र – १ लाख रुपैयाँको लागि कोरोना बीमा गरेकाले अब २५ हजार रुपैयाँ मात्रै पाउने भएका छन् । व्यक्तिगत रुपमा ६ सय रुपैयाँ शुल्क र पारिवारिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाएर १ लाखको बीमा गर्नेले अब कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ नगद पाउने छन् । बीमा समितिका सूचना अधिकृत निर्मल अधिकारीका अनुसार ५० हजारको बीमा गर्नेले पनि कोरोना पुष्टिपछि २५ प्रतिशत मात्रै अर्थात १२ हजार ५ सय पाउने छन् । आजदेखि लागू हुनेगरी कोरोना बीमाको मापदण्ड संशोधन गर्दै समितिले कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ र त्यसपछि औषधि उपचारका लागि हुने खर्च बिल भर्पाईका आधारमा मात्रै दिने भएको हो । ‘पिसिआर पोजेटिभ रिपोर्ट आउनेवित्तिकै २५ प्रतिशत भुक्तानी दिइन्छ, बाँकी ७५ प्रतिशतसम्म रकम औषधि उपचारमा भएको खर्चको बिल बराबरको भुक्तानी दिइनेछ’ अधिकारीले सेतोपाटीसँग भने । तर संक्रमित घरमा वा होटलमा बसेक...
‘के सच्चिकै विकासप्रेमी छन् त वडाअध्यक्ष हमाल र खाँ’ (तस्वीर आफै बोल्छ….)

‘के सच्चिकै विकासप्रेमी छन् त वडाअध्यक्ष हमाल र खाँ’ (तस्वीर आफै बोल्छ….)

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ भाद्र – नेपालगन्ज उपमहानगरपालिका भित्र हाल बटुवाहरुको ब्यङ्ग्य खेल नै शुरु भएको पाईन्छ । कहिले वडा नं. ७ का वडाअध्यक्ष जुम्मन खाँ, त कहिले वडा नं. २ का वडाअध्यक्ष सुनिलसिंह हमाल । आईतबार राती परेको वर्षामा वडा नं. ७ को अधिकांश स्थानमा जलमग्न, अध्यक्ष खाँद्वारा गरिएको ९० प्रतिशत विकासको अनुभूति गर्दै वडाबासीहरु । हाल दुईजना प्रतिनिधिहरुले गरेको काम त देखिन्छ तर गुनासोको पोका बाहेक केही देखिन्न भनी उन कै वडाबासीहरुको आरोप रहेको पाईन्छ ।सोमबार बिहान न्यूरोड पश्चिमदेखि स्टार लजसम्मका व्यापारी र घरबेटी समेत गरी करीब १७–१८ जनाको टोली वडा नं. २ को वडा कार्यालयमा गई वडाअध्यक्ष हमाललाई समस्या समाधानको अनुरोध गरेका छन् । वडा नं. २ मा आज सोमबार गरिएको गिलो माटोमा फसेको मोटरसाईकल, तस्वीर सत्यमखबर विकासप्रेमी वडाअध्यक्ष तुरुन्त एक्सनमा आई आजै समस्या समाधान गर्न सबैलाई आश्वासन ...
ज्ञयानपुर्वामा नेपाल शिवसेनाको इकाई कमिटी गठन

ज्ञयानपुर्वामा नेपाल शिवसेनाको इकाई कमिटी गठन

धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २९ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० ज्ञयानपुर्वामा सोमबार नेपाल शिव सेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको उपस्थितिमा ईकाइ कमिटी गठन गरिएको छ । राजितराम चमारको अध्यक्षमा गठित ईकाई कमिटीमा उपाध्यक्ष सुखराम खटिक, सचिव राजितराम खटिक, कोषाध्यक्ष सन्तोष खटिक, सदस्य, सल्लाहकार गरी ५१ सदस्यीय इकाई कमिटी गठन गरिएको केन्द्रिय सदस्य मदनराज शर्माले बताउनुभयो ।कार्यक्रम नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष रौनियार, केन्द्रिय सदस्य शेरबहादुर शाही, मदनराज शर्मा, गंगाराम बर्मा लगायत ८० बढीको सहभागितामा इकाई कमिटी गठन गरिएको थियो ।...
अपडेटः १० महिलासहित २९ जना कोरोना संक्रमित

