Thursday, March 12सत्यम खबर
Shadow

नाटाको समीक्षात्मक बैठक सम्पन्न

नेपालगन्ज, २९ भाद्र – नेपाल क्षयरोग निवारण संस्था (नाटा) बाँके शाखाको आयोजनामा एकद्वार संकट व्यवस्थापन केन्द्रको बारेमा मुख्य समुदाय र सहयोगी सञ्जाललाई अभिमुखीकरण सम्बन्धि समीक्षा बैठक सम्पन्न भएको छ । नेपालमा क्षयरोग र एचआइभी सेवाको पहुँचमा मानव अधिकार र लैंगिक अवरोध न्युनिकरण कार्यक्रम अन्तर्गत सोमवार उक्त बैठक सम्पन्न भएको छ ।


बैठकमा नेपाल क्षयरोग निवारण संस्था (नाटा) का केन्द्रीय सदस्य सेमराज शाक्यले एकद्वार संकट व्यवस्थापन केन्द्रको बारेमा संक्षिप्त जानकारी राख्दै बैठकको शुभारम्भ गरिएको बैठकमा उहाँले बैठकको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।
नाटाका केन्द्रीय सदस्य शाक्यले क्षयरोग कुनै पनि जाति धर्म वा सम्प्रदायलाई लाग्न सक्ने भएकोले यसको उपचारको लागि नेपाल सरकारले निःशुल्क औषधि तथा अन्य सेवाहरु प्रदान गर्दै आएको बताउँदै बताउनुभयो ।
यो कार्यक्रम अन्तर्गत नेपालमा क्षयरोग र एच.आइ. भी. सेवाको पहँुचमा मानव अधिकार र लैंगिक अवरोध न्यूनीकरण गर्ने विशेष पहल गरेको उहाँले बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका निमित्त कार्यालय प्रमुख सुनिता पौडेलको विशेष उपस्थिति रहेको सो बैठकमा नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाका पूर्व सभापति पूर्णलाल चुकेले क्षयरोगी विरामी, क्षयरोग निको भएका व्यक्ति र उनीहरुको सहयोगी सञ्जालमा एक द्वार संकट व्यवस्थापन केन्द्रको बारेमा ज्ञान अभिवृद्धि गरेर यसको सेवा र प्रतिवेदन दिने क्रियाको बारेमा जनचेतना फैलाउनु नै एक द्वार संकट व्यवस्थापन केन्द्रको गठनको मुख्य उद्देश्य हो भन्नुभयो ।


उहाँले ग्लोबल फन्डले एड्स, क्षयरोग तथा मलेरिया विरुद्ध लड्नका लागि सन् २०१७ देखि २०२२ सम्म एक रणनीतिक उद्देश्य कार्यान्वयनमा ल्याएको बताउँदै जस अन्तर्गत मानव अधिकारसंग सम्बन्धित अवरोधहरुलाई हटाउनका लागि सहयोग गर्दै आएको देशहरुलाई अनुदान र उक्त कार्यक्रम विस्तारका लागि सहयोग गरेको छ । माथि उल्लेखित उद्देश्य पुरा गर्न ग्लोबल फन्डले अवरोधहरु हटाउने भनेर एक बिशेष पहल थालेको हो र यसमा विश्वका २० वटा राष्ट्रसँगै, नेपालमा पनि यो कार्यक्रम थालिएको चुकेले बताउनु भयो । उक्त केन्द्र नेपालगन्ज लगायत नेपालका १० जिल्लामा मात्र रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा स्रोतव्यक्तिको रुपमा जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका क्षय कुष्ठरोगका फोकल पर्सन भानु ज्योति ओलीले लैंगिकता, मानव अधिकार र क्षयरोगको परिचय प्रस्तुत गर्दै पावर प्वाइन्टको माध्यमद्वारा गरिएको प्रस्तुतीमा विश्व स्वास्थ्य संगठनको टि.बी. तथ्यप्रिष्ट २०१८ को तथ्याङ्क अनुसार विश्वमा वर्षेनी ६० लाख पुरुष टि.बी.बाट संक्रमित हुन्छन् भने ३२ लाख महिलालाई क्षयरोग लाग्ने बतउँदै क्षयरोग लागेका मध्ये १५–४९ वर्ष उमेर समूहका १४% पुरुषहरुको मृत्यु हुन्छ भने १५.६% महिलाहरुको ज्यान जाने जस्ता चुनौतीपूर्ण अवस्थाका बारेमा उल्लेख गर्नु भयो ।


जनस्वास्थ्य अधिकृत ओलीले लैंगीकतामा आधारित हिंसालाई नेपाल सरकारले व्यवस्थापन गर्नका लागि स्वास्थ्य संस्थामा आधारित भएर एक द्वार संकट व्यवस्थापन केन्द्र लागु गरेको बताउँदै एक द्वार संकट व्यवस्थापन केन्द्रमा २४ घण्टा कामका लागि विभिन्न मानव संशााधनहरूको व्यवस्था गरिएको र जो कसैले पनि यो सुविधा उपयोग गर्न सक्छन् । यदि क्षयरोग लागेकै कारणले गर्दा हिंसा भईरहेको छ भने पनि केन्द्रमा गई ती सेवाहरु सदुपयोग गर्न सक्ने बताउनुभयोे ।
बाँके शाखाका उपसभापति बदरुद्दिन अन्सारीको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन शाखा सचिव सुन्दर शाक्यले गर्नु भएको थियो ।
नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाकी ल्याव सहायक सुश्री प्रमिला रावतका अनुसार बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालय, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा, भेरी अञ्चल अस्पताल, टिवि नेपाल, सामुदायिक स्वास्थ्य सेवा केन्द्र, महिला स्वास्थ्य सेवी, राजनीतिक दल, स्थानीयनिकाय, क्षयरोगी विरामीहरु लगायत अन्य सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *