
नेपालगन्ज, ३० भाद्र – बाँकेमा मंगलवार पत्रकार, डाक्टर, प्रहरी र बैंक कर्मचारीसहित १८ महिला र २४ पुरुष गरी जम्मा ४२ जना डिस्चार्ज भएका छन् । नेपालगन्जको विभिन्न आईसोलुसनमा रहेका कोरोना संक्रमितहरु आज मंगलबार संक्रमण मुक्त भई घर फर्किने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो ।

उनीहरु सबैलाई भदौ १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १ हजार ७८ पुगेको छ । तथ्यांकका हिसावले हेर्ने हो भने बाँकेमा निको हुने दर ७३.३८ प्रतिशत रहेको छ भने बिरामी मृत्युदर ०.५४ प्रतिशत तथा बाँकेको रोग प्रकोप दर ०.२४ रहेको छ ।
जिल्लाका विभिन्न आइसोलेसनमा हाल पनि ३ सय ८६ जना बसिरहेका छन् । बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६९ पुग्दा ४ महिलासहित ८ जनाको भने मृत्यु भईसकेको छ ।