अपडेटः १० महिलासहित २९ जना कोरोना संक्रमित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ भाद्र – बाँकेमा सोमबार १० महिलासहित २९ जना कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्ज र बागेश्वरी ल्याबद्वारा आज सोमबार जारी गरिएको विवरण अनुसार बैतडी, बर्दिया, बाँकेको खजुरा, कोहलपुर, नेपालगन्जका कोरोना संक्रमित देखिएका छन् ।हालसम्म बाँके जिल्लामा १ हजार ४ सय ६९ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ३६ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय २५ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो । उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७०.५२ रहेको छ भने बिरामी मृत्यु दर ०.५४ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२४ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
नाटाको समीक्षात्मक बैठक सम्पन्न

नाटाको समीक्षात्मक बैठक सम्पन्न

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ भाद्र – नेपाल क्षयरोग निवारण संस्था (नाटा) बाँके शाखाको आयोजनामा एकद्वार संकट व्यवस्थापन केन्द्रको बारेमा मुख्य समुदाय र सहयोगी सञ्जाललाई अभिमुखीकरण सम्बन्धि समीक्षा बैठक सम्पन्न भएको छ । नेपालमा क्षयरोग र एचआइभी सेवाको पहुँचमा मानव अधिकार र लैंगिक अवरोध न्युनिकरण कार्यक्रम अन्तर्गत सोमवार उक्त बैठक सम्पन्न भएको छ । बैठकमा नेपाल क्षयरोग निवारण संस्था (नाटा) का केन्द्रीय सदस्य सेमराज शाक्यले एकद्वार संकट व्यवस्थापन केन्द्रको बारेमा संक्षिप्त जानकारी राख्दै बैठकको शुभारम्भ गरिएको बैठकमा उहाँले बैठकको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।नाटाका केन्द्रीय सदस्य शाक्यले क्षयरोग कुनै पनि जाति धर्म वा सम्प्रदायलाई लाग्न सक्ने भएकोले यसको उपचारको लागि नेपाल सरकारले निःशुल्क औषधि तथा अन्य सेवाहरु प्रदान गर्दै आएको बताउँदै बताउनुभयो ।यो कार्यक्रम अन्तर्गत नेपालमा क्षयरोग र एच....
अफिमसहित दुईजना पक्राउ

अफिमसहित दुईजना पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २९ भाद्र – बाँके प्रहरीले ठूलो परिमाणमा लागु औषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दाङका २४ बर्षका बसन्त घर्ति र अर्का रुकुम पूर्वका ५३ बर्षका धनबहादुर सेन रहेका छन् । उनीहरुको साथबाट १० किलो लागुऔषध अफिम बरामद गरिएको एसपी ओम रानाले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । वडा प्रहरी कार्यालयका इनचार्ज हरि बस्नेत नेतृत्वको टोलीले उनीहरुलाई बाँकेको कुसुमबाट पक्राउ गरेको छ । उनीहरु लामो समयदेखि लागुऔषध कारोवारमा संलग्न रहेको अनुसन्धानबाट खुलेको एसपी रानाले बताउनुभयो ।प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरेर कारवाही प्रक्रिया सुरु गरेको जनाएको छ । पहाडी जिल्लामा उत्पादन हुने अफिमको कारोवारको केन्द्र नेपालगन्ज हुँदै भारतीय बजारसम्म हुने गरेको छ ।...
अपडेटः तीन वर्ष बालकसहित ४० जना घर फर्किदै

अपडेटः तीन वर्ष बालकसहित ४० जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ भाद्र – बाँकेमा सोमवार ३ बर्षिय बालकसहित ४० जना डिस्चार्ज भएका छन् । खजुरा गाउँपालिका–५ का ३ बर्षका बालक भाइरस संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । फाईल फोटो उहाँका अनुसार, ७ बर्षिया र ९ बर्षीया बालिका पनि डिस्चार्ज भएका छन् । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आएका उनीहरुमा पनि भाइरस संक्रमण देखिएको थियो ।३ बर्षका बालकलाई खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो भने ७ र ९ बर्षिया बालिकालाई मेडिकल कलेज चिसापानीको आइसोलेसनमा राखिएको थियो ।उनीहरु सबैलाई भदौ १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १ हजार ३६ पुगेको छ । तथ्यांकका हिसावले हेर्ने हो भने बाँकेमा निको हुने दर ७१.९६ प्रतिशत रहेको छ ।जिल्लाका विभिन्न आइसोलेसनमा अहिले पनि ३ सय ...