Tuesday, November 4सत्यम खबर
Shadow

अफिमसहित दुईजना पक्राउ

नेपालगन्ज, २९ भाद्र – बाँके प्रहरीले ठूलो परिमाणमा लागु औषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङका २४ बर्षका बसन्त घर्ति र अर्का रुकुम पूर्वका ५३ बर्षका धनबहादुर सेन रहेका छन् । उनीहरुको साथबाट १० किलो लागुऔषध अफिम बरामद गरिएको एसपी ओम रानाले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।


वडा प्रहरी कार्यालयका इनचार्ज हरि बस्नेत नेतृत्वको टोलीले उनीहरुलाई बाँकेको कुसुमबाट पक्राउ गरेको छ । उनीहरु लामो समयदेखि लागुऔषध कारोवारमा संलग्न रहेको अनुसन्धानबाट खुलेको एसपी रानाले बताउनुभयो ।
प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरेर कारवाही प्रक्रिया सुरु गरेको जनाएको छ । पहाडी जिल्लामा उत्पादन हुने अफिमको कारोवारको केन्द्र नेपालगन्ज हुँदै भारतीय बजारसम्म हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *