Wednesday, March 11सत्यम खबर
Shadow

‘कोरोना भनेको केही होइन, हामी आफै सर्तक हुनुपर्छ’– अधिवक्ता ढकाल

नेपालगन्ज, ३० भाद्र – समाज जागरण साप्ताहिक र सत्यमखबर अनलाईनका कानुनी सल्लाहकार अधिवक्ता पूर्णप्रसाद ढकाल कोरोना संक्रमित भएका छन् । विगत ४ दिनदेखि उनी भेरी अस्पतालद्वारा सञ्चालित कोरोना अस्पतालमा भर्ना रहेका छन् ।
भेरी अस्पतालबाट अधिवक्ता ढकाल भन्छन्– ‘कोरोना भनेको केही होइन, हामी आफै सर्तक हुनुपर्छ, कोरोना बिरामीले चिसो खानु हुँदैन, डाक्टरले भने अनुसारको औषधी लिनुपर्छ, सर्तकता अपनाईयो भने घर मै सञ्चो भई कोरोनालाई मात दिन सकिन्छ ।’

भेरी अस्पतालको कोरोना वार्ड । तस्वीरः अधिवक्ता पूर्णप्रसाद ढकाल


उनी अगाडी भन्छन्– ‘भेरी अस्पतालले सञ्चालन गरेको कोरोना अस्पतालमा सबै सुविधा राम्रो रहेको छ, समयमा तातो–तातो खाना, नास्ता पाईन्छ, आवश्यक परेको बेला औषधी उपलब्ध गराईन्छ, बाहिर भएको थ्रि स्टार होटल भन्दा कम छैन भेरी अस्पतालको कोरोना वार्ड ।’
कोरोना भन्ने बित्तिकै त्रसित हुने सामाजिक परिवेस भएका बेला आफ्नो संक्रमित मामाको रेखदेखमा २४ सै घण्टा खटिएका २७ बर्षीय संजिव बिस्ट कोरोनाका कुरुवा रहेको अनुभव अधिवक्ता ढकालले सुनाउँछन् ।

भेरी अस्पतालको कोरोना वार्ड । तस्वीरः अधिवक्ता पूर्णप्रसाद ढकाल


कोरोनाका ५० जना जति संक्रमित एकै ठाउँमा नै भएको आईसोलुसन वार्डमा उनी निडरताका साथ आउँछन र कोरोनाका आफ्ना बिरामी मामा छेत्रबहादुर बुढाथोकीलाई स्याहार सुसार गर्छन, बिरामीको नजिक डाक्टर र नर्स पिपिई लगाएर आएतापनि बिरामीलाई खाना खुवाउन, शौचालय गराउन, बेडमा सुताउन र उठाउन सन्जिब आफै खट्छन् भनी बताउँछन् अधिवक्ता ढकाल ।


८ दिन अगाडी ५७ बर्षिया मामा छेत्रबहादुरलाई ज्वरो, खोकी लागेर सिकिस्त बनाएपछि निजलाई हाल भेरी अस्पतालबाट प्लाज्मा थेरापी गरी उपचार गराई रहेको अवस्था छ, सुगर र प्रेसर समेतका बिरामी छेत्रबहादुर हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ, उनलाई स्याहारमा लागेका कुरुवा सन्जिब भन्छन्– ‘मलाई कोरोनासँग कुनै डर लाग्दैन, यो सामान्य रुघाखोकी हो, म कोरोना भएका बिरामीलाई मास्क मात्र लगाएर सेवा गर्न तयार छु ।’
कोरोनाको महामारीको बेलामा यसरी निडर भएर कोरोनाको बिरामीलाई सेवा गर्नु सानो कुरा भने होईन, तर यसरी कोरोनाको नाममा बन्द गरेर गरिबको चुलो समेत बन्द गरिने सरकारी क्रियाकलाप गलत भएको उनको तर्क रहेको छ, उनी जनजीवन सहज हुनुपर्ने र कोरोनालाई सामान्य रुघाखोकीको रुपमा लिन समेत आग्रह गर्दछन् ।’

प्रकाशक/सम्पादक चन्द्रेश्वर राज त्रिपाठीलाई भेरी अस्पतालको कोरोना वार्डबाट स्वास्थ्य अवस्था बारे जानकारी गराउँदै अधिवक्ता पूर्णप्रसाद ढकाल । तस्वीरः सत्यमखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *